गोरखा डिपार्टमेन्ट स्टोरका शाखाहरु पूर्वाञ्चलमा धमाधम विस्तार हुँद मोरङको विराटचौक पश्चात दोस्रो शाखाको रुपमा माघदेखि पथरीबाट ग्राहकले सेवा पाउनेै

इटहरी/आजभन्दा १७ बर्ष अगाडि पूर्वाञ्चलमै डिपार्टमेन्ट
स्टोरको अवधारणालाई स्थापित गरेको गोरखा डिपार्टमेन्ट स्टोरको दोस्रो शाखा यही माघ महिनादेखि मोरङ्गको
पथरीमा समेत सञ्चालनमा आउने भएको छ ।
झण्डै डेढ बर्ष अगाडि मोरङ्गको विराटचौकमा पहिलो शाखा सञ्चालनमा ल्याइएको गोरखा डिपार्टमेन्ट स्टोरले मोरङ्गकै पथरीमा सञ्चालनमा आउन लागेको दोस्रो शाखाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आन्तरिक सजावटलाई तिब्रता दिएको छ ।
टाढाबाट गोरखा डिपार्टमेन्टको
इटहरीस्थित मुख्यालयमा आउने ग्राहकको सुविधालाई ध्यानमा राखेर शाखा विस्तारको प्रक्रियालाई अगाडि सारिएको हो, गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले भन्नुभयो । हाल
पथरीको डिपार्टमेन्ट स्टोरमा आन्तरिक सजावट, लिÏटको कार्य अन्तिम
चरणमा पुगेको उहााले बताउनुभयो । पथरी स्थित डिपार्टमेन्ट सञ्चालनमा आएपछि गोरखाका ग्राहकहरुले सम्पूर्ण सुुविधा पथरीबाटै प्राप्त गर्नेछन्, उहााले भन्नुभयो । पछिल्लो समय नेपालमा बढ्दो सहरीकरण, ग्रामीण क्षेत्रमा समेत जनसंख्याको चाप र सर्वसाधारणमा क्रय शक्तिमा देखिएको बृद्धि आदिलाई मध्यनजर गरी डिपार्टमेन्ट स्टोरका शाखाहरु विस्तार गरिएको आचार्यले बताउनुभयो ।
पथरीको शाखा सञ्चालनमा आएपछि पथरीका स्थानीय बासिन्दाका अलावा शनिश्चरे, लेटाङ्ग, जााते,
उर्लाबारी, मंगलबारे, रमाइलो, राजघाट लगायतका स्थानका ग्राहकहरुले सेवा सुविधा पाउने भएका छन् । डिपार्टमेन्ट स्टोरका सुपर भाइजर खेम खत्रीका
अनुसार यस भेगका ग्राहकहरुले
इटहरी डिपार्टमेन्ट स्टोरबाट जे जस्तो सुविधा प्राप्त गर्ने गरेका छन् यहााबाट समेत सोही सुविधा प्राप्त गर्ने छन् । उपभोक्ताको आवश्यकता र माग बमोजिम नै हजारौ प्रकारका सामानहरु पथरीस्थित गोरखाको शाखामा रहने छन् , पथरीमा डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएपछि झापाको दमक स्थित तेस्रो शाखा केही समय पश्चात सञ्चालनमा आउने छ, खत्रीले भन्नुभयो । हाल झापाको दमक बस स्टेन्ड अगाडि
गोरखाको तेस्रो शाखाको काम तिब्र रुपले अगाडि बढिरहेको छ । सम्भवत: यही आर्थिक वर्षमा दमकको शाखा सञ्चालनमा आउने खत्रीको भनाई छ । यता गोरखाले आफ्नो चौथो शाखाको निर्माण कार्य धरानमा
गरिरहेको छ । मुलुकमा पछिल्लो पटक देखिएको राजनीतिक अस्थिरता, निर्माण सामाग्री आपूर्तिमा असहजता आदिका कारण धरानमा निर्माण भइरहेको चौथो शाखाको काम केही प्रभावित भएको भएपनि हाल निर्माण कार्य तिब्र रुपले अगाडि बढेको सञ्चालक आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया