बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जापानको तोतोरी मेडिकल कलेजबीच प्राविधिक सहयोगको पााच बर्षे सम्झौता प्रत्येक बर्ष प्रतिष्ठानबाट ५ जना चिकित्सकहरु प्राविधिक तालिमका लागि अब जापान जाने

धरान/नन्प्राक्टिसिङ्ग, अन्तर्राष्ट्रिय स्तरको यहाास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जापानको तोतोरी युनिभर्सिटी हस्पिटलबीच प्राविधिक सहयोग आदानप्रदान गर्ने सम्झौता भएको छ । सम्झौतासागै अब प्रतिष्ठानको स्वास्थ्य उपचारमा अत्याधुनिक जापानी प्रविधि भित्रिने भएको छ ।
सोमबार प्रतिष्ठानमा आयाजित एक कार्यक्रमका बीच प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाश र तोतोरी युनिभर्सिटी हस्पिटलबाट आउनु भएका केइची योसिदा, (एसोसिएट प्रोफेसर), एटसुरो कोगा बीचमा सम्झौतापत्र आदान प्रदान भएको छ ।
दुई देशका प्रतिष्ठित हस्पिटल बीचमा सम्झौता आदान प्रदान पश्चात प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दाशले भन्नुभयो जापानको
तोतोरी युनभर्सिटी हस्पिटलसाग सम्झौता हुन्ु प्रतिष्ठानका निम्ति गौरवको कुरो हो । सम्झौता गर्ने कुरा एक बर्ष अगाडिदेखि चल्दै आएपनि आज आएर सम्झौता भएको छ । सम्झौता प्राविधिक एक्सचेन्ज गने हो, उहााले भन्नुभयो । जापानमा आज रोवटेरी सर्जरी शुरु भइकेको छ । कुनै पनि सर्जरी २ घण्टा लाग्थ्यो भने अब आधा घण्टामा सम्पन्न हुन् थालेका छन् । त्यस्ता प्रविधि यहााबाट ट्ेरनिङमा जाने चिकित्सकहरुले सिकेर आएपछि यहाा पनि दुई घण्टा लाग्ने सर्जरी आधा घण्टामै सिद्धिन्छ ।
सम्झौता पश्चात अब जुनसुकै सर्जरीमा सहकार्य गर्न सकिन्छ, उहााले भन्नुभयो । उहााले थप्नुभयो यो त्रिपक्षीय सम्झौता हुनेछ । प्रतिष्ठान र अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्सेस बीचमा सम्झौता भइसकेकोले प्रतिष्ठान र तोतोरी बीच हुन्े सम्झौता त्रिपक्षीय हुन्छ । यसका निम्ति तोतोरी र अल इण्डिा इस्टिच्युट मेडिकल साइन्सेसबीच वार्ता भइरहको छ ।
तोतोरी युनिभर्सिटी हस्पिटलमा कार्यरत नेपाली मुलकी चिकित्सक एरिजा वैधले सहजीकरण गर्नुभएको सम्झौता पत्रमा तोतोरी युनिभर्सिटी हस्पिटलका डिन यासुकीसुर्कले पहिल्यै हस्ताक्षर गरेर पठाउनुभएको थियो । सम्झौता पश्चात प्रतिष्ठानका चिकित्सक, विद्यार्थीमात्र जापान नगएर उताका चिकित्सक, विद्यार्थी पनि यहााको उपचार पद्धति आदिका बारेमा अध्यन गर्न आउने
छन् । हुन् त प्रतिष्ठानले यसभन्दा अगाडि एसिया तथा युरोपका गरी झmण्डै २२ वटा मेडिकल कलेजहरुबीच सम्झौता गरिसकेको स्मरण गराउदै उपकुलपति प्रा.डा दाशले हालको सम्झौता छुट्टै र विशेष महत्व रहेको बताउनुभयो ।
राजधानी बाहिर पनि राम्रो मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नै हो भनेर तोतोरी युनिभर्सिटी हस्पिटलले सम्झौता गर्नु खुशीको कुरा हो ।
सम्झौतापछि अब जापानमा पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा हनेछ । नेपालमा
राजधानी बाहिर पनि राम्रो अस्पताल
रहेको सन्देश जानु सुखद कुरा हो । सम्झौता कति बर्षको हो र बार्षिक रुपमा प्रविधि सम्बन्धी तालिमका लागि प्रतिष्ठानबाट कति विद्यार्थी जापान जान्छन् भन्ने सवालमा सहजीकरणको भूमिका निर्वाह गर्नुभएकी एरिजा वैधले भन्नुभयो, सम्झौता पााचबषएको हुनेछ । प्रत्येक बर्ष प्रतिष्ठानबाट ५ जना विद्यार्थी तथा चिकित्सले जापानको तोतोरीमा गएर तालिम तथा प्रविधि सम्बन्धी अनुभव बटुल्ने छन् । सम्झौताले दुवै देशबीचको सहकार्यको बाटो खुलेको प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठले बताउनुभयो । यसरी जाने विद्यार्थीले आÏनै खर्च वा प्रतिष्ठानको खर्चमा जान्छन् त भन्ने सवालमा उपकुलपति दाशले भन्नुभयो यस सम्बन्धमा थप कुराकानी हुनेछ् । हामी उहााहरुलाई आग्रह पनि गर्न सक्छौं । हाम्रा विद्यार्थी तथा चिकित्सकलाई आउने जाने र त्यहाा बस्दाको खर्च व्यहोरिदिनुस भनेर । तर यो पछिको कुरा हो। अहिलेलाई सम्झौता हुन्ु नै ठूलो कुरा हो, उपकुलपति दाशले भन्नुभयो ।

तपाईको प्रतिक्रिया