काठमाडौं । पूर्वराजा ज्ञानेन्ऽ शाहले आफूले जनताको चाहना अनुसार
दरबार छाडेको, तर नेपाली घरबार नछाडेको बताएका छन् ।
आइतबार वक्तव्य जारी गर्दै
पूर्वराजा शाहले भने– ‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिादै
राष्ट्र हित र राष्ट्रवासीको सुख, सम्वृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छाडेको हुा । तर सबैले विचार गर्नुपर्ने कुरा हो कि मैले नेपाली घरबार छाडेको छैन अनि नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन ।’
बखेडा नगर्न र एक हुन् आग्रह
पूर्वराजा शाहले पृथ्वी जयन्तीका अवसरमा विज्ञप्ति जारी गर्दै हिमाल, पहाड र तराईका जनतालाई एकतावद्ध हुन् र बखेडा नगर्न आग्रह गरेका छन् । उनले अब कसले कस्तो भूमिका खेल्नुपर्ने हो त्यो प्रस्ट हुन्ुपर्ने मागसमेत गरेका छन् ।
पूर्वराजाको वक्तव्यमा भनिएको छ ‘पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सधैं नै हामीलाई मिलिरहने चेतना र प्रेरणाको कुरा राष्ट्रिय एकता र सदाशयता नै हो । हिमाल, पहाड र तराईका हामी सबै नेपाली यही
फूलबारीमा जति बढी समाहित हुन् सक्छौं उति नै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो
रहन्छ । यस प्रकारको युग चेतना हुादाहुादै पनि अहिले हामी किन, कुन्नि दिग्भ्रमित छौं । सोचनीय कूरा छ, देशभित्र अहिले विधि व्यवस्था, भूरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता बखेडा खडा भएका छन् यो कदापि
राम्रो कुरा होइन ।’
परनिर्भरता र महंगीको चिन्ता
पूर्वराजाले आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा आर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादन र वाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको भन्दै वक्तव्यमा बताएका छन् ।
‘नेपाली जनताले अहिले सााझ बिहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ’ उनले भनेका छन् ‘त्यो गम्भीर चिन्ताको विषय हो ।’
भूमिकाको खोजी
‘अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व, भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुन्ु पर्दछ भन्ने पनि समयको माग छ,’ पूर्वराजा शाहले भनेका छन् ‘नेपाली भएर सोच्ने, सम्झने दिन पुस २७ हो । यही दिन यहााको पवित्र भूमिमा जन्मिएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नै हाम्रो यो आधुनिक राष्ट्रको संरचना र संयोजन भएको हो ।’
