बराहद्वारा वृहत मोवाइल प्रदर्शनी

धरान/बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.तथा बराह सपिङ्ग कम्प्लेक्सको आयोजना तथा लाभा मोवाइलको प्रायोजनमा दशदिने मोवाइल प्रदर्शनी मेला शुरु भएको छ ।
बराह सपिङ्ग कम्प्लेक्स १२ औं बर्षमा प्रवेश गरेको सुखद अवसर पारी आयोजना गरिएको प्रदर्शनी मेलामा दर्जनभन्दा बढी देशमा निर्माण भएका अत्याधुनिक ब्राण्डेड मोवाइलहरु राखिएका छन् ।
प्रदर्शनीको उद्घाटन नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो भने बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिका प्रवन्ध निर्देशक पूर्ण कुमार कालिकोटेले मोवाइल मेला प्रदर्शनीका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । प्रवन्ध निर्देशक कालिकोटेका अनुसार मेलाको उद्देश्य आम उपभोक्ताले सही र सुलभ मूल्यमा विभिन्न कम्पनीका अत्याधुनिक ब्राण्डेड मोवाइल पाउन सकून भन्ने नै हो । उहााका अनुसार ग्राहकहरुले प्रदर्शनी स्थलबाट मोवाइल खरिद गर्दा ५ प्रतिशत देखि १० प्रतिशत सम्म उपभोक्ताले प्राप्त गर्न सक्ने छन् । सो अवसरमा
बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका शाखा प्रमुख मानबहादुर विक, प्रशाकीय अधिकृत गगा कालिकोटे लगायतको उपस्थिति रहेको थियो । प्रदर्शनी माघ ३ गतेसम्म चल्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया