गोविन्द बस्नेत
मोरङ्ग/नेपालमा पर्यटनको सम्भावना प्रसस्त रहेका छन् । पर्यटकलाई लोभ्याउने ठाउहरु समेत प्रसस्त रहेका छन् । यति हुदाहुदै पनि सम्भावना बोकेको यस्ता स्थानको प्रचारप्रसार नहुनु र राज्यले समेत यस्ता स्थानलाई प्राथमिकतामा राखेर काम गर्न नसक्दा यस्ता स्थानहरु ओझेलमा परेका छन् ।
पाचथर, धनकुटा, मोरङ र सुनसरीको सीमाना भएको जेफाले होम स्टे
आन्तरिक तथा वाह्य पर्यटकको लागि अन्तयन्तै मनमोहन स्थान भए पनि त्यस स्थानमा सोचेजस्तो पर्यटक जान नसक्दा स्थानीय स्तरबाट नै पर्यटक स्थलको रुपमा परिचित गराउन स्थानीयहरु लागि परेका छन् ।
मोरङ जिल्लाको सिहदेवी गाविसमा पर्ने जेफालेको भ्यु टाउमा पुग्दा जो कसैलाई दोहोर्याएर जानै मन लाग्छ भने त्यहाका होम स्टेले समेत पर्यटकलाई लोभ्याउने गरेको छ ।
तर पनि यसलाई होम स्टेको रुपमा विकास गर्न यहाका स्थानीयहरुले जेफाले पर्यटन विकास समिति गठन गरी यसको विकासका लागि लागिपरेका छन् ।
डिल्लीराम शर्मा अधिकारीको अध्यक्षतामा गठित समितिले त्यहा भएका रमणीय स्थलको बारेमा आन्तरिक तथा वाह्य पर्यटकलाई जानकारी गराउने काम समेत गर्दै आएका छन् ।
सिंहदेवी गाविस वडा नं. ५ मा पर्ने यस स्थानको प्रमुख आकर्षणको रुपमा पूर्वको १६ जिल्लाको दृश्यावलोकन गर्न निर्माण गरिएको भ्यु टावर, झुल्किदै
गरेको सनराइजको दृश्वालोकन, विभिन्न हिमाललगायत, तराइको समथर भूमाग र चुरे पहाडको समेत दृश्वालोकन गर्न सकिन्छ । भने ३ सय ५० रोपनी जग्गामा लगाइएको चिया वगान समेत यहाको आन्तरिक तथा वाह्यलाई लोभ्याउने
गरेको समितिले जानकारी दिएको छ ।
यसको विकासका लागि ५ वटा होम स्टे पर्यटन कार्यालय काकडभिटामा दर्ता गरिसकेको समितिका अध्यक्ष एवम् पूर्व गाविस अध्यक्ष डिल्लीराम शर्मा अधिकारीले जानकारी दिनुभयो । उहाले यातायात, भौतिक पूर्वाधार तथा सुरक्षाको प्रवन्ध भइदिने हो भने यो क्षेत्रले पर्यटनको विकासमा ठूलो योगदान पुर्याउने बताउनुभयो ।
विगतमा धेरै पर्यटक आउने भएपनि भारतले गरेको नाकाबन्दीका कारण अहिले भने कम पर्यटक आउने गरेको उहाको भनाई छ ।
प्रचारप्रसारको कमीले बाह्य भन्दा पनि आन्तरिक पर्यटक बढी आउने गरेको समितिका सचिव भीम ठकुरले बताउनुभयो । घुम्नको लागि बार्षिक हजारौ मानिस आउने भएपनि बासस्थानकै लागि भने बार्षिक ५ सय जति आउने गरेको बताउनुभयो ।
घरमै सञ्चालन गरिएको यस्ता ५ वटा होम स्टेमा आउने पाउनाहरुलाई स्थानीय परिकारको स्वाद चखाउनुका पीरा, गुन्द्री जस्ता स्थानीय स्तरमा बनेका सामाग्री बढी प्रयोग गरिएको समितिले जानकारी दिएको छ ।
धरानदेखि ५० किमी उत्तर पश्चिममा पर्ने यस स्थानमा उनीहरुले स्थानीय स्तरबाट मात्र केही गर्न असम्भव भएकोले राज्यस्तरबाट समेत यसको प्रचारप्रसार र यहा चाहिने भौतिक सामाग्री, सहज यातायात गर्ने व्यवस्था, सुरक्षाको व्यवस्था गरिदिन माग समेत गरेका छन् ।
