इटहरी/गोरखा डिपार्टमेन्ट स्टोर पूर्वाञ्चलका नेपालीहरुका लागि मात्र नभएर भारतीय ग्राहकहरुका लागि पनि आकर्षणको केन्द्र बनेको छ ।
आफ्नो आवश्यकता अनुसार चाहिने लाखाौ आइटम एउटै छानामुनी पाइनुले नै गोरखा डिपार्टमेन्टप्रति ग्राहक एवम् उपभोक्ताको आकर्षण बढेको हो । आजभन्दा १६ बर्ष अगाडि सामान्य अवस्थाबाट शुरु भएको स्टोर यहाासम्म आइपुग्दा बालबालिका, युवा युवती र वृद्धवृद्धाहरुको समेत रोजाइमा पर्न सफल भएको छ । प्रत्येक दिन पााच हजार देखि ६ हजारको हाराहारीमा आउने ग्राहकमध्ये झण्डै एकसय जना भारतीय ग्राहक रहने गरेको पर्जेज म्यानेजर भोजराज दाहाल बताउनुहुन्छ । भारतीय ग्राहकमध्ये सिक्किम, आसाम, दार्जीलिङ्ग, सिलुगुढी, विहारका रहने गरेका र उनीहरुको रोजाई ओरिजिनल जापानिज, कोरियन इलेक्ट्रोनिक्स, ब्लांकेट, टिडीवेयर नै हुन्छ ।
अक्सर गरेर भारतीय ग्राहक नेपालमा रहेका आफन्तकोमा आउादा गोरखा डिपार्टमेन्टमा नआई फर्कदैनन् । भारतको डिम्मापुरबाट आफन्तलाई भेटेर फर्कने क्रममा सोमबार डिपार्टमेन्ट स्टोरमा भेटिएका अभिजित घोषले वडो खुशी हुादै भने गोरखा डिपार्टमेन्टको बारेमा धेरे सुनेको थिएा । वडो राम्रो रहेछ । परिवारसागै आफ्नो निजी सवारी साधनमा आएका उनले चाइनिज, जापानिज, कोरियन ब्राण्डेड सामानहरु खरिद गरेको बताए । अक्सर गरेर
भारतमा बाहिरी देशका ब्राण्डेड सामानहरु नपाइने भएकोले पनि उनीहरु नेपाल आउादा त्यस्ता सामान खरिद गरेर लिएर जान्छन् ।
टाइटेन घडीको नयाा सो रुम
आफ्ना ग्राहकको माग र रुचिलाई ध्यानमा राखेर डिपार्टमेन्ट स्टोरले साउन २५ गते शुक्रबारदेखि टाइटेन घडी विक्री प्रारम्भ गरेको छ । स्टोरको दोस्रो तलामा रहेको इलेक्ट्रोनिक्स शो रुममै टाइटेन घडीको आकर्षक शो रुम तयार गरी विक्री प्रारम्भ गरेको सञ्चालक बलराम आचार्यले जानकारी दिनुभयो । प्रख्यात भारतीय टाइटेन कम्पनीबाट उत्पादन भएका विभिन्न आकर्षण मोडेलका घडीहरु न्यूनत्तम २५ सयदेखि ३० हजार मूल्य सम्मका
रहेका छन् । टाइटेन घडीको विशेषता के त भन्ने सवालमा सञ्चालक आचार्य भन्नुहुन्छ, यो एउटा प्रख्यात र ब्राण्डेड कम्पनीको उत्पादन हो , १ बर्षको
वारेन्टी, स्टेइनलेस स्टिल भएकोले पनि यो घडीप्रति पारखीहरुको रुची देखिएकैले हामीले यसको विक्री सुभारम्भ गरेका हौं ।
गोरखा किचेन प्रत्येक ग्राहकको रोजाइमा
गोरखा किचेन हरेक ग्राहकको पहिलो रोजाईमा पर्ने गरेको छ । सामान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमा पुगेका चाहे स्थानीय हुन् वा बाहिरबाट आएका ग्राहक हुन् उनीहरु गोरखा किचेनमा विभिन्न भेराइटीको स्वाद नलिई फर्कदैनन् । स्टोरको छैठौ तलामा रहेको किचेन पुग्दा मनै हलुका हुन्छ, धनकुटा देब्रेबासका सुगम श्रेष्ठले भने । आफ्नै रोजाइमा विभिन्न परिकारहरु पाइने त छादैछ यसका अलावा टाढा टाढासम्म मनोरम दृश्यको अवलोकन गरी स्वच्छ वातावरमा बस्न पाइने । पछिल्ला दिनमा युवा युवतीहरुको बढी चहलपहल देखिने गरेको गोरखा किचेनका म्यानेजर