बसन्तराज भट्टराई
जब राजनैतिक समस्याहरुलाई हामीहरु आफ्नो सोच, चाहना र वानी अनुसार समाधानगर्न खोज्दछौंभने त्यहीं हामी फेल हुन्छौं । हामीसंग जिम्मेवारी वहनगर्ने उत्तरदायीत्व थोरै छ । त्यसैले कुनैकामगर्दा गल्ती भएमा हामी तुरुन्तै अर्काको टाउाकोमा जिम्मेवारी थोपरिदिन्छौ । जसवाट हाम्रो आत्मविश्वाश
जर्जरावस्थावाट दिग्भ्रमीत भैरहेको स्पष्ट हुन्छ । राजनीतिमा सवैभन्दा ठुलोकुरा इमान्दारी हो । अनि इमान्दारी संगसंगै हिड्नेपक्ष नैतिकता हो । एउटा राजनेता इमान्दारीका साथमा नैतिकवान हुन्छ । अनि आफ्नो कुशल राजनीतिवाट जनताको सद्भाव जित्न सफल हुन्छ । विना नैतिकताको नेता अधुरो हुन्छ । मर(मशला चााही अत्यधिक हालेको, किन्तु नुन नहालेको तरकारी भैंm । नैतिकहीन एवं भ्रष्टव्यक्तिले नैतिकता रहित राजनीतिको परिकल्पना गर्दछ । हाम्रै देशमा नैतिकतारहीत नेताले सफल राजनीतिमा नैतिकता बाधा तत्व मान्छन् । त्यसैले राजनीति सफल र असफलमा व्यक्तिन पुग्छ । असल राजनीतिका धरोहर कृष्णप्रसाद भट्टराई हुन् भने सफल राजनीतिका पर्याय गिरिजा प्र. कोइराला हुन् । त्यसैले असल राजनीति गरेकोले जीवनका उत्तराखण्डमा किशुनजीले भनिनसक्ने दु:ख भोग्नुपर्यो । किशुनजी धार्मिक एवं आध्यात्मिक व्यक्ति हुन् । त्यसैले उनमा नैतिकता, परोपकार, अहिंषा, न्यायगर्न सक्नेखुवी प्रशस्त थियो । उनी असल राजनीतिका योद्धा भएकोले राजनीतिबाट परमार्थको कार्यगर्न सक्नेखुबी व्यक्त गर्दथे । सबैभन्दा ठूलोकुरा किशुनजीमा ईश्वरप्रतिको आस्था प्रगाढ मात्रामा थियो । त्यसैले हामीहरुको प्रत्येक कार्यहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा
ईश्वरीय शक्तीको दृष्टि रहेको उनी स्पष्ट गर्दछन् । सम्पूर्ण जीवन(जगत कहीबाट संचालित छभन्ने धारणा किशुनजीको हो । फेरि किशुनजी श्रीभद् भगवत्गीताका जिज्ञासु हुन् । त्यसैले निष्कामकर्ममा समुच्च राष्टू एवं पार्टीलाई हिडाउन चाहान्थे । किनकी उनी असल व्यक्ति हुन् र उनको राजनीति पनि असल नै थियो । किन्तु गिरिजाप्रसाद कोइराला सफल राजनीतिमा नैतिकताको आवश्यकता महसुस गर्दैनन् । भौतिकवादी सोचबाट प्रभावित गिरिजाप्रसाद कोईराला सफल राजनीतिज्ञ बन्नको लागी आफ्ना आग्रज र समकालीन सहकर्मीहरुलाई सिध्याउनु जरुरी सम्झन्छन् । यदी उनले किशुनजी र गणेशमानसिंह मेरादाजु विपीका मित्रहरु हुन् भनि अघि बढेको भए सायद उनी छ पल्ट सम्म प्रधानमन्त्री बन्न सक्दैनथिए । त्यसैले गिरिजाप्रसाद
कोइरालाको राजनीतिमा आर्दश एवं नैतिकताको खोजीगर्नु भनेको मरुभुमिमा पानी खोजे झैं हो। गिरिजाप्रसाद कोइराला पदलोलुप्तता र सत्तालिप्साका
अनुकरणीय पर्याय हुन् । त्यसैले उनी सफल राजनीतिज्ञ बन्नपुगेको हुनुपर्छ । धर्म संस्कृति अध्यात्म पुर्वजन्म र पुनर्जन्मसंग गिरिजाप्रसाद कोइरालाको गोरु ब्ोचेको साइनो पनि छैन । गीरिजाप्रसाद
कोइरालाले यस राष्ट्रमा १७ वर्ष सम्म प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा नेतृत्व प्रदानगर्न सफल भएका थिए । १७ वर्षभित्र शेर वा. देउवा, सुर्य वा.थापा लोकेन्द्र वा.