धरान/विगत ४५ दिनदेखि तराई मधेशमा सशक्त आन्दोलन गर्दै आएको संयुक्त मधेशी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल जारी भएको संविधान खारेज गरी पुन: संविधान लेखिनुपर्ने बताएका छन् ।
सरकारले विगतमा मधेशीसाग गरेको ८ बुादे र २२ बुादे सम्झौता कार्यान्वयन गरेमात्र वार्ताको सम्भावना रहने उनले बारम्बार दोहोर्याए । सोमबार सुनसरीको दुहवीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले वार्ताका लागि सरकारी पक्ष गम्भीर नदेखिएको समेत आरोप लगाए ।
बन्दको समयमा कोशी राजमार्गको दुहवी सडक खण्डमै मञ्च बनाएर सभाको आयोजना गरेका यादवले विगतका सम्झौता कार्यान्वयनसागै सेना फिर्ता,
प्रहरी दमनको अन्त्य, घाइतेको नि:शुल्क उपचार र क्षतिपूर्व, मृतकलाई सहीद घोषणा गरी उचित क्षतिपूर्ति सहित
परिवारलाई रोजगारी दिने प्रतिबद्धता
सरकारले गर्छ भने वार्ता हुन्छ अन्यथा वार्ता हुादैन । उनले भने हाल दुई तिहाइको दुहाई दिएर जारी गरिएको संविधान तीन ठूला राजनीतिक दलले आफू अनुकूल हुने गरी प्रदेशको निर्माण गरेकोले मधेशीलाई यो संविधान मान्य हुादैन । संविान पिछडिएका वर्ग, दलित, जनजाति, मुस्लिमहरुलाई झुक्याउन मात्र जारी
गरिएको हो, संविधानले मधेशीहरुलाई गैह नागरिक सरह व्यवहार गरेको छ । त्यसैले जबसम्म संविधानमा मधेशी, दलित, पिछडिएका वर्ग, जनजाति, मुस्लिमको अधिकार स्थापित हुादैन तबसम्म आन्दोलन जारी रहने समेत उनले बताए ।