खेम खत्रीले जानकारी दिनुभयो । मदिरा र धुमपान निषेध गोरखा किचेनमा धुमपानका अमलीहरुका लागि स्मोकिङ्ग जोनको छुट्टै व्यवस्था समेत भएकोले धुमपानका अम्मलीहरुका कारण अन्य ग्राहकहरुले अप्ठेरो मान्नुपर्ने अवस्था देखिदैन । फास्टफुट, बेकरी, आइसक्रिम लगायत खानाको समेत व्यवस्था रहेको छ । एकपटकमा ३ सयसम्म ग्राहकले खाना खान सक्ने भएकोले टाढा टाढाबाट धार्मिक एवम् पर्यटकीय भ्रमणमा आउनेहरुले पहिला नै खानाका लागि सम्पर्क गर्ने गरेको खत्रीको कथन छ ।
लिक्वायर सेक्सनमा महिलाहरुको भीड बढ्दै
डिपार्टमेन्ट स्टोरको भुइातलाको उत्तरपट्टि रहेको लिक्वायर सेक्सनमा पछिल्ला दिनमा महिलाहरुको भीड उल्लेख्यमात्रामा बढेको डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । स्वदेशी तथा विदेशी ब्राण्डका हिस्वी, वाइन, जीन, ब्राण्डी, रम, भोड्काका अलवा वाइनहरु रोयल विग, मास्टर डिभाइन,, हिन्वाका व्राण्डहरु भुइातलामा रहेका छन् । अक्सर गरेर अरु ब्राण्डका रक्सीहरु पुरुषहरुले खरिद गरेर लिएर जाने भए तापनि हिन्वा, रोयल विग मास्टर डिभाइन जस्ता वायनहरु महिलाहरुले बढी खरिद गर्न थालेका छन् । यसबाट प्रष्ट हुन्छ महिलाहरु पनि हल्का पेयपदार्थ वाइनप्रति आकर्षित हुादै गएका छन् ।
फ्रोजन आइटममा अस्ट्रिजको मासु लोकप्रिय बन्दै
गोरखा डिपार्टमेन्ट स्टोरको भुइातलामा लाखौ प्रकारका दैनिक उपभोग्य सामानहरु रहेका छन् । सैयौ प्रकारका बेकरी, मिठाइ, खाद्यान्न, अल्कोहल, स्वदेशी तथा विदेशी ब्राण्डमा विस्कुटहरु भुइातलामा राखिएका छन् । विगत दुई बर्ष यता हाास, कुखुरा, खसीको मासु, सामुन्द्रीक माछा, अक्टोपस, गंगटा, प्राउन माछा, चिकेन, मटनका ससेजहरु राखिएका छन् । पछिल्लो पटक फ्रोजन कक्षमा अस्ट्रिजको मासु थपिएको छ । सेल्समेन सम्झना बुढाथोकीका अनुसार अस्ट्रिजका मासु थपिएपछि ग्राहकहरुको भीड बढेको छ । प्रतिकेजी रु २ हजार २ सय रहेको अस्ट्रिजको मासु आइतबार सिद्धिएकोले सोमबारमात्र आइपुग्ने पनि उनले बताइन् । कहिलेकाहीा त ग्राहकको अत्याधिक भीडले हायलकायल बनाउाछ उनले सुनाइन् ।
थप शाखा दशै अगावै सञ्चालनमा आउने
गोरखा डिपार्टमेन्ट स्टोरले पूर्वका विभिन्न स्थानमा शाखा विस्तारको योजनालाई तिब्रता दिएको छ । दमक, पथरी, विराटचौक र धरानमा स्टोरले यतिबेला पूर्वाधार निर्माणमा लगानी गरिरहेको छ । दमकमा धमाधम बाह्य र आन्तरिक सजावटहरुको काम भइरहेको छ भने विराटचौकको शाखा दशौ अगावै सञ्चालनमा आउने भएको छ । विराटचौकमा प्राय : सम्पूर्ण सजावटको काम सिद्धिएकोले अन्यत्र पनि तिब्र गतिमा बढिरहेको गोरखा डिपार्टमेन्ट
स्टोरका सञ्चालक बलराम आचार्य बताउनुहुन्छ । शाखा विस्तारको प्रमुख उद्देश्य आगामी केही बर्षपछि बढ्दो आवादी र जनसंख्या नै हो । हाल जुन स्थानबाट बढी मात्रामा ग्राहक आइरहनु भएको छ, उहााहरुलाई यहाा जस्तै सेवा सुविधा दिन सके इटहरीमा केही सहजता हुने छ । जसले गर्दा ट्राफिक जाम पनि कम हुने र ग्राहक पनि सन्तुष्ट हुनेछन् ।
