गायक तथा बरिष्ठ सगीतकार अम्मर गुरुङ्गप्रति राज्य उदासीन

नेपालका बरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङ्ग यतिबेला भारतको दिल्लीमा उपचाररत हुनुहुन्छ । उहााको स्वास्थ्यमा गम्भीर समसइा देखिएपछि उपचारार्थ उहाालाई झण्डै एक महिना अगाडि दिल्ली लगिएको थियो ।
नेपालको गायन तथा संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनु भएका गुरुङ्गले नेपालको राष्ट्रिय गानमा संगीत भर्नुभएको हो । नेपालको दोस्रो जनआन्दोलन पश्चात परिवर्तित भएको राष्ट्रिय गानमा उहााले संगीत भरेर कर्णप्रिय बनाउनु भएको हो ।
नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने राजकीय भ्रमणमा जाादा गुरुङ्ग दिल्लीमै उपचार गराइरहनु भएको थियो । ६ दिनको दिल्ली बसाईका क्रममा प्रधानमन्त्री ओली कहिले गुराजत, कहिले कर्नाटक त कहिले कहाा भ्रमणमा गए । तर उनले
राष्ट्रकै धरोहर गुरुङ्गसाग भेट्ने र स्वास्थ्य स्थितिका बारेमा समान्य चासो र सरोकारसम्म राखेनन् । ओलीले भारतका चलचित्रकर्मीहरुलाईै भेटे, नेपालमा आएर सुटिङ्ग गर्न भने तर देशका गौरव र जीउादो शानलाई भेटेनन् । उपचारमा आर्थिक कठिनाई समेत झेल्दै आउनु भएका गुरुङ्गको उपचारमा सहयोग गर्ने सरकारले बताए तापनि हालसम्म कुनै प्रकारको सहयोग उपलब्ध गराएको छैन, गुरुङ्गका पारिवारिक स्रोतले भने ।
देशको पहिचानका खातिर गीत संगीतका माध्यमबाट अन्तर्राष्ट्रिय जगतलाई चिनाउन सफल, आम नेपालीको मन मस्तिष्कमा रहेका गुरुङ्गको उपचार राज्य यसरी उदाशिन हुनुलाई विडम्बना नै मान्नुपर्छ । देशका गद्धार, भ्रष्ट, माफिया, तस्कर, कालाबजारीहरुलाई राज्यले उपचार खर्च मात्र हैन आजीवन आवास, सुरक्षाकर्मी, भत्ता, निजी सचिवालय, गाडी, इन्धन उपलब्ध गराउने गरेको छ । तर देशकन ती होनेहार अम्बर गुरुङ्ग आज जीवन र मृत्युको दोसााधमा दिल्लीको अस्पतालमा छटपटाइ
रहेका छन् ।

तपाईको प्रतिक्रिया