धरान/:विगतका बर्षहरुमा भन्दा यस बर्ष धरानमा खानेपानीको समस्याले सर्वसाधारणको जनजीवन नै कष्टकर बनेको छ ।
विगतका बर्षहरुभन्दा यस बर्ष लगातारको खडेरी र विद्युत समेत नियमित नआएका कारण खानेपानीको समस्या धेरै चुलिएको सस्थानका कर्मचारीहरुको भनाई छ । संस्थानको जोहो गर्ने ट्यांकमा सदुखर्दु जलाधारको मुहान सुकेर र तरहराको जंगलबाट पम्प गरेर तान्ने पानी पनि लोडसेडिङ कारण प्रयाप्त संकलन गर्न नसक्दा उपभोक्तालाई दिने पानी समेत आउन छाडेपछि संस्थानमा रहेका दुईवटा ट्यांकरबाट पानी वितरण गर्न थालेको छ । सुख्खामौसम लागेसागै धरानमा खानेपानीको संकट प्रत्येक बर्ष चुलिदै जादा संस्थानले सुचना नै जारी गरि दिन बिराएर मात्रै पानीवितरण गरे पनिधारामा पानी नआउदा सर्वसाधारण हैरान भएका छन् ।अहिले संस्थाले ट्यांकरबाट धरानका उपभोक्तालाई पानी वितरण गरेपनि संस्थानले संकलन गर्ने ट्यांकीमा पानी जम्मा हुन छाडेपछि सबैलाई पानी पुर्याउन नसकिएको नेपाल खानेपानी संस्थान धरान शाखाका प्रमुख शैलेन्द्रकुमार साहले जानकारी दिनुभयो ।
धरानको पानीको स्रोत मानिएको सर्दु, खर्दु र तामाखाम जलाधार क्षेत्र सुख्खा मौसमसंगै पानीको स्रोत सुक्नु र तराहराको जंगलबाट बोरिङ गरेर ल्याउने पानी समेत लोडसेडिङका कारण उत्पादन गर्न नसक्नुले धरानमा पानीको हाहाकार बढ्दै जाने गरेको हो । संस्थाका प्रमुख साहले धरानलाई ३ करोड लिटर पानी सप्लाई गर्नुपर्ने भएपनि अहिले मुस्किलले १ करोड १० लाख लिटर जम्मा हुने बताउनुभयो । उहाले पानीको अभावसागै संस्थानको एउटा मात्र ट्यांकरबाट पानी वितरण गर्दा समस्या भएकोले एउटा ट्यांकर पोखरा शाखाबाट मगाएर वितरण गरेपनि ट्यांकी मै पानी संकलन हुन नसकेपछि अझ समस्या चुलिदै गएको बताउनुभयो ।
ट्यांकीमा पानी जम्मा नभएपछि स्थानीयबासीको टोकेसोले हैरान हुन थालेको संस्थानकै वितरण शाखाप्रमुख केपी पाण्डेको भनाई छ । उहाले अहिले धरानमा विगतबर्षहरुको तुलनामा लामो खडेरीका कारण मुहान सुकेर र पम्पबाट तान्ने पानी समेत लोडसेडिङ कारण जम्मा गर्न नसक्दा पानी खुवाउनै नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।
धरानको जालाधार क्षेत्र मानिएको सर्दु, खर्दु र तावा खोलाको मुहान सुक्दै गएकाले पानी कम हुादै गएको छ । बर्षातका समयमा ४ करोड भन्दा बढी आपूर्ति गर्न सक्ने सस्थानले सुख्खायाम शुरु भएसंगै खोलाबाट ८० लाख लिटर र भुमिगत पानी ६० लाख लिटर सम्म बोरिङ गर्ने गरिएको भएपनि वैसाखमा भने घटेर खोलाबाट ६० र भूमिगतबाट ४० लाख लिटर पानीमात्र संकलन गर्न सकिएको संस्थानले जानकारी दिएको छ ।
यता धरानमा पानी नआउदा र ट्यांकरले समेत पानी समयमै नल्याइदिदा सर्वसाधारणहरुको जीवनयापन कष्टकर बन्दै गएको छ । ट्यांकरमा पानी कहिले आउला भन्ने पर्खाइमा बसेका उनीहरु एक महिनामामात्र एक ट्यांकर पानी आउदा पानी थाप्नेको होडबाजी नै चल्ने गरेको छ । ट्यांकर आउने वितिकै पानीको जोहो गर्न तछाडमछाड गर्ने महिलाहरु धरानमा पानी नआएको महिनौ बितेको भएपनि संस्थानले बल्लतल्ल एक महिनामा पानी ट्यांकर पठाउन गरेको बताउछन् । धरान १५ की लक्ष्मी पौडेलले एक महिनामा आएको पानी समेत भीडका कारण राम्ररी थाप्न नपाएका कारण खानेपानी पाउन नसकिएको बताउनुभयो ।
यस्तै पानीको चरम हाहाकार भएपछि संस्थानमा समेत गुनासो गर्नेहरुको लाइन नै लाग्ने गरेको छ । १ महिनादेखि धारामा पानी नआएपछि गुनासो गर्न पुग्नुभएका धरान १४ कमल भट्टराईले बर्षेनी पानीको अभाव बढ्दै गएपनि यो बर्ष भने विगतका बर्षहरुभन्दा धेरै समस्याभएको बताउनुभयो । उहाले घरमाखानेपानीको समस्या भएकोले मिनिरल वाटर किनेर काम चलाउनुपरेको बताउनुभयो ।
पानीको अभावसंगै सर्वसाधारणहरु धरानदेखि ३ किलोमिटर पूर्वमा
रहेको गौधारा, ५ किलोमिटर रहेको खत्रीधारार तीकुने स्थित रहेको विश्वकर्मा मन्दिर छेउको धाराबाट पानी ल्याएर खानेगरे तापनि त्यस स्थानमा समेत लामो खडेरीले पानीको स्रोत सुकेपछि अझ सर्वसाधारणको जीवनयापन कष्टकर बन्दै गएको हो ।
बर्षेनी घर निर्माणसंगै धारा जडानमा समेत वृद्धि हुदै गएको छ । अहिले धरानमा १७ हजार धारा जडान भएको संस्थानले जानकारी दिएको छ । प्रत्येक आर्थिक बर्षमा १ हजार २ सय नयाधारा जडान गरेपनिपानीको स्रोत भने बढाउन नकिएकैले प्रत्येक बर्ष खानेपानीको अभावचुलिदै गएको संस्थानले जानकारी दिएको छ ।
