भूपू प्रहरीको वृत्ति विकासमा विना धरौटी, निव्र्याजी रकम उपलब्ध गराइदै

धरान/आजीवन प्रहरी सेवामा समर्पित रही सेवा निवृत्ति पश्चात अभाव र गरिबीको चपेटामा परेका नेपालका भूतपूर्व प्रहरीहरुको बृत्ति विकास हेतु प्रहरी कल्याणकारी कोषले विना धितो निव्र्याजी रकम उपब्ध गराउने भएको छ ।
भूपू प्रहरीको वास्तविक अवस्था बुझी रु १ लाख देखि ३ लाख रुपैयाा सम्म रकम उपलब्ध गराइने कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले जानकारी दिनुभयो । एसएसपी खरेलका अनुसार यसका लागि एउटा सात जनाको समिति बनाइ सकिएको छ ।
एसएसपी संयोजक रहेको उक्त समितिको अध्यक्षमा विष्णु कार्की, उपाध्यक्षमा केदारबहादुर थापा, सचिवमा रत्नबहादुर भण्डारी रहनु भएको छ भने सदस्यमा यामबहादुर कार्की, गणेशबहादुर पाण्डे, गोपाल कार्की र कमला श्रेष्ठ रहनु भएको छ । यसको कार्यालय इटहरीमा
रहने भएको छ । प्रत्येक अञ्चलमा यस प्रकारको कार्यालय रहने भएको छ । हालसम्म अञ्चल प्रहरी प्रमुख संयोजक रहने गरी १२ स्थानमा समिति गठन भइसकेको बताइएको छ । नेपाल प्रहरी कल्याण कोष र सानिमा विकास बैंकबीचमा यस सम्बन्धमा सम्झौता भइसकेको र चाडै नै यो कार्यान्वयनमा आउने कोशी अञ्चल प्रहरी प्रमुख खरेलले जानकारी दिनुभयो । यसका लगि
राजधानीमा वृहत विचार गोष्ठी हुने र त्यसमा भाग लिन जाने समितिका सदस्यहरुलाई आउने,जाने र बस्ने व्यवस्था कोषले नै गर्ने भएको छ । यो याजना कार्यान्वयमा आएपछि
गरिब तथा रकम अभावमा केही गर्न नसकेका भूपू प्रहरीहरु लाभान्वित हुने खरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया