राजेश अग्रवाल । समाजसेवा र व्यवसायमा संलग्नहरुका लागि मात्र नभएर राजनीतिमा लागेकाहरुका लागि समेत सुपरिचित नाम हो, राजेश अग्रवाल । सुनसरीको पकली गाविसमा जन्मिएर वि.सं. २०४० सालदेखि
इटहरीलाई कर्मथलो बनाउदै आउनु भएका अग्रवाल दर्जनौ सामाजिक संघ संस्थामा आवद्ध रहनु भएको छ । इटहरीलाई नै कर्मथलो बनाउदै आएका अग्रवाल हाल नि:साय बालबालिका केन्द्रको १८ बर्षदेखि निरन्तर कोषाध्यक्ष, इटहरी रोटरी क्लबको पूर्व अध्यक्ष, मारवाडी सेवा समितिको निवतर्ममान अध्यक्ष, नेपाल कोइला व्यवसायी संघका राष्ट्रिय अध्यक्ष, श्याम भक्त परिवारको इटहरीका अध्यक्ष, इटहरी जेसिसको पूर्व उपाध्यक्ष, नेपाल तरुण दल इटहरी नगर समितिका पूर्व कोषाध्यक्ष रहनु भएको थियो ।
मारवाडी समुदायका भएर पनि इटहरी नगरपालिकाको स्थानीय निर्वाचनमा वडा अधयक्ष पदमा नेकाबाट प्रत्यासी बन्नुभएको थियो । उहाा त्यसबेला अत्यन्तै थोरै मतले पराजित हुनु भएको थियो । वि.सं. २०३६ सालदेखि नै राजनीतिमा रुचि राखदै आउनु भएका अग्रवाले व्यवसायी भन्दा पनि समाजसेवाका रुपमा आफ्नो छाप छोड्नु भएको छ । उहाासागै व्यवसाय सञ्चालन गर्नेहरु आज अग्ला महल र चिल्ला गाडीमा सवार हुन्छन् । तर उहााले एक बर्ष अगाडिमात्र इटहरी बजार भन्दा केही दक्षिण एउटा सानो छानाको जोहो गर्नुभएको छ । अग्रवाल भन्नुहुन्छ, व्यवसायलाई मात्र प्राथमिकता दिएको भए म पनि अन्य साथी सरह व्यवस्थित हुने थिएा । तर मैले सम्पति भन्दा पनि साथी कमाएा, समाजसेवाका माध्यमबाट राजेश अग्रवाललाई इटहरीमा स्थापित गराएा यो नै मेरो सम्पत्ति हो ।
मुलुकको वर्तमान अवस्थाप्रति अग्रवाल अत्यन्तै चिन्तित समेत हुनुहुन्छ । एकसय सात दिनदेखि मधेश
तराईमा जारी आन्दोलनले समग्र मुलुकको जनजीवन अस्तव्यस्त हुादा पनि सरकार आडम्बरी भएकै कारण निकास निस्कन नसकेको उहााको ठम्याई छ । सरकार नागरिकका यावत समस्याप्रति संवेदनशील देखिएन ।
नागरिकका आधारभूत आावश्यकता र बााच्न पाउने अधिकार नै सरकारले सुनिश्चित गर्न सक्दैन भने त्यस्तो
सरकारको औचित्य नहुने अग्रवालको कथन छ । उहाा भन्नुहुन्छ यो असहज अवस्थामा सरकार आफै कालो बजारीलाई प्रोत्साहन गर्ने धन्दामा लागेका छन् । जनतामा भ्रम सिर्जना गर्दे छ । बोलीमा यथार्थता र कडा ओकल्ने तर व्यवहारमा अत्यन्तै सहयोगी र मिलनसार अगवालसाग यसपटक हामीले मुलुकको हालको अवस्थाका बारेमा केन्द्रित रही वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप :
द्दतपाई एउटा व्यवसायी मात्र नभएर एउटा समाजसेवी र सचेत नागरिक पनि हुनुहुन्छ । तपाईले नेपालको राजनीतिक अवस्थालाई कसरी मुल्यांकन गर्नुभएको छ ?
