धरानमा पनि हिन्दी चलचित्र र टेलिसिरियल बन्द

धरान/असोज ३ गते नेपालको संविधान जारी भएपछि तराई मधेशमा मधेशी दलहरुले गरेको लामो बन्द हड्तालसागै भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि त्यसको विरुद्धमा नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले हिन्दी चलचित्र, हिन्दी टेलिसिरियल र हिन्दी समाचारमाथि प्रतिबन्ध लगाउन गरेको आवहान धरानमा समेत लागू भएको छ ।
धरानमा सञ्चालित धरान केवुल र स्पेश टाइम्स नेटवर्कले आफ्नो प्रसारणमा सूचना नै जारी गरी हिजो मंगलबार १० बजेदेखि हिन्दी च्यानलहरु बन्द गरेको जनाएको छ । यसरी हिन्दी च्यानलहरु बन्द गरिादा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति ती दुवै च्यानलले क्षमा याचना समेत गरेका छन् ।
धरानमा रहेको शिव सिनेमा हलले अक्सर हिन्दी चलचित्र प्रदर्शन गर्दै आएकोमा सोमबारदेखि नै उसले नेपाली चलचित्र प्रदर्शन गर्न थालेको छ ।
नेकपा माओवादी संयोजक नेत्रविक्रम चन्दले जारी संविधानप्रति आपत्ति जनाउादै संविधानका प्रतिहरु जलाई विरोध जनाए तापनि नेपालको सार्वभौमिकता माथि नै आाच आउने
गरी अन्तर्राष्ट्रिय सन्धी सम्झौता समेत वेवास्ता गर्दै भारतले अघोषित नाकाबन्दी गरेपछि सो कदमको
विरोधमा उसले मुलुकभरि हिन्दी चलचित्र, टेलिसिरियल, समाचारमा
रोक लगाउने निर्णय गरेको हो । हिन्दी फिल्म, चलचित्र, समाचार रोक्ने नेकपा माओवादीको निर्णयप्रति हल सञ्चालक तथा केवल टेलिभिजनहरुले समर्थन जनाउदै हाल सबै प्रसारण बन्द गरेका छन् । यसैगरी विप्लव समूहले
मंगलबारदेखि भारतीय नम्बर प्लेटका गाडीहरु नेपालभित्र चल्न नदिने घोषणा समेत गरेको छ ।
त्र

तपाईको प्रतिक्रिया