घण्टाघरबाट हेर्दा

बाजे पक्का
नेप्लीज कााग्रेसको तेह्रौ महाधिवेशनबाट सभापति रामचन्द्रे बाजेले बाजी मार्लान जस्तो पो देखियो । जता हेर्‍यो जिल्ला, क्षेत्रहरुमा संस्थापनकै उमेद्वारहरु ह्ेवारह्वार्ती जित्दै छन् । सुशिल दा’को अपुतालि कसैले बीचैमा भााज नहाले , अब बाजेलाई न हावाले थुन्छ न हुरीले । यतिका बर्ष सम्म कावा खाादै आएका बाजेले अबचाहिा फूल सभापति पड्काउने भए । गिर्जाउको नाम भन्जाउादा पार्टी सभापति फुत्काइ पो हाल्छु भनेर बाख्रे दौडमा रहेका नाममात्रका सेरबहादुर यसपालि फेरि बूढा निलकण्ठ ओथारो बस्ने लगभग निश्चित देखियो । जिल्ला, क्षेत्र, नगर गाउाको निर्वाचन भन्दा अगाडि आरजुको निर्देशन मुतविक कोठे सम्वादमा व्यस्थ भएसी सबैतिरबाट आफ्ना मान्छे िचिलिम भएको काजीलाई अहिले पनि हेक्का छैन कि क्यो हा ?
आयाराम गयाराम
कााग्रेसको तेह्रौ महाधिवशेनमा आयाराम गयाराम खलास हुने छेकछन्द देखिन थाल्या छ । फाइदा र पदका लागि कहिले वल्लो दैलो कहिले पल्लो दैलो चहार्नेहरु यतिबेला दह्रै लिौना गर्न थाल्या छन् । अस्तिसम्म संस्थापन पक्षेका भनी आफूलाई चिनाउदै हिडेका एकजना नुवाकोटे यतिबेला बूढा निलकष्ठतिर घुस्रन पुग्या छन् । यो कोटीमा अरु पनि आधा दर्जन जति कहिले वल्लो ढोका त कहिले पल्लो ढेका तिरछद्धार गर्देतन् । महाधिवेशनमा सिनित्तै हुने देखिएपछि तिनका ओठ मुाल कालेटी परेको छ,। छेपाराले छिश्रिक्क गर्दा पनि महाधिवेशन प्रतिनिधि हुन कि क्या हो भन्दै जम्ल्याहा हात गदे जई नेपाल गर्न र भन्न थाल्या छन् अरुबेला बोल्दा पनि जातै जाला जस्तो गर्ने, टिलिकक भएर हिड्ने, कााग्रेसको उपल्लै नेता समझने आयारामगयाराम माने चैतेहरु यतिबेला वडो टिठ लाग्दा देखिन थाल्या छन् । बीपीको वाणी पूरा हुन्छ कि क्या हो ? पर्जातन्त्र आएसी’ सुकिला, मुकिला विरुद्धमा इमान्दार कार्जेकर्ताले संघर्ष गर्नुपर्छ भन्या थे वीपीले । यसपटक यस्तै होला जस्तो छ ।
महत्वकांक्षी सिटौला
तन्वा महामन्तरी भएर संस्थापनको छेउछाउ पुगेका झापाली कुमाई कृष्ण सिटौलाको महात्वकाांक्षा बढेको देख्दा अरुको मात्र हैन घण्टाघरका कन्सिरी पनि रनक्क रन्किन थाल्या छ । झापाका जितबहादुर पुरीले मण्डलेको ढोकाबाट निकालेर कााग्रेसको कोठाभित्र हुल्दिएको घन्टाघरलाइ अहिल्यै जस्तो लाग्छ । अहिले किसुनजीको कुटीमा ाउने सिटौला विस्तारै गिजाएको कुटीतिर लस्स्एि । हुादा हुादा अब त पार्टी सभापतिमा पो उठ्छु भन्दै डकार्न थाल्या रै’छन् । जति छिटो माथि चढ्यो त्यति नै छिटो ओर्लनुपर्छ भन्ने ज्ञान सिटौलामा रै’नछ कि क्या हो ?
