धरान, / पछिल्लो समयमा आफ्नो जातीय संरक्षणका लागि वहुभाषित विद्यालयहरु खुल्ने क्रमले निरन्तता पाएको छ ।
यसै क्रममा इलाम जिल्लाको चुलाचुली गाविस वडा नं १ कमलमा समेत त्यहाका अग्रज, शिक्षाप्रेमी तथा बुद्धिजीविहरुको प्रयासमा खोलिएको फाल्गुनन्दा लाफायङ वहुभाषित पाठशालाको विहीबार संविधानसभाका पूर्व सभाध्यक्ष सुभाष नेम्वाङले विधिवत रुपमा उद्घाटन गर्नुभयो ।
विश्व विद्यालयको अवधारणा बोकेर निर्माण भएको किरात लिपी पढाइने हुने यस विद्यालय निर्माणमा फाल्गुनन्द नोमाङमेना सेवा संघको सक्रियतामा त्यहाका बुद्धिजीवि, समाजसेवी, शिक्षाप्रेमीले २५ लाख बराबरको ९ कट्ठा जग्गा दान गरेका थिए । युएन कलेज धरानका प्रिन्सिपल समेत रहनु भएका फाल्गुनन्द सेवा नोमाङमेना सेवा संघका अध्यक्ष डम्बरकुमार तुम्फाफोको सक्रियतामा यो विद्यालय निर्माण भएको हो । उहाले ३ लाख बराबरको ११ धुर जग्गा दिएपछि नगद तथा जग्गादाताहरुको अइरो लागेको हो ।
शुरुमा लिम्बु भाषाको लिपी पढाइ हुने यस विद्यालयमा विगतमा अन्य भाषालाई समेत विश्वविद्यालयको स्वरुप दिने बताउनुभयो ।
हाललाई प्राथमिक शिक्षा पढाइ हुने यस विद्यालयको हाल दुई कोठाको भवन निर्माण भएको छ ।
सरकारी सहयोग विना यहाका महानुभावहरुको सक्रियतामा वहुभाषित विद्यालय निर्माण हुनु अत्यन्तै गौरान्वित भएको संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले बताउनुभयो ।
उहाले राज्य सञ्चालकहरुले
राज्यकोषको भरपुर दुरुपयोग गर्दा समेत यस्ता विद्यालयहरुलाई सहयोग गर्न नसक्नु विडम्बना भएको
बताउनुभयो ।
विद्यालयको सम्बन्धमा संविधानसभाका पूर्व अध्यक्ष सुभाष नेम्बाङले सरकारसंग सहयोग गर्न आग्रह गर्ने प्रतिबद्धता जनाउनुभएको थियो भने पिण्डेश्वर विद्या पिठका प्राचार्य भीम आचार्यले सबै जातजातिले आफनो भाषा, संस्कृति जान्ने अधिकार भएकोले यो पाठशालाले नौलो आयाम ल्याउने बताउनु भएको थियो ।
सर्वसाधारणले समेत यस्ता वहुभाषित विद्यालय निर्माण सबै जातजातिको भाषा, लिपी, संस्कृति जगेर्ना हुने अपेक्षा राखेका छन् ।
त्र
