वाहियात अनुगमन

इटहरी/भारतले गरेको भनिएको अघोषित नाकाबन्दी औपचारिक रुपमै खुलिसकेको घोषणा गरेको सरकारले अझसम्म इन्धन तथा ग्याास बजारमा सहज रुपमा उपलब्ध गराउन नसकेको अवस्थामा आपूर्ति मन्त्री गणेशमान पुनले आइतबार नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरको अनुगमन गरेका छन् ।
मन्त्री पुनको अनुगमनलाई यहााका पेट्रोल पम्प व्यवसायी र निगमकै कर्मचारीहरुले वहियात भनेका छन् । भारतको अघोषित नाका खुलेपछि इन्धन र ग्याासको सहज आपूर्ति हुने आवश्वास बाडेका पुन वास्तविकता र यथार्थ बुझ्न भन्दा पनि चर्न आएको निगमका एक कर्मचारीको टिप्पणी थियो । सरकारको आयु सकिदै गएको आभाष हुन थालेपछि आपूर्ति मन्त्रीहरु यसैगरी आयल निगम, साल्ट्रेडिङ्ग, नेशनल ट्रेडिङ्गको अनुगमनमा निस्कने पनि ती कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए ।
नेपाली कााग्रेसको महाधिवेशन पश्चात सरकार परिवर्तन हुने बजार हल्ला पश्चात आपूर्ति मन्त्री पुन अनुगमनमा निस्केका हुन यो विगतका मन्त्रीहरुकै निरन्तरता हो उनले भने । इलामको एक कार्यक्रममा जाने शिलशिलामा मन्त्री पुनले मोरङ क्षेत्र नं. ९ को वाइसिएलको भेलालाई उर्लाबारीमा सम्बोधन गर्न समेत पुगेका थिए । सो अवसरमा वाइसिएल र माओवादीकै कार्यकर्ताहरुले सरकारमा बसेर कालो बजारीको संरक्षण
गरेको, जनयुद्धमा घाइते तथा शहीद परिवारका लागि कुनै कार्यक्रम नल्याएको भन्दै आक्रोस पोखेका थिए । उनीहरुले मन्त्री पुनको
राजीनामा समेत मागेका थिए । प्रतिउत्तरमा मन्त्री पुनले जनयुद्धमा घाइते भएका, शहीद परिवारका लागि चााडै नै ठोस कार्यक्रम ल्याउने बताएका थिए । यहाा स्मरणीय
कुरा के छ भने नेपाल आयल निगमका निर्देशक गोपाल खड्काकै मिलिभगतमा कालोबजारी मौलाएको भन्दै कारबाही गर्नेसम्मको अभिव्यक्ति दिएका पुन यतिबेला आफ्नै भतिजोलाई आयल निगमको केन्द्रीय कार्यालयमा राखेर रकम संकलनको धन्दामा लागेको एक व्यवसायीले बताए ।

तपाईको प्रतिक्रिया