धरान/राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि स्थापना कालदेखि नै संघर्ष गर्दै आएको देशकै सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली कााग्रेसको १३ औं महाधिवेशन जति जति निकट आउादैछ त्यति त्यति वडा, गाउा, नगर, क्षेत्र र जिल्लाको नेतृत्व हत्याउन कार्यकर्ताको सक्रियता बढ्न थालेको छ ।
यसभन्दा अगाडि पटक पटक महाधिवशेन मिति तोकिएतापनि असहज राजनीतिक अवस्था, केन्द्रको तयारीको अभाव, सक्रिय सदस्यता नविकरणमा विवादजस्ता कारणले १३ औं महाधिवेशन पर सर्दै आएको थियो । पटक पटक महाधिवेशन सार्दै जाादा पार्टीको वैधानिकता माथि नै प्रश्नचिन्ह खडा हुन सक्ने अवस्था देखिएपछि यसपटक तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने चुनौति देखिएको छ ।
कथंककदाचित मुलुकको राजनैतिक घट्नाक्रममा असमान्य अवस्थाको सिर्जना नभएमा नेपाली कााग्रेसको १३ औं महधिवेशन आगामी फाुगन २० गतेदेखि काठमाण्डौमा हुने निश्चित प्राय: भएको छ । त्यसभन्दा अगावै वडा, गाउा, नगर, क्षेत्र र जिल्लाको अधिवशेन सम्पन्न गरिसक्नुपर्ने भएको छ । १३ औं महधिवेशनको झण्डै दुई महिना बााकी छादा सुनसरी क्षेत्र नं. १ का नेता तथा कार्यकर्ता नगर र क्षेत्रको नेतृत्व पकडमा पार्न बाक्लै दौडधुपमा लागेका छन् । सुनसरी क्षेत्र नं. १ मा पुराना १ हजार २ सय ५० र नयाा १ हजार ४ सय गरी २ हजार ६ सय ५० जना सक्रिय सदस्य रहेका छन् । नेपाली कााग्रेसका जिल्ला सचिव केदार भण्डारीका अनुसार जिल्लामा नयाा र पुराना गरी यसपटक ११ हजार सक्रिय सदस्यहरुले मतदान गर्नेछन् । उनका अनुसार क्षेत्र नं. १ मा अन्य क्षेत्रको तुलनामा सक्रिय सदस्य संख्या ज्यादा रहेको छ ।
जेहोस् सुनसरी क्षेत्र नं. १ मा नगर र क्षेत्रको नेतृत्वका लागि हालसम्म पााचजनाले सक्रियता बढाएका छन् । माघ १५ गते गाउा वडा, नगर वडा, नगर र गाउाको अधिवेशन हुादैछ भने माघ २२ गते क्षेत्र र २५ गते जिल्ला अधिवेशन हुने भएको छ । सुनसरीमा अन्य क्षेत्रको तुलनामा सुनसरी क्षेत्र नं. १ सबैको चासोको रुपमा देखिएको छ । धरान नगर सभापतिका लागि वर्तमान सभापति किशोर राई र अर्का प्रत्यासी तिलक राईबीच नै प्रतिष्पर्धा हुने देखिएको छ । नगरका यी दुई उमेद्वार तिब्र दौडधूपमा देखिन्छन् । यद्यपि यी दुईमध्ये निवर्तमान अध्यक्ष किशोर राईकै पल्लाभारी रहेको मतदाताहरुको ठम्याई छ । धरान ८ का एक सक्रिय सदस्य भन्छन् हामीले नगर सभापतिमा किशोर राईको विकल्प देखेकै छैनौं । नगरको विकास, कार्यकर्तामा प्रभाव र सक्रियता जस्ता कुराहरुको मुल्याकन गर्दा चुनावी रेसमा किशोर राई अगाडि छन् । यस सम्बन्धमा हामीले दोस्रो कार्यकालका लागि सशक्त प्रत्यासी मानिएका राइासंग सम्पर्क गर्दा उहााले भन्नुभयो नगरका साथीहरुको आग्रहमा मैले दोस्रो पटक उमेद्वारी दिएको हुा । तपाईका चुनाव एजेन्डा के–के छन् त भन्ने सवालमा