बीचैमा चैट
हावा न तावाले नेता भएका सुजोले पार्टी सभापतिमा उमेद्वार दिन्छु भन्दा देशै भरिका कार्जेकर्ताहरुलाई यतिबेला कुरीकुरी लाग्या छ । अब सभापतिमा उमेद्वारी दिन्छु भनी हालिन्, यिनीसाग पार्टी सञ्चालन गर्ने गृह्य कुरा पक्कै होलान् भनेर अस्तिका दिन रेडियो नेपालले अन्तरवार्ता लिने जाचो पाजो मिलाएछ । तर अन्तरवार्ता लिने पत्रकारले सुजोको अन्तरवार्ता बीचैमा रोकिदिएछन् । कुरो के परेछ भने जे प्रश्न सोधेपनि म सभापतिमा उठ्छु, महिला सभापति किन हुनु हुादैन मात्र भनेपछि अन्तरर्वार्ता लिने पत्रकारको कानै खिर्‍याएछ । हैन हौ सुजोलाई सभापतिमा उठ्न कसले रोक्या छ ? फेरि महिला सभापति हुनुहुादैन भनेर कस्ले भन्या छ ? क्राइट एरिया पुग्या ऐरै, गैरे, नत्थु, खैरै जो उठे नि भा’कै छ । कसैले रोक्या छैन क्यारे ? मोरङमा समानुपातिक नाम सिफारिसमा नपरेकी सुजुको समर्थक र प्रस्तावक समेत भोलिका दिनमा नभेटिएलान् कि भन्ने चिन्ता बढेर गा’छ । यसो भयो भने त गिर्जाउको आत्माले शान्ति पाउादैन । कि कसो हौ ?
हर्ष न मिस्मात रे ?
मानिस बूढो भयो भने निहुा खोज्छ, गोरु बूढो भयो भने भीर खोज्छ रे । हो कि क्या हो ? अब हेरौ न तराई मधेश लोकतान्त्रिक पार्टीका अध्येक्षे महन्थ
ठाकुरलाई । अस्तिका दिन उन्ले भन्या पर्धानमन्तरी खप्रओ भारत गएको आफूहरुका लागि हर्ष न विस्मात जस्तो हो । भारतले त्यत्रो तारैतार यतातिर पठाइद्या छ, भुकम्प पीडितको पुन निर्माणमा करोडौ अमेरिकी डलर द्या छ, थप दुईवटा बन्दरगाह खोल्द्या छ अरु पनि कति थोक देया छ् देया छ । घण्टाघरलाई शंका पो लाग्न थाल्या छ कहीा ठाकुरका आाखा धमेलिएका त हैनन् ? जपना, सपना, सुत्दा, उठ्दा खाली मधेश दुई प्रदेश भयो, आन्दोलन शिवाय अर्थोक सोच्दै नसोचौ । अनि फुइय्याा देख्छन् त भारतले त्यत्रा विधि देया कुरा ?
