नागरिक समाजको ज्ञापनपत्र

धरान/ देशमा कालो बजारी, उपभोग्य वस्तुको अभाव, लोडसेडिङ्ग र खानेपानीको अभावले जनजीवन प्रभावित बनेको भन्दै धरानका नागरिकहरुले सहजताका लागि सम्बन्धित निकायलाई चेतावनी दिएका छन् । गत वैसाखमा गएको महाभुकम्प र पराकम्पन र मधेशीमोर्चाले गरेको ५ महिना भन्दा बढी बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका उपभोक्ताहरुले सास्ती भोगेपनि संविधान पश्चात सबै कुरा सहज हुने अपेक्षा लिएका सर्वसाधारणले अहिले पनि सहजता महसुस नगरेको भन्दै नेपाल नागरिक समाज सुनसरीले चेतावनीसहित सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको छ । समाजले ईलाका प्रशासन कार्यालय धरान, नेपाल खानेपानी संस्थान शाखा कार्यालय धरान, नेपाल विद्युत प्राधिकरणमा ज्ञापनपत्र बुझाएका हो । ्समाजले इलाका प्रशासन कार्यालय धरान शाखा प्रमुख सिताराम कार्कीलाई ज्ञापन पत्र बुझाउादै प्रशासनले अनुगमनलाई प्रभावकारी नबनाउादा दैनिक उपभोग्य वस्तु सहज, शुलभ र सुपथ मुल्यमा पाउन नसकेको गुनासो गरेका हुन् । सुनसरी जिल्ला प्रशासन कार्यालयलाई बुझाईएको ज्ञापन पत्रमा बजार अनुगमनलाई प्रभावकारी बनाउादै सहज र सुपथ मुल्यमा उपभोग्य वस्तु प्राप्त गर्ने वातावरण बनाउन समाजले माग गरेको छ । नागरिक अधिकारको प्रत्याभुतिका लागि प्रशासनले बजार अनुगमनलाई तिब्रता दिदै अवैधानिक कार्य गर्नेलाई नियन्त्रण र नियमन गरि जनजीवनलाई सहज बनाउन समाजले आग्रह गरेको छ । ज्ञापन पत्र बुझाउादै समाजका सल्लाहाकार किशोर राईले प्रत्येक महिना प्रशासनले गरेको काम कारवाहीलाई अनुगमन गर्दै खबरदारी गर्ने बताउनुभयो ।
ज्ञापन पत्र बुझाएको १ महिना सम्म पनि प्रशासनले दैनिक उपभोग्य वस्तुहरुको अनुगमन र अवैधानिक कार्य गर्नेलाई कारवाही नगरे उपभोक्ता अधिकारको रक्षा गर्न समाजले जस्तो सुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिएको छ । यता ज्ञापन पत्र बुझ्दै ईलाका प्रशासन कार्यालय धरानका प्रमुख सिताराम कार्कीले ज्ञापन पत्रलाई आजै जिल्ला प्रशासन कार्यालयमा पठाई आवश्यक प्रक्रियाका लागि जिल्ला प्रमुख संग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्कीले अनुगमन र कारवाहीका लागि नितिगत समस्या रहेको पनि स्पष्ट
पानुभयो ।
समाजले आजै नेपाल विद्युत प्राधिकरण र नेपाल खानेपानी संस्थान धरान शाखालाई ज्ञापन पत्र बुझाउादै ध्यानाकर्षण गराएको छ । पछिल्लो समय धरानमा प्राधिकरणले दिएको तालिका भन्दा बढी लोडसेडिङ हुने गरेको छ भने खानेपानीको चरम अभाव भएको छ । समाजले धरानमा भईरहेको लोडसेडिङ र खानेपानीको अभावलाई चाडो भन्दा चाडो व्यवस्थापन नगरे नागरिकको आक्रोसबाट आउने परिणामलाई स्विकार गर्न तयार हुन पनि चेतावनी दिएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा समाजका अध्यक्ष प्रेम प्रसाद पौडेल, समाजका सदस्य उद्धव अधिकारी, उर्मिला प्रधान, सविता लिम्बु, इन्द्रनाथ वास्तोला, भुपध्वज बुढाथोकी, शालिकराम आचर्या, लोकमणि निरौला, खड्गनारायण ढुंगाना लगायतको उपस्थिति रहको थियो ।

तपाईको प्रतिक्रिया