धरान/पछिल्लो समय प्रहरीमा बलात्कारका उजुरीहरु बढ्न थालेका छन् । यस बिषयमा समाजमा त्यती खुलेर नआउनेहरुपनि अहिले सामाजिक चेतना बढ्दै गएसागै खुलेरै उजुरी दिन थालेका छन् ।
अपराधीलाई कारबाहीको दायरमा ल्याउन पीडितहरु आफै सक्रिय हुन थालेका छन् । बिगतमा घर भित्रै लुक्ने गरेका बलात्कारका घटनाहरु अहिले प्रहरी सम्म पुग्ने गरेको छ । पीडकलाई कानुनी कारबाहीको माग गर्दै पीडितहरुनै प्रशासन सम्म पुगेर उजुरी दिन थालेका छन् । सामाजिक चेतना संगै प्रहरी प्रतिको विश्वास बढ्दै गएकाले जघन्य अपराधका उजुरीहरु बढ्न थालेको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाको भनाई छ ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ६९/७० मा ७ वटा
जबरजस्ती करणीका मुद्धा दर्ता भएका थिए । त्यसै गरि ७०/७१ मा जबरजस्ती करणी ९ र उद्योग तर्फ ११ वटा मुद्धा दर्ता भएको थियो । आर्थिक वर्ष ७१/७२ मा संख्या घटेर ७ वटा जबरजस्ती र १ वटा उद्योगको मुद्धा दर्ता भएको थियो । ऐन अनुसार दश वर्ष भन्दा मुनिको बालिकालाई जबरजस्ती करणी गरेको भए दशदेखि पन्ू वर्षसम्म कैद हुन्छ । त्यसै गरि दश वर्ष भन्दा माथि १६ वर्ष मुनिकालाई भए सातदेखि दश वर्षसम्म कैद र १६ वर्ष वा सो भन्दा माथिको महिलालाई भए पााचदेखि सात वर्षसम्म कैद हुने प्रावधान छ । विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा पीडितहरु प्रहरी प्रशासन सम्म पुग्ने गरेको इलाका प्रहरी कार्यालय धरानकी महिल तथा बालबालिका शेल प्रमुख मुना डागीको भनाई छ ।
सामाजिक चेतनाको अभाबमा यस्ता घटनाहरु जति लुकाईन्थ्यो र दवाईन्थ्यो अहिले त्यसो हुन छाडेको महिला अधिकारकर्मीहरुको भनाइ छ । महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्यले समाजमा कसले के भन्ला या त भोलि आफै पो समस्यामा परिएलाकि भन्ने त्रासले बलात्कारको सिकार भएकाहरु समाजमा त्यती खुलेर नआएकै कारण बलात्कारीको मनोबल बढ्ने गरेको बताउनुभयो ।
समाजमा बढेको चेतनासागै अब यस्ता घटनाले प्रोत्साहन पाउन नसक्ने महिलाअधिकारकर्मीहरु दावी गरिरहेका छन् । तर दिनप्रतिदिन बलात्कारका घटना बढिरहेको पाईएको छ । त्यसकालागि कडा नियम कानूनको आवस्यकता देखिन्छ ।