अझै उस्तै
भारतबाट आएका तेलका ट्यांकर र ग्याासका लहरीले सडकै जाम हुन थाल्या छन् । तर सर्वसाधारणले न तेल पाएका छन् न ग्याास । यसरी ह्वार ह्वार्ती आएका ग्याास र तेल कालो बजारीहरुले सिनित्तिै पिइरहेका छन् र , सरकारचाहिा पेट्रोल पम्प र ग्याास उद्योग तथा डिपोहरुमा बुख्यााचा गाडेर बसिरहेको छ । कालो बजारी गनेसर््हरुलाई ज्यान गए नि तोड्दिन, कारबाही गरेरै छाड्छु भनेर आपूर्ति मन्त्री गणेशमान पुन शुरु शुरुमा त खुश उफ्रन्थे । तिका बोली हिजो आज सुन्नै छाडियो पर्धानमन्तरी अप्रओले पनि त्यसै भन्थे, अख्तियारका कार्की वा पनि फलाक्थे । आखिरी सबै उही ड्याङ्गका मुला त हुन् । तस्करलाई पोसेर आफ्नो भाग शान्ति गर्ने छाडेर कोशी सुशिल कोइराला र लालबाबु पण्डित किन बन्थे ? भोलि के हो के हो ? यतिबेलै झोली तुम्बा नभरे घरकी श्रश्रमतिले समेत जोर लात्ती बजाउने कुरा उनेरले राम्रैसाग बुझेका छन् । सत्तामा बसेर कोही जनताको काम गरे रकिन बेकुब बन्नु ? कि कसो हौ ?
ठडिने भो धरहरा
काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर हाम्रा बाबुबाजेले त्यसै भन्या हैनन् । अब हेरौ न पर्धानमन्तचरी खप्रओले धरकहरा ठड्याउन ाषण ठोके तर टहरा ठड्याउन चासै दिएनन् । धरहरा ठड्याउन आफ्नो एक महिनाको तलब दिने घोषणा गरे । तर एक महिनाको तलब कति हो भनेर उन्ले ज्यान गए पनि ओकलेनन् । उन्ले टहरामा बस्नेहरुका पीडा भन्दा पनि धराहरा ठड्याउनु महत्वपूर्ण देखे । हैन हौ त्यो धरहरा टहरा नपाउनेले टोक्नु ? अघि मरी सासू अहिले आयो आाशु भन्या यही हो ,। विवेक गुमाएका, औठाछापहरु सत्तामा पुगेपछि टहराबासीले घोर दु:ख पाउाछन् भन्थे हो रै’छ । यसपाली ७० जना टहराबासीले चिसोका कारण ज्यढान गुमाउनु पर्‍यो । अब बर्ष लाग्दैछ कति टहराबासीले रुझेर ज्यान Ïयाल्नुपर्ने हो ।
अन्तेमा
चोइटिादा चोइटिादा जरोमात्र आठ्याएर कोटेश्वर पेरिस डााडामा कुर्सी टल्काएर बसेका माउवादीका अध्येक्षे प्रचण्डाउ हिजो आज भूमिका विहीन बन्दै गएछन् क्यारे । उनले कुम हल्लाएर गफ जोतेका नदेखेको धेरै भयो । अस्तिका दिन घण्टाघरले यसो वाइनाकुलर तेस्याएर हेरेको छ मेरी बास्सै वैधाउको कोठामा झोक्याएर बसेको देखियो । गृह्य कुरा के रै’छ भनेर यसो प्रचण्डाउको मुख सुाघ्या त वैधाउलाई पार्टी अध्येक्षे दिन्छु र पार्टी एकीकरण गरौ भनेर गनगन गर्दा
रैछन् । वैधाउ पनि के कम प्रचण्डाउ भन्दा ८/१० वटा भोटा फटाएका उन्ले प्रचण्डाउका कुरा मन नलागी नलागी सुनिरहेका थिए । पहिला नयाा बोतलमा पुरानो रक्सी भरेर देश दौडाहामा रहेका बाउरामलाई पनि प्रचण्डाउ अध्यक्षे दिन्छु भनेर दुई बर्ष सम्म झुलाइएका थिए । अन्तेमा केही नलागेसी बाउराम हिड्या थे । वैधाउले पनि त्यही कुरा झल्झल्ती सम्झे कि क्या हो । उन्ले प्रचण्डाउको कुरामा मुन्टोमात्र हल्लाए पनि चुइाक्क नबोलको वाइनाकुलरबाटै देखियो । प्रचण्डाउले अध्यक्षे छोड्लान भनेर कसले
पत्याउने ?

तपाईको प्रतिक्रिया