नेपालीहरु अत्यन्तै भद्र, शालिन र संयमित हुन् । अन्यथा नपालीहरुलेजुन कष्ट हाल व्योहोरेका छन् त्यो अन्य देशका नागरिकले झेल्नु र व्यहोर्नु परेको भए त्यस देशका शासकहरुले भाग्ने बाटो समेत पाउने थिएनन् ।
विगत चार महिनादेखि मध्यमवर्ग र निम्न वर्गका नेपालीहरुले अत्यावश्यकीय वस्तुको चरम अभाव बीचबाट गुज्रनुपरेको छ । अदुरदर्शीर विवेकहीनहरुको हातमा राज्इसत्ता पुगेपछि निम्न वर्ग र मध्यमवर्गका मानिसहरुको दैनिकी डावाडोल हुन्छ । यो नेपालको वर्तमान परिदृश्य हो । यसमा सम्भ्रान्त परिवार जो सत्ताको निकट छ । मुलुकमा खडेरी परेपनि उसलाई वास्ता छैन, अतिवृष्टि भएपनि उसलाई वास्ता छैन । उसकै दैनिकीमा कुनै असर पर्दैन, उसका आम्दानीका स्रोतहरु घट्नुको सट्टा झन–झन बढ्दै जान्छ ।
मधेश आन्दोलनलाई बहानाबाजी गरेर सरकार आफै तस्करीमा लागेको छ । भारतको विरोध गर्नुलाई राष्ट्रवाद ठान्ने र त्यही स्याल हुइय्याामा नेपाली जनतालाई भ्रममा पारेर सरकार आफ्नै नागरिकसाग कालोबाजरु गरिरहेको छ । आÏनै नागरिकलाई ब्लाकमा जब सरकारले समान विक्री गर्न थाल्छ त्यो देश न कहिल्यै समृद्धि बन्छ न त्यहाा सुशासन कायम हुन सक्छ । मधेशवादी दलसाग विगतमा
सरकारले गरेका सम्झौता कार्यान्व्यन गरी स्थिर र शान्त देशको परिकल्पना गर्नेतर्फ ओली सरकारले देखिाएको उदाशीनता दुर्भाग्यपूर्ण हुनसक्छ । मधेशवादी दलसाग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गरी स्थिर र शान्त देशको परिकल्पना गर्नेतर्फ ओली सरकारले देखाएको उदाशीनता दुर्भाग्यपूर्ण हो । मदेशवादी दलको आन्दोलनलाई बहानाबाजी गरेर आÏनो हैसियत विर्सेर भारतसाग कटुता उत्पन्न गर्नुले भविष्यमा मुलुकले कुनै भयानक दुर्घनाको सामाना गर्नुपर्ने अवस्था आउन सक्छ । कसैसाग कटुता मोल्नु अगाडि आफ्नो हैसियत समेतलाई ख्याल गर्नुपर्छ ।
आज मधेश आन्दोलनकै कारण भारतबाट आपूर्ति व्यवस्थामा तलमाथि पर्दा नेपाली नागरिक अस्तव्यस्त भएका छन् । राज्यले अरबौ राजस्व गुमाउनु परेको छ । इन्धन, ग्याास, औषधि, खाद्यान्न लगायतका वस्तुबाट सर्वसाधारणले बञ्चित हुनुपरेको छ । नेपाल आसम्म राज्य हुनुको सार्थकता नै देखिएन । राज्यले नागरिकका लागि आत्याववश्यकीय आवश्यकता नुन र तेलको समेत व्यवस्था गर्न सकेको रहेनछ । नुन र तेलको व्यवस्था गर्न नसक्ने सरकारले कुन हैसियतले आफ्ना नागरिकमाथि शासन गरिरहेको छ ? तर नैतिक हराम भएपछि यो सब सम्भव हुादो रहेछ । आज नेपाली नागरिकले आफ्ना दैनिक आवश्यकता कालो बजारीबाट परिपूर्ति गर्नुपरेको छ । साविक भन्दा बढी मूल्य तिर्दा यहाा सबै आवश्यक सामाग्री सहज ढंगले उपलब्ध हुन्छन् । यस काममा सरकारका प्रनिनिधि, उच्च पदस्थ कर्मचारी, आपराधिक समूह, राजनैतिक दलका नेता, तिनका संरक्षणमा बााचेका कार्यकर्ता सबैको संलग्नता छ ।
ओली सरकारबाट नेपाली जनताले जुन आशा र अपेक्षा नेपाली जनताले गरेका थिए त्यो आडम्बरीमा परिणत भएको छ । विगतमा सरकार सञ्चालन गर्नेहरुको हैसियतसमेत ओलीले कायम गर्न सकेनन् । ओलीको कार्यकालm जति लम्बिदै जान्छ नेपाली जनताले आषधि समेत खान नपाएर मर्नुपर्ने अवस्थाको सिर्जना हुादै जान्छ । विगत तीन चार महिनामा भ्रष्टाचारको प्रसंग कोट्याउादा त्यसले आङ्गै सिरिङ्ग बनाउाछ । स्थानीय निकायदेखि राज्यका हरेक अंगमा विना लेनदेन कुनै काम हुादैन । यसमा प्रत्यक्ष–अप्रीत्यक्ष, परोक्ष–अपरोक्ष रुपमा सत्तासीन दलकै नेता कार्यकर्ता विचौलियाका रुपमा देखिन्छन् । राज्यका कुनै पनि निकाय वा अंग भ्रष्टाचारबाट अलग वा पृथक देखिदैननन् । कालो बजारी र भ्रष्टाचारमा माथिदेखि तलसम्म सेटिङ्ग भएको छ । अहिलेसम्म नेपाली जनताले यी सबै कुरालाई सहन गर्दै आएका छन् । सरकारले नेपाली जनताको सहनशीलतालाई कमजोरी ठानेको भए त्यो गलत हो ।