–अहिले भारतले नेपालमा अघोषित नाकाबन्दी गरेको र मधेशी मोर्चाको आन्दोलनका सम्बन्धमा मेरो आÏनै साच र धारणा छ । वास्तवमा भन्ने हो भने सीमा नाका सहज अवस्थामा हुादा जति पनि सामान आइरहेको थियो । सहज हुादा जोगबनी नाकाबाटबात्र सैयौ ट्यांकर डिजल, पेट्रोल, ग्याासका बुलेट आएको
छ । मधेशीहरुले आन्दोलन चर्काउादा असहज भन्दै स्वयम् ट्यांकरहरु आउन सकेका छैनन् । यसमा सरकारले सुरक्षाको व्यवस्था गर्नुपर्छ । अर्को कुरा मधेशीले उठाएका मागका सम्बन्धमा उनीहरुलाइ के के दिन सकिन्छ, के के दिन सकिदैन, यसमा सरकारले चाडै निर्णय गर्नुपर्छ , ढिलो गर्नु हुादैन । उनीहरुले उठाएका जायज माग पूरा गर्नुपर्यो । यसो गर्दा जनताका दैनिकी सहजीकरण हुन्छ । मधेशीको आन्दोलन जारी छ । सरकार वार्ताको नाटक मात्र गर्छ, उसले कुनै चासो लिएको देखिदैन । यदाकदा भएका वार्ता पनि विषय वस्तुमा प्रवेश नै नगरी चिया विस्कुट खाएर सकिन्छ । वार्ता निर्णायक हुनुपर्छ ।
द्दकिन यसो भइरहेको छ त ?
–पीडा जसलाई भएको हुन्छ त्यसैलाई थाहा हुन्छ । यस्ता अनिर्णित वार्ताले मुलुकले निकास पाउादैन । यहाा त जनताले दु:ख पाएका छन् । मन्त्री, सांसद, सरकारका सचिव, उच्च पदस्थ कर्मचारीहरुले आन्दोलनको पीडा भोगेकै छैनन् । उनीहरुलाई मधेश आन्दोलनले केही असर पारेको छैन । उहााहरुको घरमा ग्याासको चुलो बलेको छ, उनीहरुका गाडी दौडिएका छन् । कुनै कुराको अभाव छैन । यसबाट प्रत्यक्ष र परोक्ष रुपमा नेपाली जनता मारमा परेका छन् । नेपालको आज जुन अवस्था छ त्यसप्रति नेपाली जनतलो ठूलो सहन गरेर बसेका छन् । तर सधै यो अवस्था
रहादैन । एकदिन जनता सरकारका विरुद्धमा विस्फोटन हुन्छन् । हामी नेपालीहरु धेरै सहनशील छौं । जनताले अहिलेसम्म सहनीशिलता देखाएका छन् । यसलाई सरकारले जनताको कमजोरी र आफूलाई समर्थन गरेको नबुझे हुन्छ । उता
भारतले अघोषित नकाबन्दी गरेको भन्ने हौवा फिजाइदिएको छ । भारतले त्यस्तो गरेको भएपनि त्यो गलत हो । एउटा मित्र राष्ट्रको हिसाबले पनि त्यो गलत
छ , यसलाई अझ मलजल गर्ने काम हाम्रा नेता, सरकारमा बसेकाहरुको व्यवहार मुख्य कारक हो । हाम्रा नेता, सरकार बोल्दा बोल्दै अलि ज्यादा बोल्छन् । उनीहरु बोल्दा बडो संयमता अपनाएर बोल्नुपर्छ । विद्यार्थी नेताले मञ्चमा जथाभावि फलाके जस्तो जिम्मेवार पक्षबाट बोल्न मिल्दैन । नेताको बोलीले देश र विदेशमा समेत महत्व राख्छ । अब हेरौ न एमाओवादीका अध्यक्ष प्रचण्डले एक ठाउामा बोल्दा भारतले दिएन भने साइकल चढ्छौं भने । त्यसरी बोल्न मिल्दैन । आज सम्म किन प्रचण्डले साइकल नचढेको ?
द्दअहिलेसम्म कुनै नेताले साइकल चढे त ?
