माणिकचन्द सुराना
छिमेकी देश धेरै हुन्छन् तर नेपाल र भारतजस्तो छिमेकी मुलुक अत्यन्तै विरलै होलान् । समान संस्कृति, धर्म, लिपी साथै एक अर्कामा छोरीचेलीको विवाह तथा आर्थिक क्षेत्रमा एक अर्कामाथि निर्भरता र खुल्ला सीमानाका कारणले दुई छिमेकी मुलुकको सम्बन्धलाई सदियौ देखि अुटट र प्रगाढ बनाई दिएको छ । यही सम्बन्धका कारणले विकासका साझा चुनौतिहरुलाई सम्बोधन गर्ने साझेदारी अवधारणालाई जन्म दिएको छ । हालै भएको
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले हामी सबैमा नयाा उत्साह र उमंग जगाएको छ ।
सन् १९४७ मा उपनिवेशवादी शासनबाट मुक्त भएको भारत असीमित विकाशोन्मुख चुनौतीको सामना आफै पनि गरिरहेको बेला सन् १९५४ मा नेपालभरिका
परियोजनाहरुलाई सहयोग पुर्याउन इण्डियन एण्ड मिसन (भारतीय सहयोग नियोग) को स्थापना भयो जस अन्र्तगत साझेदारीका रुपमा हालसम्म ठूला ठूला परियोजनाहरु जस्तै सडक, विमान स्थल, अस्पताल, विद्यालय, कलेज आदि हजारौ परियोजनाहरुको भौतिक
संरचना निर्माणदेखि लिएर तिनीहरुको सञ्चालनमा समेत भारतीय साझेदारी रही आएको छ । काठमाण्डौ उपत्यकालाई तराइसाग जोड्ने पहिलो राजमार्गको निर्माण सन् १९५३ मा भयो । नेपालका पहिला ६ वटा विमान स्थलहरु गौचर (सन् १९५१), सिमरा (१९५४),जनकपुर (१९६४), पोखरा (१९६४) र विराटनगर (१९६८) शुरुका बर्षमा महत्वपूर्ण पूर्वाधार निर्माणका कार्य थिए । कोशी व्यारेज (सन् १९८३), दजेवीघाट जलविद्युत तथा सिाचार्य परियोजना (१९८३), वीर अस्पपताल (१९८४), वन अध्ययन संस्थान (१९५०) जनकपुर रेल्वे (१९८६), पूर्व पश्चिम राजमार्ग तथा धेरै जसो खण्डहरु र देशमा उच्च शिक्षाको पहिलो केन्द्रको रुपमा स्थापित त्रिभुवन विश्व विद्यालय
परिषरभित्रका प्रमुख विभागहरुको
संरचना महत्वपूर्ण सहयोगका कार्यक्रम हुन् । यसैको फलस्वरुप सडक, पुल, जलविद्युत, सिाचाई, शिक्षा र स्वास्थ्य सेवा नेपालका दुर्गम भन्दा दुर्गम गाउा तथा शहरहरुमा पुग्न गई हजारौ मानिसको जीवन छुाने विकासका लागि अत्यावश्य पूर्वाधारहरु बनाउने काम भएको छ ।
प्रगति र समुन्तिका लागि
भारत र नेपालका समान आकांक्षा र भारतले नेपाललाई अत्यन्तै महत्वको दृष्टिले हेर्नुको कारण समायानुकुल नेपालको विकास आवश्यकतालाई
भारतले प्रमुख साझेदारको हैसियतले सम्बोधन गर्देै आएको कुरा सर्वविद्धिदै छ । हाल भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा जलस्रोतको धनी देश नेपालले आफ्नो आर्थिक उन्नतिका लागि यसको सदुपयोग अति आवश्यक रहेको र यो क्षेत्रमा पनि भारतीय लगानी आर्षित भएको उजागर व्यक्त भएकोले आगामी दिनहरुमा हामी लोडसेडिङ्गको
भारबाट मुक्तमात्र हैन हामी ऊर्जाको प्रमुख निर्यातको उभिन समथन हुने छौं । अनि आशा पलाएको छ । अन्तमा भारतीय स्वतन्त्रता दिवसको सुखद अवसरमा भारतीय जनता तथा समग्र भारत राज्यको द्रुत गतिमा विकास र प्रगति होस भनी मंलमय शुभकामना व्यक्त गर्दछु ।
लेखक नेपाल भारत मैत्री संघ,
धरानका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।
