गुटगत नभएर काँग्रेसको आकांक्षा

नेपाली कााग्रेसको आसन्न १३ औं महाधिवेशन अन्तर्गत माघ २२ गते भएको महाधिवेशन र महासमिति सदस्यको निर्वाचनले नेपाली कााग्रेसको आम इमान्दार कार्यकर्ता पार्टीमा गुटगत नभएर सिागो कााग्रेसको आकांक्षी रहेको प्रष्ट्याएको छ ।
पार्टीमा सामान्य गुटबन्दी स्वभाविक हो, एक आपसमा वैचारिक मतभिन्नता पनि अनिवार्य जस्तै हो तर सिागो पार्टीको छविमाथि नै आाच पुर्‍याउने गतिविधि अक्षम्य हुन् । यति हुादा हुादै कााग्रेसभित्रको गुटबन्दी नितान्त फरक देखिदै आएको छ । पार्टीभित्रको गुटबन्दीले वैचारिक रुपमै भिन्न रहेको अन्य पार्टीसाग प्रतिष्पर्धा गर्दै आउनु परेको अवस्था विद्यमान छ । तर अब भने यसको अन्त्य हुने छनक देखिन थालेको छ ।
नेपाली काग्रेसका संस्थापक नेता बीपी कोइरालाले भनेझै मुलुकमा प्रजातन्त्र स्थापना भएपछि सुकिला, मुकिला, अवसरवादी चरित्र भएकाहरु हावी हुनेछन् । पार्टीलाई सिागो र एक ढिक्का बनाइाख्न इमान्दार, जुझारु कार्यकर्ताहरुले तिनका विरुद्धमा आन्तरिक रुपमा सघर्ष गर्नु पर्छ । बीपीको यस वाणीले यसपटक सार्थकता पाउने देखिएको छ । जब जब नेपाली कााग्रेस सत्तामा पुग्छ तब तब अन्य पार्टीबाट भिन्न वैचारिक धार भएकाहरु विभिन्न पदीय शर्त राखी पार्टी प्रवेशमा लर्को लाग्छ केही समय पश्चात तिनै व्यक्तिहरु पार्टीभित्र भाइरस बन्छन् । संगठन भन्दा पनि अवसरको खेति गर्न पार्टी प्रवेश गर्नेहरुकै कारण नेपाली कााग्रेसभित्र डरलाग्दो गुटबन्दी सिर्जना हुादै गएको थियो ।
अझ पछिल्लो समय शेरबहादुर देउवाको नेतृत्वमा कााग्रेस टुक्रिएर पुन: देउवाले सर्त राखेर नेपाली कााग्रेसमा विलय भए त्यसले पार्टीको आन्तरिक संरचनाहरुलाई नै कमजोर बनाइदियो । देउवा पार्टीमा विलय भएपछि पार्टीको संस्थापन पक्षलाई ६० प्रतिशत र देउवा पक्षलाई ४० प्रतिशतको भागबण्डामा कााग्रेस चल्न थालेपछि कााग्रेसको संगठन केन्द्रदेखि गाउासम्मै भताभुंग भयो । यही भागबण्डाको लालासामा पार्टीभित्र गुटबन्दी मौलाउदै गयो । संस्थापनपक्षले बारम्बार गुट निमिट्यान्न पार्नका लागि प्रयास गरेपनि देउवा समूहले यसलाई बढावा दिइरहयो । झट्ट बाहिरबाट हेर्दा कााग्रेस दुईवटा गुटको संघ जस्तै देखियो र यथार्थ पनि त्यही थियो । पार्टीभित्र गुटबन्दी कतिसम्म मौलायो भने क्रियाशील सदस्यता वितरणदेखि, सांसद, मन्त्री तथा अन्य निकायका नियुक्ति सम्ममा ६० र ४० को भागवण्डा भयो , सशिल कोइराला प्रधानमन्त्री हुादा मन्त्री नियुक्ति गर्न शेरबहादृुरदले ४० प्रतिशत कोटा मागे । कोइरालाले उक्त कोटा दिए । कोटामा देउवाले आफूप्रति बफादार एस म्यानलाई मन्त्री बनाए । देउवाको कोटाबाट मन्त्री भएकाहरु कोइरालाप्रति वफादारको त कुरै छाडौ जवाफदेहिता भएनन् । जबकि पार्टीको विधान कहीकतैबाट उल्लेख नभएको व्यक्तिलाई सर्वोपरि मानिदा कााग्रेसको साख गिर्दै गयो तर यसको दोष देउवा पक्षले सदैव संस्थापनपक्षको थाप्लोमा हालेर पन्छिदै गयो । पार्टीको नाम, विधान र झण्डा सबै एक भएपनि जिल्ला तहमा नगर क्षेत्रका छुट्टाछुट्टै कार्यालय खोलिए ।
अब हुने १३ औं महाधिवेशनले साठी र चालीसको प्रवृत्ति अन्त्य गर्ने निश्चित भएको छ । हालका पार्टी सभापति शुशिल कोइराला अर्थात संस्थापनपक्ष मुलुकभर दह्रो भएर आएको छ । अशक्त, बृद्ध
रोगी भनेर देउवा समूहबाट सुशिल कोइरालाको बद्ख्याइ गर्नेहरु वडा वडाबाटै हारेका छन् । महाधिवेशन र महासमिति सदस्यमा संस्थापन पक्षको वर्चस्व देखिएको छ । आगामी फागुन २० देखि २३ गतेसम्म हुने केन्द्रीय महाधिवेशनमा संस्थापन पक्ष नै हावी हुने देखिएको छ । पार्टीको गाउा, नगर र क्षेत्रको निर्वाचनले संस्थापनपक्षलाई स्थापित गराइसकेको छ । तसर्थ बिना हिच्किचिहट, विना शंकोच र्धिक्कसाग भन्न सकिन्छ नेपाली कााग्रेसको आगामी सभापति संस्थापनपक्षबाट नै हुने स्पष्ट देखिएको छ ।

तपाईको प्रतिक्रिया