उहााले भन्नुभयो पार्टीलाई एकजुट बनाएर सशक्तढंगले अगाडि बढ्नु नै हो । नगर र क्षेत्रका बीचमा यस भन्दा अगडि सधैजस्तो देखिने तिक्ततालाई हाटाई स्थानीय निर्वाचन जसरी पनि जित्ने ढंगले संगठन विस्तार गर्ने, नगरको समानुपातिक विकासमा जोड दिनु नै हुने छ । यसैसम्बन्धमा हामीले नगर सभापतिका अर्का प्रत्यासी तिलक राईसाग सम्पर्क राख्दा उहााले भन्नुभयो यस सम्बन्धमा बसेर गफ गर्नुपर्ने हुन्छ । कोही कार्यकर्ता विरामी भएर बीपीमा ल्याएकोले यस सम्बन्धमा कुनै कुरा गर्न नसकिने उहााले प्रष्ट पार्नुभयो ।
उता माघ २२ गते हुने क्षेत्रीय अधिवेशनका लागि सुनसरी क्षेत्र नं. १ मा तीनजना प्रत्यासी देखिएका छन् । मदन ढकाल, सुरेशमान श्रेष्ठ र सुजेन्द्र तामाङ्ग क्षेत्रीय सभापतिको दौडधूपमा लागेका हुन् । मदन ढकाल पञ्चायतको दमनबाट समेत विचलित नभई संघर्ष गर्दै आएका, नेपाल विद्यार्थी संघलाई
धरानमा जन्माउने, निष्कलंकित व्यक्तिका रुपमा धरानेमाझ परिचित हुनुहुन्छ । यस भन्दा अगाडि नगर सभापतिमै प्रत्यासी बन्ने सोच बनाउनु भएका ढकाल एउटा इमान्दार र जुझारु कार्यकर्ता समेत हुनुुहुन्छ । साथीहरु बीचको व्यापक छलफल, अन्तरक्रियापश्चात उहााले क्षेत्रीय सभापतिमा उमेद्वारी दिने घोषणा गर्नुभएको हो । संस्थापन पक्षका मानिनु हुने ढकालले यतिबेला नेपाली कााग्रेसका नगर सभापति किशोर राईसाग मिलेर संयुक्त रुपमा पार्टी अफिस समेत खोलिसक्नु भएको छ । स्वयम् ढकालभन्दा पनि यस क्षेत्रका नेता कार्यकर्ता ढकालको क्षेत्रीय सभापति निर्वाचित हुन्े कुरामा ढुक्क छन् । यसै सम्बन्धमा हामीले ढकाललााई तपाईका चुनावी एजेन्डा के के छन् त भन्ने जिज्ञासा राखेका थियौं । प्रत्युत्तरमा उहााले भन्नुभयो पार्टी एउटै भएपनि नगर र क्षेत्रमा सदैव विभेद देखिदै आयो । यसले संगठनलाई कमजोर बनाएको महसुस मैले गरो । म निर्वाचित भएपछि पार्टीभित्र यो अवस्था रहन दिन्ना । भेलि संघीयतालाई समेत हामीले ध्यान दिएर नगर क्षेत्रको सम्बनधमा सुमधुर बनाउनु आवशयक छ । यसैका लागि पनि मैले उमेद्वार हुने निर्णय साथीहरुको आग्रहमा गरेको हुा ।
ढकालले आफ्ना अन्य प्रतिष्पर्धीका बारेमा कुनै नकारात्मक टिप्पणी गर्न चाहनु भएन । उहााले भन्नुभयो सुरेशमान श्रेष्ठसाग चुनावसम्म मात्र मेरो प्रतिष्पर्धा हो । त्यसपछि पार्टीलाई मजबुत बनाउन सहकार्य गरेर अगाडि जानुको विकल्प छैन। यता ढकालको प्रतिष्र्धीको रुपमा देखिनु भएका सुरेशमा श्रेष्ठ भन्नुहुन्छ पार्टीको नाम भाजाएर संगठन मजबुत बनाउने भन्दा पनि व्यक्तिगत लाभका लागि हिड्नेहरुको अन्यका लागि आफूले उमेदवारी दिएको हुा । पार्टीको नियमावली र विधानलाई सबैले मान्नुपर्छ । अहिले यहाा पार्टीभित्र देखिएको अराजकता पार्टीका विधान र नियमावलीलाई नमानेर नै हो । यस सम्बन्धमा अर्का प्रत्यासी सुजेन्द्र तामाङ्गसाग सम्पर्क राख्दा समपर्क हुन सकेन ।
