धरान/ मधेशी मोर्चाको आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीहरु
राजमार्गतर्फ केन्द्रित भएको मौका छोप्दै धरानमा लागू औषध कारोबारीको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
यसको प्रत्यक्ष उदाहरणमा सोमबार धरानमा ३१ जना लागू औषध कारोबारीलाई प्रहरीले सार्वजनिक गरेबाट प्रष्ट हुन्छ ।
इलाका प्रहरी कार्यालय धरानले २०७२ भदौ २१ गतेदेखि मंसिर ३ गतेसम्म भारी लागू औषधसहित ३१ जनालाई पक्राउ गरी मुद्धा समेत चलाएको छ । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा मनोजकुमार बस्नेत, दिपक तामाङ, सुन्दर लिम्बु, सुजन तामाङ, रिपेश राई, हेमराज थापा मगर, विशाल शंकर, दिनेश वान्तवा, तुला लिम्बु, राहुल राई, अजय राना मगर, रामशरण परियार, मनिष राई, अभिशेष मगर, आविस्कार लिम्बु, सन्तोषी खत्री, सन्तोष नेपाली, सन्दिप प्रधान, हर्क कालिकोटे, राजकुमार विक, मन्दिप गहतराज, सुरज मग्राती, रामकुमार राई, रामबहादुर राई, रोलान राई, भुवन अधिकारी,मनिज राई, वरुण क्षेत्री, मनिष लिम्बु, अनिष लिम्बु, कल्पना चौधरी रहेका छन् ।
पक्राउ परेकाहरुकाबाट प्रहरीले कोरेक्स ३० बोतल, नाइट्रोसन १ सय ४० गोटी, स्पास्मोप्रोक्सिभन १ हजार २ सय ८, लुपिजेसिक २ सय ६ थान, डाइजेलाव २ सय ६ थान, एभिल १ सय ६५ थान बरामद गनुका साथै लागू औषध प्रयोग गर्ने
गरेको एक मोटरसाइकल र एक स्कुटि समेत बरादम गरेको इलाका प्रहरी कार्यालय
धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो ।
उहाले पछिल्लो समयमा मधेशी मोर्चाको आन्दोलनका कारण प्रहरीहरु राजमार्गमा केन्द्रित भएको मौका छोपी लागू औषध प्रयोगकर्ताले कांकडभिटा र विराटनगर नाका भएर लागू औषध ओसार पसारको संख्यामा वृद्धि भएको बताउनुभयो । खुल्ला सीमाना र आन्दोलनको मौका छोपी ल्याउने गरेपनि धरान प्रहरीले भने सक्रियताका साथ काम गरेकोले यतिका संख्यामा लागूऔषधसहित लागू औषध कारोबारी प्रक्राउ गर्न सफल भएको बताउनुभयो ।