–के चढ्थे । जनताको आगडि थपडी खाना साइकल चढ्छौं भन्ने तर पजेरो छाडेका छैनन् । उहााका गाडीहरुलाई तेलको अभाव भएको छैन । उहााहरुका परिवार र आफन्तको गाडीमा पनि तेलको कमी भएको छैन । जनतालेचाहिा पाऊन कि नपाऊन केही मतलब छैन । दश दिनमा लाइन लागेर ५ लिटर तेल बल्लतल्ल दिन्छ । यहाा भन्दा अराजकता के हुन्छ ।
द्दसहज अवस्थाको तुलनामा नाकाहरुबाट तेल आउन सकेको छैन । तर आएका तेल पनि सर्वसाधारणले पाएका छैनन् । सबै राजधानी लगिदै छ । यसबेला सरकारकै संरक्षणमा एक प्रकारका माफियाहरुले धन्दा चलाएका छन् भनिदैछ । यसमा तपाई के भन्नुहुन्छ ?
–तेलमा अहिले धेरै ठूलो माफिया लागेका छन् । तेल नाकाहरुबाट आइरहेकै देखिन्छ । यो तेललाई वितरण गर्ने तरिका ठीक छैन । सरकारको स्थानीय संयन्त्रले माफियाहसागको मिलेमतोमा कुपन काटिन्छ । तर त्यो कुपन सदुपयोग भएको छैन । त्यो विक्री हुन्छ । अर्को कुरा आयल निगमले नै आफ्ना नजिककालाई पैसा लिएर वितरण गरिरहेको छ । किन उनीहरु माथि कारबाही हुादैन । हाल भारतबाट पूर्वाञ्चलमा मात्र तस्करीबाट १० करोडको तेल दैनिक आइरहेको छ । त्यो तेल ब्लाकमा किनेर हामीले आफ्ना गाडी कुदाइरहेका छौं । हामीलाई
सरकारबाट कुनै प्रकारको राहत छैन । सरकारले तेल दिन्छ भन्ने कुरा नसोच ेपनि हुन्छ अब । जनताका नाममा भाषण गरेर मात्र हुादैनन । पूर्वको कााकडभिट्टा नाकामा गएर हेर्दा थाहा हुन्छ । अहिले त्यस नाकाबाट तेलको व्यापार मात्र भइरहेको छ । अरु कुनै किसिमको व्यापार भएको छैन । मान्छे बोक्ने
रिक्साले मान्छे बोक्न छाडे, सब्जी बेच्नेले सब्जी बेच्न छाडे, चटपटे बेच्नेले चटपटी बेच्छ छाडे, एम्बुलेन्सले विरामी बोक्न छाडे, यात्रुवाहक बसले यात्रु बोक्न छाडे र सबै तेल व्यापारमा लागेका छन् । अहिले उनीहरुले राम्रो पैसा कमाएका छन् । यसबाट राज्यलाई नै घाटा हुन्छ । किनभने त्यसरी ल्याउने तेलमा भन्सार लागेन । सरकारका कर्मचारी आफै त्यसमा संलग्न छन् ।
द्दआयल निगमले आफै तेलको
तस्करी गरिरहेको भन्छन्, हो ?
–मैले अघि नै भनिसको आयल निगमको सलग्नतामा बिना पेट्रोलियम पदार्थको तस्करी हुनै सक्दैन । अहिले मिडियाहरुमा पनि प्रसस्तै आइरहेको छ आयल निगमका जिम्मेवार व्यक्तिहरुबाटै तस्करी भइरहेको छ । मैले नदेखे पनि मिडियामा आइरहेको छ । नभए त्यसै मिडियामा त आएको हैन । काठमाण्डौको एउटा पम्पलाई तेल दिने अधिकारै थिएन त्यसलाई पनि दिएर पठाए त्यो तेल कालोबजारी भयो । त्यस्ता अनगिन्ती घट्ना हुन थालेका छन् । राति राति पम्पमा तेल आउाछ त्यो तेल कहाा जान्छ ? कसले लान्छ ? त्यसको हिसाब किताब कसले राखेको छ ? ठूलो कालोबजारी भएको छ । यो संकटलाई तेलका माफियाले कमाउने अवसरका रुपमा लिएका छन् ।
द्दयसलाई नियन्त्रण गर्ने सरकारी संयन्त्र कहाा गयो त ?
