घण्टाघरबाट हेर्दा

सुजो वेपत्ता
लगौटीको जुम्रा शिरमा पुगेसी त्यो बढी सल्बलाउछ भन्थे हो कि क्या हो ? कसैले तपाई भनोस कि नभनोस आफै मपाई भएर थुतुनोमा आएसम्मको बोल्दै हिाड्ने सुजोलाई नेपाली कााग्रेसको संस्थापन र अर्को चालीसे कााग्रेसले नपत्याइदिएपछि उनी यतिबेला वेपत्ता भा’छिन् । संस्थापनबाट रामचन्द्र वा सभापति, प्रकाशमान सिंह उपसभापति, सशांक कोइराला महामन्त्रीमा उठ्ने पक्का भएसी सुजो वेपत्ता भाकी रे । बुद्धि न पुग्दा यस्तै हो । बुद्धि पुग्द्या भे थपक्क रामचन्द्र वाको अघि पछि गर्दिएको भए लन्ठै साप । संस्थापनबाट महत्वपूर्ण पदमा नामै ननिक्लनु भन्या त साह्रै सर्मको कुरा हो । हुन त राजनीति भन्या बुद्धिले
गरिन्छ अरुको उधारो बुद्धिमा
बटारिएसी पत्तै साफ हुने भयो । के गर्नु भीरबाट खसेको गोरुलाई कााधै थाप्न त सकिदैन तर रामरामचाहिा भन्न
सकिन्छ ।
खोस्ने नीति
नेपाली कााग्रेसको १३ औं महाधिवेशन ग्याा–ग्याा र भुा–भुा गर्दै सभापतिमा उठेका देउवा राम्रैसाग चिप्लेटी खेल्ने निश्चित भएसी’ उनी यतिबेला संस्थापनका भोटर्सहरु खोस्ने, चोर्ने रणनीतिमा लागेका छन् । केन्द्रमा चालीस प्रतिशत भागबण्डा पाउदै आएपनि जिल्ला र क्षेत्रतिर भएका निर्वाचनमा ३० प्रतिशत झरेपछि संस्थापनका भोटर्सहरु खोस्नै पर्‍यो । तर खोसेर चोरेर पनि खासै पार लाग्दा जस्तो छैन । तै प्रयास भने काजीले कायमै राख्या छन् । केही दिन अगाडि अर्जुन नरसिंह केसीलाई ललाई फकाई नारायण थानतिरको घरमा बाजा बजाउादै हुलेका काजीले त्यसपछि कसैलाई हुल्न सकेको साह्रै देखिएको छैन । चिप्लेटी खेल्ने निश्चित देखिदा देखिदै काजीका पछि को लाग्छन् र । थारो गाइको दूध खाने इच्छा कसैको हुन्छ र ?
मति खुस्किएपछि
राम्रो राजनीतिक भविष्य बोकेका भनिएका गनगने थापाले आफ्नो
राजनीतिक भविष्य नै डावाडोल बनाउने छााट देखिदै छ । बच्कना उमेरमा ट्याउा–ट्याउा बोलेकै भरमा १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैन्दा बढी मत ल्याएका थापा यसपटक एक्कासी महामन्त्रीको दाबेदार भए । यो कुरा अरुलाई हजम हुने कुरै भएन । संस्थापनको लिष्टमा उनी नअटाउने लगभग पक्का भएसी’ उनी यतिबेला झापाली कुमाइको प्यानलतिर टाासिन पुग्या छन् रे । आयाराम गयारामको के भरोसा ? माछा देखेपछि दूलोभित्र हात, सर्प देखे दुलाबाहिर हात । राजनीतिमा इमान र जवान हुनुपर्छ । इमान जमान नभएसी जता टाासिए पनि भयो । कि कसौ ?
पचास हजार
प्रचण्डाउले ठुाग्दा ठुग्दा पाखा लागेर ताइ न तुइको नयाा शक्ति गठन गरेका बाउराम भट्टराईले आगामी दिनमा कसैसाग पनि ५० हजार भन्दा बढी चन्दा नलिदने घोषणा गरेछन् । यस्तो घोषणा सुन्नासाथ घण्टाघरको कन्सिरी रनक्क रन्किएको छ । अब त ५० हजार होइन एक रुपैया पनि कसैले चन्दा दिनुहुादैन । नयाा शक्ति भन्ने पार्टी चन्दा उठाउन पो खोल्या हो कि क्या हो ? प्रचण्डाउले अस्तिका दिन बाउरामकै घरेलु जिल्ला गोरखा पुगेर त्यसै भन्या हैनन् पिएचडी गर्दैमा गोरु बुद्धिमान हुादैन । देशै भड्खालोमा जान लाग्या बेला, युवाहरु बााच्नकै लागि विदेशीइरहेको बेला, भएका उद्योगधन्दाहरु बन्द हुादै गरेको बेला
बाउराम चाहिा ५० हजार भन्दा बढी चन्दा नलिने ध्वाास पिट्दै हिडेका छन् । हैन हौ यी बाउरामले चन्दा उठाउनका लागि नयाा शक्ति खोलेछन् कि क्या हो ? घण्टाघर यसमा गहिरो अनुसन्धान गर्ने तयारीमा लागेको छ ।
त्रिशुल र गाई
पर्धानमन्तरी खप्रओ हिजो आज अलि बढी नै आत्तिन थाल्या छन् । भारतको सादाराजकीय भ्रमण सकाएर चैत्र ७ गते चीनतिरको भ्रमणमा जान खुट्टा उचालेर बसेका उनी अलि बढी अत्तालिएर वर्वराउन थाल्या छन् । कााग्रेसको महाधिवेशन सिद्धिने बित्तिकै खप्रओ वाल्वाटारबाट बालकोट अनि सिंहदरबारबाट बल्खु बसाई सर्छन् भनेर सत्ताको स्वाद लिइरहेका माउवादी र अरु दलले ढ्यांग्रो ठोक्न थालेसी’ खप्रओ बर्बराउन थाल्या रे । अस्तिका दिन उन्ले पश्चिमतिर गएर भनेछन् म गाई र त्रिशुल पल्टिएर पर्धानमन्तरी भा’ हुा र ? ठूलो दल कााग्रेसले खप्रओको प्रम बन्ने अन्तिम इच्छा बुझेर छोडीदेसी खप्रओ पर्धानमन्तरी भाको कसलाई थाहा छैन ? जति जति कााग्रेसको महाधिवेशन नजिक आउादैछ त्यति त्यति उनी भुकम्पले हल्लाएजस्तो हल्लिदै छन् । उनी हल्लिएको सबैले देखिरहेकै छन् । अनि फेरि प्याउ प्याउ किन बोल्नु ?
