दुहवी/एमाओवादी सप्तरीका समानुपातिक सभासद रामपुरन चौधरीमाथि दुहवीमा शनिवार कालोमोसो दली कुटपिट भएको छ ।
थारुवान प्रदेशको माग गर्दै झण्डै डेढ महिना यता आन्दोलनरत थारु कल्याणकारिणी सभा र थारु संघर्ष समितिका पदाधिकारीहरुले चौधरीमाथि कालो मोसो दल्दै कुटपिट
गरेका हुन् ।
प्रत्यक्षदर्शी स्थानीयका अनुसार शनिवार दुहवीमा आन्दोलनलाई अझ सशक्त बनाउने उद्देश्यले थारु कल्याणकारिणी सभा र थारु संघर्ष समितिको संयुक्त वैठक चलिरहेको थियो । सभासद चौधरीले जारी वैठकमा प्रवेश गरी अब हुने आन्दोलनमा आफूपनि सहभागी हुन चाहेको भन्नासाथ थारु
कल्याणकारिणीसभा र थारु संघर्ष समितिका कार्यकर्ताहरुले चौधरीलाई कालो मोसो दल्दै कुटपिट गरेका थिए । पछि इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले चौधरीलाई सुरक्षा दिएर इलाका प्रहरी कार्यालय (दुहवी) पुर्याएका थिए । कुटपिट गर्नुको कारण आफूहरुलाई थाहा नभएको इलाका प्रहरी कार्यालयले जनाए तापनि थारु संघर्ष समितिका कार्यकर्ताले संविधानसभामा हस्ताक्षर गर्ने अहिले आएर आन्दोलनमा ऐक्यवद्धता जनाउने द्धैध चरित्र प्रदर्शन गरेकोले आक्रोसितहरुले उनीमाथि आक्रमण गरेको बताइएको छ ।
