नेपाली काँग्रेसको १३ औं महाधिवेशन

नेपालको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कााग्रेसको तेह्रौ महाधिवेशन विहीबारदेखि काठमाण्डौमा शुरु हुादैछ । देशमा हालसम्म भएका राजनैतिक परिवर्तनको नेतृत्व गरेको कााग्रेस महाधिवेशनलाई यहााका सर्वसाधारण, राजनीतिक पार्टी, बौद्धिक वर्गले मात्र हैन विदेशीहरुले समेत चासोपूर्वक हेरेका छन् ।
१३ औं महाधिवेशनको प्रमुख लक्ष्य नेतृत्व चयन नै हो । प्रत्येक पााच बर्षमा विधान त महाधिवेशन हुुनुपर्नेमा मुलुकमा देखिएको विविध राजनैतिक घटना क्रम, कााग्रेसको कााधमा रहेको संविधानसभाबाट संविधान निमाण गुर्नपर्ने दायित्व लगायतका कारणले कााग्रेसको महाधिवेशन निर्धारित समयभन्दा झण्डै दुई बर्ष पछाडि धकेलिएको थियो ।
नेपाली कााग्रेसको आजसम्म भएको महाधिवेशन नीति भन्दा पनि नेतृत्व परिवर्तनमै सीमित रहादै आएको छ । राष्ट्र, राष्ट्रियता, समाजवाद र संवैधानिक राजतन्त्र नै नीतिको रुपमा रहेकोमा पछिल्लो पटक नेपाली कााग्रेसले राजतन्त्र त्यागेको छ । कम्युनिष्ट पार्टीहरुले आफ्ना हरेक महाधिवेशनमा कसलाई मुख्य दुश्मन मान्ने कस्लाई नजिकको मित्र मान्ने, कुन छिमेकी मुलुकलाई हेर्ने दृष्टिकोण कस्तो बनाउने, कोसाग नजिके लगायतका नीतिहरु पारित गर्ने गर्छ । तर नेपाली कााग्रेस आफ्ना छिमेहरुसाग पञ्चशिलको आधारमा सम्बन्ध विस्तार गर्ने भएकोले पनि कााग्रेसको नीतिमा परिवर्तन र बहसको खासै अर्थ
रहादैन ।
संविधानसभाबाट संविधान जारी भएपछि मुलुकको राजनीतिक अवस्थाका कुनै तात्विक परिवर्तन आएको छैन । झन झन अन्यौल बढ्दै गएको छ । जारी संविधान कार्यान्वयनमा आउन सकेको छैन । कार्यान्वयन हुने नहुने कुरामा अझै अन्यौलता छ । सरकारमा भएका राजनैतिक दलका गुण्डाहरुले देशका हरेक क्षेत्र तहस नहस बनाउदै लगेका छन् । सरकार स्वयम् भ्रष्टाचारको आहालमा डुबुल्की मारेर बसेको छ। कर्मचारी लेनदेन बिना सेवागं्राहीका कुनै काम गर्दैनन.् । विकास निर्माणको कार्य ठप्प भएको छ । यस्तो अवस्थामा कााग्रेस महाधिवेशन हुन लागेको छ । सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षको भूमिकामा रहेको कााग्रेसबाट आउने नेतृत्व कस्तो हुने हो भन्ने सबैमा कौतुहलता जागेको छ ।
कोइराला परिवारको पुराना पुस्ता सिद्धिदै गएपछि पार्टी नेतृत्वका लागि हाइटै नपुगेकाहरु यतिबेला नेतृत्वमा दाबी गर्दै अगाडि बढेका छन् । एउटा जीवन्त पार्टीमा कहिल्यै पनि भागबण्डाको राजनीति हुादैन । चित्त नबुझ्दा पार्टी फोडेर हिड्ने अनि फेरि मिसिन आउादा ६० र ४० को भागबण्डामा सहमति जनाउने गलत परिपार्टी पार्टीमा हाबी भएको छ । राजनीति खुबीका आधारमा गरिन्छ, योग्यताका आधारमा गरिन्छ तर यहाा अर्थात नेपाली कााग्रेसभित्र भागबण्डाको आधारमा लाभमा पुग्ने प्रयत्न भएको छ । नेपाली कााग्रेसबाटै तीन तीन पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा यी साह्रा बेतिथिका खलपात्र भएका छन् । चालीस प्रतिशत भागबण्डा लिएर आफ्नो वेकामे आसेपासेहरुको सानो झुण्डमा रमाउने देउवाकै कारण विगतमा पार्टीले क्षति व्यहोर्नु परेको थियो , अब यो भागबण्डाको अन्त्य गर्न आवश्यक भइसकेको छ । प्रजातान्त्रिक र संस्थापनको विउ त्यही देउवा समूहबाट स्थापित गराएको हो । पार्टीभित्र गुट उपगुट हुन्छन् तर दई वटा घार हुादैन । अब यसरी नेपाली कााग्रेस अगाडि बढ्न सक्दैन । संस्थापनका नेतालाई जति सक्यो त्यति गाली गर्नेहरु देउवाका पिय पात्र भएका छन् । एमालेको चौवन्नी सदस्य त्यागेर कााग्रेसमा प्रवेश गरेका देउवा खेमाका एक कोटाधारी चैते कााग्रेसले केही महिना अगाडि पूर्वको एउटा कार्यक्रममा शुशिल कोइरालालाई तनाथाम गाली गरेर भाषण ठोकेका थिए । सुशिललाई गाली गर्ने ति नेताको हैसियत के हो ? तसर्थ पार्टी एउटै धारमा रहनु पर्छ र त्यसको छिनोफानो १३ औं महाधिवेशनले गर्नेछ ।

तपाईको प्रतिक्रिया