इटहरी/सम्पत्तिको प्रलोभनमा आफ्नै भाइको हत्या गरी राजैतिक संरक्षणका आधारमा प्रहरी कारबाहीबाट उम्कदै आएका सुनसरी खनारका रमेश काफ्लेलाई दुईबर्षपछि भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेपछि मृतक रमेशकी श्रीमति ममता काफ्लेले बल्ल न्याय पाउने भएकी छन् ।
न्यायका लागि मृतकी श्रीमति ममताले इलाका प्रहरी कार्यालय इटहरीमा आफ्नै जेठाजु रमेश विरुद्धमा हत्या लगत्तै किटानी जाहेरी दिएकी थिइन्् । सुभाषको २०७० साल मंसिर ४ गते पासविक ढंगले हत्या गरिएको ्िथयो । दोस्रो संविधानसभाको निर्वाचन हुनु भन्दा दुई दिन अगाडि सुभाषले भाइ रमेशलाई धरान जानुपर्ने भएको भन्दै सागै ल्याएर हाासपोसाको पानीपिया जंगलमाथि ल्याई हत्या गरी मट्टितेल छर्केर जलाएका थिए । यस कार्यमा उनले आफ्नै गाडी चालक नरेश चौधरी र माओवादीका पूर्व लडाकु झापा शान्ति नगर २ का २५ बर्षीय
राहुल भनिने रवि भट्टराईको सहयोग लिएका थिए ।
प्रहरीले यसभन्दा अगाडि रमेश काफ्लेलाई पक्राउ गरेपनि प्रमाण अपुग भएको भन्दै छोडेको थियो । रमेश आफै पनि माओवादी निकट भएकोले प्रहरीले माओवादी दबाबकै कारण पनि
कारबाही अगाडि बढाउन सकेको थिएन । इलाका प्रहरी कार्यालय इटहरी र क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले पक्राउ गरी शनिवार काफ्लेलाई सञ्चारकर्मीबीचमा सार्वजनिक गरेको थियो । प्रहरीले यसभन्दा अगाडि नै चालक चौधरी र माओवादी पूर्व लडाकुलाई पक्राउ गरी मुद्धा चलाएको थियो । हाल उनीहरु अदालतको आदेशमा पुुर्पक्षका लागि थुनामा रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीका अनुसार चौधरी र भट्टराईको बयान र अन्य प्रमाणका आधारमा पनि सुभाष हत्याका मुख्य योजनाकार रमेश नै भएको पुष्टि भएको बताउनुभयो । उहााले भन्नुभयो रमेश इलाका प्रहरी कार्यालय इटहरी र क्षेत्रीय प्रहरी कार्यालयको मोष्ट वान्टेड सूचिमा रहेका थिए । प्रहरीको सार्वजनिक कार्यक्रममा रमेशले भाइको हत्या आफूबाट भएको स्वीकारेका थिए । यहा स्मरणीय कुरा के छ भने सुभाषको हत्या भएको समयमा सञ्चारकर्मीले
रमेशको नाम मुछ्दा पनि
सञ्चारकर्मीलाई काफ्लेले मार्ने धम्की दिएका थिए ।
