रक्सीको नशामा महिलाले यसरी गरिन् बीच सडकमै तमासा, भयो ट्राफिक जाम

के महिला, के पुरुष । के वृद्ध के वौशालु । विजुलीपानीको नशाबाट कोहीपनि अछुतो रहन सक्दैन भन्ने उदाहरण एक महिलाले पेश गरेकी छिन् । हिउा पर्ने खालको ठण्डा मौसममा रक्सीको नशाले चूर भएकी एक महिला बाहिरी कपडा फुकालेर सडकमै छमछमी नाच्न थालेपछि आची गर्नेलाई भन्दा देख्नेलाई अप्ठेरो भनेजस्तो भयो । बीच सडकमै जाड्याहा महिलाले तमासा देखाउन थालेपछि सडकमा ट्राफिक जाम पनि भयो ।
घटना काजकिस्तानको हो । त्यहााको अल्मेटी सहरमा एक महिला सडकको बीचमै एक कारको अगाडि नाचिरहेको भिडियो सार्वजनिक भएको छ । महिला यसरी नाच्न थालेपछि कार चालकलाई कार अघि बढाउन अप्ठेरो भयो र उक्त कारभन्दा पछाडि सो लेनमा गुडिरहेका गाडीहरु लामै समयसम्म जाममा परे
शुन्य डिग्री सेल्सियस तापक्रममा पनि जिउका आधा कपडा फुकालेर नाचिरहेकी ती महिलाका ज्याकेट तथा पर्स सडकमै फ्यााकिएका थिए । महिला यसरी जााडको तालमा नाच्न थालेको देखेर सडकमा गाडीभित्र यात्रा गरिरहेकाहरु नै लाजले भुतुक्कै बनेर हाासिरहेका थिए । ती महिलाको सडक नृत्य प्रस्तुती तत्काल रोकिने वाला थिएन । त्यसैले ती कार
ड्राइभरले तत्कालै अर्को लेनतर्फ गाडी अगाडि बढाए ।
कार अघि बढेपछि कारको ड्यासबोर्ड क्यामराको नजरबाट ती महिला हटिन् । कारको क्यामरामा कैद भएको रक्स्याहा महिलाले बीच सडकमा गरेको तमासाको भिडियो इन्टरनेटमा खुब चाख मानेर हेरिएको छ ।

तपाईको प्रतिक्रिया