नबन्ने भए टहरा
नेपालाा दुशाहारी भुकम्प गएको एघार महिना हुन लाग्यो तर पीडितहरुलाई
सरकारले अहिलेसम्म भुत्लोभाङ्ग केही द्या छैन । भुकम्प पीडितको घर पुन: निर्माण गर्न भन्दै सरकारले दाताहरुसाग भक्कु
रकम सोहोर्‍यो । तर के गर्नु ? पीडितहरुलाई दाताले द्या रकम कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भो । हिउादमा
धेरै भुकम्प पीडित कठ्यांग्रिएर चिलिम भए अब बर्षा लाग्न लाग्यो । फेरि खोला र बाढीले बगाएर कति परमधाम जाने हुन् । ओत लाग्ने ठाम नभएर पेटभरि खान नपाएर भुकम्प पीडितहरु चिप्लिएका चिप्लियै छन् । तर भुकम्प पीडितका लागि दाताले दिएको पैसामा प्राडो, पजेरो मर्सिटिज चढेर खपओका दूतहरु बारम्बार पीडितकोमा लगत लिन
पुग्छन् । दाताले द्या करोडौ चामल कुहाएर मिल्काउाछन् ,अब बर्षा लाग्नु भन्दा अगाडि भुकम्प पीडितका घर बनाउनै सकिदैन भनेर पुन: निर्माण प्राधिकरणका ध्वाासेहरु भट्याउदै हिड्न थाल्या छन् । अब उही मरेपछि खा बाबै केरा ।
असफल भयो रे ?
६/६ महिनासम्म आन्दोलन
गरेर मुलुक ठप्प पार्ने मधेशी मोर्चाका नेताहरुले भन्या पर्धानमन्तरी खप्रओको भारत भ्रमण असफल भो’ रे । हैन हौ ती मधेशी मोर्चाका नेताहरुले कसरी त्यो भन्न सक्या हा ? भारत भ्रमणबाट आएसी खप्रओ फुरुङ्ग भा’छन् । जसले सोधे नि भारत भ्रमण अत्यन्तै सफल भयो भनेर जवाफ दिन्छन् । फेरि भ्रमण पनि लत्तरो हो र ? राजकीय थियो । त्यस्तो भव्य भ्रमणलाई पनि असफल भो भनेर मोर्चाले भन्दा घण्टाघरलाई पनि आश्चर्य लाग्या छ । कि त पर्धानमन्तरी खप्रओले झुठो बोलेको हुनुपर्छ कि त मधेशी मोर्चाले । के के कुरामा असफल भयो भनेर मोर्चा पनि नभन्ने अनि के के कुरामा सफल भयो भनेर खप्रओले पनि मुख नखोल्ने, घण्टाघर साह्रै धर्म संकटमा पर्‍या
छ । कसको कुरा पत्याउा कसको कुरा नपत्याउा ।
अन्तेमा
नेपाली कााग्रेसका तनुवामन्त्री कृष्ण सिटौला पार्टीको १३ औं महाधिवेशनमा सभापतिमा उठ्ने रे । क्याम्प चेन्ज गर्न खप्पिस सिटौलालाई सभापतिमा नउठ्नुस भनेर कस्ले थेचार्‍या छ र ? सभापतिमा उठ्ने अग्लाई नै नपुगी उठ्नलाई मच्चिएका देख्दा भने कार्जेकर्ताको कन्पारो तात्न थाल्या छ । हैन हौ तन्वा महामन्त्री हुादैमा सभापति नै भ्याइदिन खोज्ने सिटौला अझ निर्वाचित महामन्त्री भा’भे त उत्पातै मच्चाउने रै’छैन । झापाको चन्द्रगढीबा जितबहादुर
पुरीको फेरि समातेर कााग्रेसमा आएका सिटौलाको महत्वकांक्षाचाहिा साह्रै बढेको मान्नु पर्छ । यसो पौड्यालको पछि लाग्या भए ढिलो चााडो पालो
आउाथ्यो । के गर्नु विनाश काले
विपरीत बुद्धि भन्या यही हो ।

तपाईको प्रतिक्रिया