चन्दजस्ता व्यक्तिहरुपनि प्रधानमन्त्री बनेका थिए । किन्तु यी व्यक्तिहरुको नेतृत्व गिरीजाप्रसाद कोइरालातन्त्रबाट वाहिर जानसकेन । त्यसैले यो १७ वर्षको कालखण्डलाई गिरिजातन्त्र भनि इतिहाासमा सुरक्षित रहने कुरामा दुइमत नहोला । गिरिजातन्त्रभित्र भएका दुर्घटनामा धमीजाकाण्ड, लाउडाएयर काण्ड, टनकपुर काण्ड जस्ता धेरै काण्ड भए । किन्तु आफूलाई लुते लांङग्रे प्रधानमन्त्री नमान्ने गिरिजाप्रसाद कोइरला “ कुरा कम काम ज्यादा” भन्दै अवच्छिन्न यात्रामा हिडीरहे । सम्पुर्ण कााग्रेशी अस्तित्व आफूभित्रै निहीत भएकोले “मालेमण्डले मशाले”भन्नपनि चुकेनन् र वामपन्थीहरुसंग कहीलेपनि झुकेनन् । मनमोहन अधिकारी प्रधानमन्त्री बन्दा एमाले शक्तीशाली भयो किन्तु प्रधानमन्त्री कमजोर हुनपुग्यो ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्दा नेपाली कााग्रेश र प्रधानमन्त्री दुवै नै शक्तीशाली हुनपुगेका थिए । यो खासियत केवल गिरिजाप्रसाद
कोइरालामा मात्र थियो । जङ्गलमा भौतारिएका क्रान्तिकारी माओवादीहरुलाई राष्ट्रिय राजनीतिमा ल्याउनु गिरिजाप्रसाद कोइरालाको सवैभन्दा ठूलो देन हो । यही देनवाट गिरिजाप्रसाद कोइराला शिखर पुरुषमा रुपान्तरित हुन पुग्छन् । त्यसैले गिरिजा तन्त्रको सवैभन्दा ठूलो उपलब्धि यहीलाई मान्नुपर्छ । उपलब्धीको
चरमोत्कर्ष हो यो । अत: गिरिजाप्रसाद कोइराला यथार्थमा बााच्ने सफल नेता हुन् । कार्यकर्ताहरु संकटावस्थामा होस् वा अन्धकार एवं निराशा छाएको बेला नै किन नहोस् गिरिजाप्रसाद कोइराला अघिबढेपछि समयलाई नै परिर्वतन गर्नसक्ने खुवी गिरिजाप्रसाद कोइरालामा थियो । त्यसैले उनको कालखण्डमा आफ्ना कार्यकर्ता र युवाहरु गिरिजाप्रसाद कोइराला वरिपरि विछिएको इतिहाास देख्न सकिन्छ । अब अर्का नेता हुन् गणेशमानसिंह । जसको मुल्यांकन किशुनजी र गिरिजावावु दुवैसंग हुन सक्दैन । किन कि उनको कित्ता नै अलग छ । राजनैतिक व्यक्तिहरुको सवैभन्दा ठूलो प्राप्ती प्रधानमन्त्रीको कुर्सि नै हुन्छ । किन्तु त्यो कुर्सि गणेशमानसिंहले तिनपल्ट सम्म प्राप्त गरेका थिए । अनि तिनैपल्ट हाापिदिएका थिए । त्यसैले गणेशमानसिंहमा न त पदलिप्सा थियो न त सत्तालिप्सा नै थियो । त्यसैले गणेशमानसिंहको सम्पुर्ण जीवन नेपाली कााग्रेश प्रजातन्त्र, समाजवाद र विपीमा नै खर्चिएको छ । विपीको समाजवादमा जिउने व्यक्ति गणेशमानसिंह हुन् । त्यसैले धेरै स्थानहरुमा विपीको व्यक्तित्व लाई उजिल्याउादै नेपाली माटोका मूर्धन्य राजनेताभन्दै अभिव्यक्तगर्न पुगेकाछन् । उनले आफ्नो नेतापनि विपीलाई नै मानेका थिए । त्यसैले गणेशमानसिंह विपी र नेपाली काग्रेशबाट नेता बनेका चााही होइनन् । किनभने १९९७ सालमा प्रजापरिषद्बाट राजनैतिक गतिविधीमा लागेकाले उनलाई आजीवन कारावास हुनगयो । अनि ४ वर्ष जेलमा विताएर २००१ सालमा जेलबाट फरार भै गोरखपुर, वनारसहुादै उनी कलकत्ता
पुग्छन् । स्मरण रहोस् पाठकवृन्द ! गणेशमानसिंह २००१ सालमा फरार भै कलकत्ता पुग्दासम्म नेपाली काग्रेशको जन्म नै भएको थिएन । अनि विश्वेश्वर प्रसाद कोइराला पनि भारतीय आन्दोलनमा व्यस्त थिए । त्यसैले यी दुवै शक्तीभन्दा पुर्व नै गणेशमानसिंह आफ्नो अस्तित्व देखाउन सफल भै सकेका थिए । अत: गणेशमानसिंह आफ्नै उर्जावाट स्वाचालित भै राणाविरुद्ध गतिविधीहरुमा संलग्न भएका व्यक्तित्व हुन । त्यसैले यिनलाई महान भन्नका लागी विपी र काग्रेशसंग जोडिरहनु पर्दैन । उनी आफ्नो मन, वचन र कर्मवाट माथी उठीसकेका छन् । आफ्नो सम्पुर्ण जीवन राष्टिूयता, प्रजातन्त्र र समाजवादको क्रान्तीमा विताएका गणेशमानसिंहको सही मूल्यांकन आजपनि यस राष्टूले, जनताले र संस्थाले गर्न सकेको छैन ।
