धरान/ लामो समय देखिको पेटूोलियम पदार्थको अभावका कारण धरानबाट छुट्ने लामो दुरीका सवारी साधनहरु संचालनमा समस्या भएको छ । दैनिक रुपमा ३५ वटा लामो दुरीका सवारी साधन संचालन हुादै आएकोमा अहिले धरानबाट मुस्किलले ७ वटा सम्म मात्रै सवारी साधन संचालनमा छन् । धरानबाट छुट्ने लामो दुरीका सवारी साधन संचालन हुन् नसक्दा धरानका यात्रुहरु इटहरीबाट गन्तव्य तर्फ जान बाध्य छन् ।
४ महिना भन्दालामो समयदेखिको मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण पेटूोलियम पदार्थको आपुर्तिमा सहज नहुादा धरानका यातायात व्यवसायीले सवारी साधन संचालन गर्न समस्या भोग्दै आएका छन् । धरानबाट लामो दुरीमा संचालन हुन्े सवारी साधनहरु ग्यारेजमै थन्काउन यातायात व्यवसायी बाध्य छन् भने धरानका यात्रुहरु ईटहरी पुगेर यात्रा गर्न बाध्य छन् । सार्वजनिक सवारी साधनका लागि सरकारले पेटूोलियम पदार्थ वितरणमा कोटा सिस्टम लागु गरेको थियो । संघ मार्फत आउने पेटूोलियम पदार्थ पनि पर्याप्त मात्रामा नपाईने भएकाले सवारी साधन संचालनमा समस्या हुादै गएको लामो दुरीमा चल्ने सवारी साधनका मजदुरहरुको गुनासो छ ।
सामान्य अवश्थामा धरानबाट दैनिक जसो ३५ वटा गाडि काठमाडौं, पोखरा, नेपालगञ्ज लगायतका पश्चिम क्षेत्रका लागि छुट्ने गर्दथे । अहिले मुस्किलले ७ वटा गाडिमात्रै छुट्ने गरेका छन् । अहिले सम्म भारतको सिलगुडि बाट ब्लायक खरिद गरि ल्याएको डिजल प्रयोग गरि सवारी साधन संचालन हुादै आएको थियो । तर ब्लायाकमा खरिद गरिएको डिजेलमा मिसावट भएकाले सवारी साधननै बिग्रने समस्याका कारण लामो दुरीका सवारी साधन संचालनमा कमी आएको न्यु कोशी बस यातायात प्रालिका कार्यकारी अध्यक्ष हिरा उदासले बताउनुभयो ।
पेटूोलियम पदार्थको अभाव र ब्लायाकमा डिजेल खरिद गर्नु पर्ने बाध्यताका कारण यात्रुहरु पनि मारमा परेका छन् । सरकारको दर अनुसार काठमाडौं जाने भाडादर १२ सय ५० रुपैया भए पनि १५ सय रुपैया सम्म भाडा तिर्न यात्रुहरु बाध्य छन् । पेटूोलियम पदार्थको अभावले यातायात व्यवसायी संग यात्रुहरु पनि मारमा परिरहेका छन् । धरानमा दैनिक जसो ३२ हजार लिटर सम्म डिजेलको खपत हुन्े गरेको छ । तर नेपाल आयल निगमले ५ वटा पेटूोल पम्पमा ५ हजार लिटरको दरले डिजेल दिने गरेको छ । तेल थोरै आउने भएकाले लामो दुरीका सवारी साधनलाई तेल वितरण गर्न नसकीएको अरुण पेटूोल पम्पका संचालक गोपाल श्रेष्ठको भनाई छ ।
पेटूोलियम पदार्थको आपुर्तीमा कमी आउादा लामो दुरीका यात्रुहरुको टिकट फिर्ता गर्नु पर्ने अवश्था रहेको छ । पहाडी क्षेत्रबाट धरान हुादै काठमाडौ जाने यात्रुहरु बिच बाटोमै अल्मलिनु परेको छ । करिब दुई महिना देखिको पेटूोलियम पदार्थको अभाब भईरहदा पनि नेपाल आयल निगमले अभाव पुर्ति गर्न कुनै ठोस कदम चाल्न सकेको छैन् । निगमकै नालायकी पनकै कारण पेटूोलियम पदार्थको अभाव भोग्नु परेको पम्प संचालकहरुको गुनासो छ ।