–सरकारी संयन्त्र नै कहाा छ ? सबै भागबण्डामा चलेको छ । अब हेरौा न देश यस्तो संकटको अवस्थामा छ तर सरकारमा को जाने, कसलाई मन्त्री बनाउने, कस्लाई राष्ट्रपति, कस्लाई उपराष्ट्रपति, कसलाई सभामुख, कसलाई उपसभामुख बनाउने भन्ने कुरामै दिन बिताइरहेका छन् । दुई महिनादेखि ओलीले सरकारलाई पूर्णता दिन समेत सकेका छैनन् । केको संयन्त्र ? संविधान घोषणा भएपछि आफ्नो पार्टीका मान्छेलाई ठूलो पदमा पुर्याउने बाहेक जनताका कुनै समस्या समाधान भएका छैनन.् । जनताले खान पाउन कि खान नपाउन, भोकै सुतुन कि जे होस् कुनै नेता, सरकारलाई चासो छैन । बरु हिजो राजाका पालामा यस्तो अलाक्ली हुादैनथ्यो । नेता भोट माग्ने बेला आउाछन्, धेरै पैसा खर्च गरेर चुनाव जित्छन् । त्यसपछि उनीहरु पैसा कमाउनेतिर लाग्छन् । यतिबेला नेपालको राजनीति विसुद व्यापार भएको छ ।
द्दजनताको दैनिक आवश्यकता समेत पूरा गर्ने तर्फ सरकारले चासो दिएको छैन, किन होला ?
–सरकारलाई यस तर्फ कुनै चासो छैन । सरकारको ध्यान आफ्नो मान्छेलाई कसरी माथि पुर्याउने, कुन कुन पदमा नियुक्ति गर्ने भन्नेमात्र छ । चासो राखेको भए आज १ सय ७ दिनदेखि तराई मधेश बन्द भएको छ । तीनदिनदेखि राजधानी हिडेका यात्रु भोकभोकै बसेका छन् । बाटोमा कसैले पानी समेत खान पाएका छैनन् । त्यहाा सरकारको उपस्थिति नै छैन । आज पनि समाचारमा हेरियो तीन दिनमा हजारौ गाडी सडकमा उभिएका छन् । तराई मधेशमा ५५ जना शहीद भइसकेका छन् । मधेशीका जायज माग छन् भने दिएर परिस्थिति सहज बनाउनुपर्छ । दिन सकिदैन भने स्पष्ट भन्नुपर्यो र देशमा शान्ति सुव्यवस्था कायम गर्न सुरक्षाका सबै संयन्त्र परिचालन गर्नुपर्छ ।
द्ददेशमा आर्मी शासन लगाउनुपर्छ भन्न खोज्नु भएको हो ?
–हो, जब यो सरकार र नेताहरुबाट
राज्य सहज ढंगले सञ्चालन हुन सक्दैन भने आर्मी शासन लाग्नुपर्छ । सधै
यसरी देश चल्दैन ।
द्दमधेशमा जारी आन्दोलन १ सय ७ दिन पुगेको छ, सबैतिर हाहाकार छ,
राज्यले मान्छे मार्न थालेको छ । यो स्थितिको सही निकास के त ?
–मैले भनिसके दिन सकिने कुरा दिनुपर्यो । दिन नसकिने सकिदैन भनेर स्पष्ट भन्नुपर्यो । अब मधेशीमात्र हैन देशका सबै नागरिक सरकारका विरुद्धमा उत्रनुपर्ने अवस्था आइसकेको छ ।
द्दयसको मतलब सरकार अब पूर्ण रुपमा असफल भइसक्यो हैन ?
