कम्युनिष्ट मेनिफेस्टोमा बहुलवाद हुँदैन : डा. रामशरण महत

धरान/नेपाली कााग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले कम्युनिष्ट मेनिफोस्टोमा वहुलवाद नहुने भएपनि नेपाली कााग्रेसकै कारण नेपालका कम्युनिष्टहरु वहुलवादमा विश्वास गर्ने गरेको बताउनुभएको
छ ।
पूर्वाञ्चलको विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रममा सहभागी हुने क्रममा शनिवार धरान आइपुग्नु भएका डा. महतले नेपाली कााग्रेस सुनसरी क्षेत्र नं. १ द्वारा आयोजित सम्मान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
उहााले भन्नुभयो, मुलुकमा हाल देखिएको समस्याको जड बामपन्थी नेतृत्वको सरकार नै हो । वर्तमान परिस्थितिको जिम्मेवार वर्तमान सरकार हो । केही दिन अगाडि बेलायतको द वैंकरपत्रिकाले डा. महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरिदिएपछि उनी यतिबेला चर्चामा छन् । महतले अगाडि भन्नुभयो, अहिलेको सरकार ख्याल ठट्टामै चलेको छ । प्रधानमन्त्रीकै बोलीको टुंगो छैन । विगत चार महिना भन्दा लामो मधेश आन्दोलनप्रति इंगित गर्दै पूर्व अर्थमन्त्री महतले भन्नुभयो आन्दोलनकारीले उठाएका धेरै कुरा अस्वभाविक छन् । व्यवहारिकताको आधारमा, आर्थिक सम्बन्धका आधारमा सबै जात जाति धर्म सम्प्रदाय समावेशी भएर बस्नुपर्छ । जहाा मिश्रित जातिको बसोबास छ त्यो ठाउा अगाडि बढेको छ । पूर्वको झापा, मोरङ्ग सुनसरी, मकवानपुर, चितवन, कैलाली, कञ्चनपुर जस्ता जिल्लाहरुमा सबै जातजातिको मिश्रित बसोबास छ । जहाा एउटै जात र सम्प्रदाय बसेको छ त्यो ठाउा ३० बर्ष अगाडि जस्तो थियो आज पनि त्यस्तै छ । विकासको आधार नै मिक्स सेटलमेन्ट हो, उहााले भन्नुभयो यही स्प्रिट अनुसार राष्ट्र अगाडि बढ्नुपर्छ । राष्ट्र भन्दा ठूलो यहाा कोही छैन ।
आगामी १३ औं महाविधेशन प्रति लक्षित गर्दै डा. महतले भन्नुभयो अबको नेतृत्व विकासमुखी हुन्ुपर्छ । चार चार जना वामपन्थीहरु सत्तमा बस्दा नेपालमा सविधान आएन तर नेपाली कााग्रेस डेढबर्ष सत्तामा बस्दा संविधान ल्यायो । अब सविधानको सफल कार्यान्वयनमा नेपाली काांग्रेस नै अगाडि सर्नुपर्छ । सो अवसरमा नरकुमारी लिम्बु, इश्वरी रेग्मी, कटबहादुर तामाङ्ग र धनबहादुर कटुवालाई डा. महतले सम्मान गर्नुभएको थियो ।
नेपाली काागेस सुनसरी क्षेत्र १ का कावा सभापति सुरशेमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संयोजक तिलक राई लगायतले बोल्नुभएको थियो भने सञ्चालन क्षेत्रीय सचिव सुजेन्द्र तामाङ्गले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया