सिस्नुपानीलाई कतारमा किन हतार हतार ?

सिस्नुपानी नेपालको टोली अहिले खाडी मुलुकहरूमा‘दुई थोपाहाासो’शीर्षकको कार्यक्रमलिएर छक्क पर्दै घुमिरहेको छ । छक्क किन भने सडकमा माटो, ढुङ्गा, बालुवा, रोडा थुपारेको कहिाकतै देख्न पाइएन । धुलो, धुवाा र दुर्घन्ध सेवनगर्न पनि पाइएन । हामी काठमाण्डौ बासीहरूलाई दुवई, आवुधावी र शारजहााका चिल्ला सडकहरूमा सय–डेडसय प्रतिघण्टाका दरले गाडीमा दौडिादा काठमाण्डौको नियास्रोले सताउनुसम्म सतायो । सडकमा कतै इट्टा उक्किएका, खाल्डा परेका, पानीजमेका, फोहोर थुप्रिएका, सााढे बसेका, कुकुर लठारिएका देख्न पनि पाइएन । त्यहााको सरसफाई, चिल्ला भवन र सडक देखेर डाहले छटपटिएको यो मनलाई कताकती सडकका मोडमा, कुनाकानीमा हाम्रा छिमेकी दाजु भाइले पानखाएर प्याच्च पिच्च थुकेर बनेका राता टाटाहरू देख्न पाउादा अलि अलि सान्त्वना प्राप्त
भयो ।
दुवईमा आन्दोलन, ढुाङगामुढा, टायर, बन्द, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, धर्ना, नाकाबन्दी, आगजनी, अनशन केही हुादैनन् रे, यस्तो निरस ठाउामा कसरी टिकेका छन् यी हजारौा हजार नेपाली श्रमिक र उद्यमीहरू ! बाहिर खुलेर
राजनीति गर्न नपाइने त्यहाा धन्य के के जाति समाज र समितिहरू बनाएर, त्यहीाभित्र चुनाव सुनाव गरेर बााचेका रहेछन् उनीहरू । गाउा समाज, टोल समाज, बडा समाज, जात समाज, थर समाज, पार्टी कमिटि, गुट कमिटिमा सहभागी भएर स्वदेशको न्यास्रो मेटेर बसेका रहेछन् ।
ट्राफिक प्रहरी कस्ता हुन्छन् होला भनेर हामीले चोकहरूमा खुब नियालेर हेर्‍यौा । दुई हप्ता बसेर सयौा किलोमिटरको यात्रा तय गर्दा पनि एक जना ट्राफिक प्रहरी कतै सडकमा देख्न पाइएन । ट्राफिक
प्रहरीको जागिर एकदमै निरस रहेछ । सबै स्वचालित । हाम्रामा जस्तो सडकमा लस्कर लागेर सवारी साधन छेकेर चेक जााच गर्न पाउादा रहेनछन् प्रहरीले । बाटोबाटोमा लाइसेन्स खोसेर फूर्ति देखाउन पनि पाउादा रहेनछन् । चेकजााचका क्रममा भाग्न खोज्ने मोटरसाइकलका पछाडि झुण्डिएर प्रहरीले तानेका दृष्य देख्न त कहाा पाउनु !
हाम्रा लागि रमिता हेर्न लायक खासै केही देखिएन । बरु डाहा लाग्ने कुरा मात्रै धेरै देखिए । न रुख छ, न खोलो छ, न पहाड छ, न खेती छ, न फलफूल छ, न साग, न पात, न अन्न । चारैतिर बालुवा छ । तैपनि यी बालुवावासी खाडीवालाहरूले बालुवामाथि कृत्रिम स्वर्ग उभ्याएर संसारभरिबाट पर्यटक भित्र्याएर पैसा बटुल्दा रहेछन् । त्यहााका सडक, गगनचुम्बी टावरहरू, सरसफाई, नियमकानूनको पालना, पर्यटकहरूको आइरो हेर्दा हेर्दै हामीलाई त भाउन्न होला जस्तो भयो । छिटो छिटो यात्रा सकेर हामी कतारतिर
लाग्यौा ।
बरु कतारमा आइपुगेपछि मन अलिक शान्त भयो । ट्राफिक जाम, अलिक फोहोर मैला, अलिअलि भत्केका, टालेका सडकहरू देख्न पाइयो । केही सााघुरा गल्लीहरू पनि हेर्न पाइयो । अलिक सन्चो भएको मनलाई चस्स दुखाउादै यहााका साथीहरू भन्दैछन्, यी गल्ली र पुराना घरहरू भत्काएर केही वर्ष्भित्रैमा यहाा पनि नयाा सहर बसाउने योजना छ । यो योजना हाम्रो मेलम्चीजस्तो, पूर्वपश्चिम रेलमार्ग जस्तो, निजगढ विमानस्थल जस्तो कागजमै बसेको बसेकै गर्ने योजना होइन, भनेकै समयमा भनेकै जसरी सम्पन्न हुन्छ । उनीहरूका कुरा सुनेर फेरि बेचैनी बढ्यो । बस्नै मन लागेन । हामी हतार हतार कतारका कार्यक्रमहरू सकेर स्वदेश फर्कियौा ।

तपाईको प्रतिक्रिया