–हो, यो सरकार जनता र देशका पक्षमा देखिएन । सरकार पूर्ण रुपले नै असफल भइसकेको छ । कसैले सोचेको थिएन यो सरकार एक, डेढ महिनामै असफल होला भनेर । तर असफल भयो । आज विदेशीहरुले भुकम्प पीडितहरुका लागि चारसय अरब रुपैया सहयोग दिने घोषणा भएको छ । तर यससम्बन्धी कुनै काम गर्न सकको छैन । पुनर्निर्माण प्राधिकरण समेत बनाउन सकेको छैन । त्यसरी दाताले दिएको पैसा त सरकारले सदुपयोग गर्नै सकेको छैन भने यो सरकारलाई के सफल भन्ने ? मलाई यो सरकारमाथि एक पैसा विश्वास छैन । हिन्दुका लािग जसले नारा लगाएको थियो त्यो सरकारमा गएको छ, संघीयता हुनु हुादैन भन्ने
सरकारमा गएको छ । जब पार्टी विचारबाट विचलित हुन्छ त्यहाा स्थिरताको कुरा गर्नु बेकार हुन्छ । यहााका राजनीति पार्टीका नेताहरुलाई मन्त्री बने पुग्छ, जनता र राष्ट्र गौण हुन् ।
द्दत्यसो भए राष्ट्रलाई माया नगर्ने
सरकार नै हो त यो ?
–मेरो सोचाईमा यस्तै देखियो । ठूला कुरा गरेर हुादैन । भावना बेगर देश चल्दैन । त्यो खोक्रो आडम्बरी हो । जनता र
राष्ट्रका लागि केही गर्नेवाला छैनन् । आज नेपालका जनतालाई सलाम गर्नुपर्छ १ सय ७ दिनसम्म अभाव सहेर पनि चूपचाप बसेका छन् । तर यो परिस्थिति सधै रहादैन । आज नेपालका उद्योग, कलकारखाना सबै बन्द भएका छन् । खरबौ रुपैयाा राज्यले नोक्सानी व्यहोर्नु परेको छ, लाखौ युवाहरु बेरोजगार भएका छन् । यसमा सरकालाई मतलवै छैन ।
द्दअब समाधानको अन्तिम निचोड के त ?
–अलिकति राजनीतिक दलका नेतामा विवेक बााकी छ, राष्ट्र र राष्ट्रियता प्रति माया छ भने सबै राजनैतिक दल एकै ठाउामा उभिनुपर्छ । अहिले कााग्रेस, मधेशका समस्यामा अगाडि आएको छ । यो सकारात्मक कुरा हो । समाधान कााग्रेसले नै गर्न सक्छ । सरकारले अब मधेशीको आन्दोलन सुरक्षाकर्मी लगाएर दबाउन सक्दैन । यतिबेला आन्दोलन अझ चर्कदै गएको छ । भोलिका दिन आन्दोलने अझ उग्र रुप लिन्छ । यसो हुदै गए मुलुक गृहयुद्धतर्फ उन्मुख हुन्छ । केही दिन अगाडि मधेशी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कार्यकर्ताले चेतावनी दिए हिजोको सरकारसाग जे जे सम्झौता भएको थियो त्यो सम्झौता भन्दा तल झरेर सहमति गरे मान्य हुदैन ।
द्दतराईमा दुई प्रदेशको बटम लाइन देखिन्छ, अर्कोतिर अखण्ड पक्षधर समेत जिल्ला टुक्र्याउन पाइादैन भनेर आन्दोलनमा उत्रिएका छन् । एउटाको माग पूरा गर्दा अर्काको आन्दोलन पनि चर्कने भयो । यसमा के भन्नुहुन्छ ?
–सबैभन्दा ठूलो गल्ति सघीयता दिनु नै हो । सबै सामस्याको जड संघीयता नै हो । मैले व्यक्तिगत रुपमा यसको विरोध गरेको थिएा । नेपालमा दुई कराड ५० लाख जनता भएको ठाउामा सबै समुदाय मिलेर बसेका थिए । भारतमा ८ करोड जनसंख्या भएको ठाउामा एउटा प्रान्त छ । दुई तिहाई बहुमतबाट संघीयता सविधानबाट खारेज गरिदिनुपर्छ । ३० लाख २० लाख जनता भएको ठाउालाई प्रान्त बनाउादा त्यसको खर्च भोली कसरी धान्ने । आयस्रोत खोई ? त्यसै प्रदेश चल्दैन होला । यहाा कुनै आयस्रोत छैन । पूर्वाधारविना इस्टेट बनाएर देश कमजोर बनाउने खेल हो । संघीयता भनेको खर्च बढाउने, मन्त्री, मुख्य मन्त्री थपिनेमात्र हो ।
