घण्टाघरबाट हेर्दा

तानुवा सांसदको चाकको क्षति
झालेमाले नेताको खल्तीबाट तनुवा सांसद बनेकी रिंकल यादवको संसदमा चाकको ठूलो क्षति भएको छ । कराँतेमा ब्ल्याकबेल्ट पाएकै कारण संसदमा डाङडुङ हानाहान गर्ने काम लाग्ने देखेरै झालेमालेले यादवलाई तान्या रै’छ । सभामुखलाई आक्रमण गर्न तम्सिँदा तिनलाई होस्टेमा हैँसे गर्नेहरुले राम्रै खातिरदारी गरे । दुई चार वेते भए नि तिनका पुष्ट परेको चाकमा हत्केलाले ठेल्ने झालेमालेका सांसदहरुको प्रतिस्पर्धा कम्ता रोचक थिएन । मुर्रा भैँसीको झैँ थुतुनो भाकी जादव चाकमा दर्जनौँ हत्केलाले ठेलिएको भिडियोबाट नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा समेत एकाएक चर्चाको शिखरमा पुग्या छन् । झुठो बोल्न पिएचडी नै ग¥या रै’छिन् । आखिर खप्रओबाको स्कुलिङबाट आएर होला । जेहोस् तिनको चाक प्रदर्शन संसदमा राम्रैसँग चल्यो । अब कुन दिन यादवले आफ्नो चाकमा हत्केलाले ठेल्नेहरुले गलत नियतले ठेले भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिन बेर छैन । आखिर चाकको सत्यानाश भएको सत्य नै हो । यसका लागि सांसदहरु मात्र नभएर आम नेपाली साक्षी छन् । हुन पनि चाकको मर्यादा नराख्नेमाथि कारबाहीचाहिँ हुनैपर्छ ।
गुण्डु र सडकमा स्यालको हुइँया
यतिबेला काठमाण्डौको सडक र गुण्डु क्षेत्रमा स्यालको हु्इँøया चल्या छ । रास्वपाका अध्येक्षे लाउछाने भारतको दिल्ली जानु र भक्तपुरको गुण्डु र काठमाण्डौको सडकमा स्यालको हुइँøया देखिनु संयोग नै बनेको छ । भारतले लाउछानेलाई रेडकार्पेट ओछ्याएर भव्य स्वागत गरेसी’ गुण्डुका गुण्डा र तिनका मालिकलाई औडाहा भा’छ । आफू पदमा छँदा पटक पटक बिन्ती लाउँदा पनि दिल्ली धुमधामको निम्तो सम्म नपाएहरु लाउछानेलाई गरिएको भव्य स्वागतबाट तिल्मिलाएका छन् । ती घरि दुतावासतिर आफ्ना छाउरा पठाउँछन्, घरि माइतिघरतिर आफ्ना छाउरालाई दैनिक हाजिरी दिएर मासुभात ठुँसाएर दगुर्न लगाउँछन् । घरि सिंहदबाररतिर पठाउँछन् । दैनिक हाजिरा र खानपिनबाटै दौडनेहरुलाई प्रहरीले रामधुलाई गर्न थालेसी’ तिनको भागारे भाग मच्चिएको छ । कोही आँखाको डिलमा निलडाम बोकेर भागेका छन् । कोही पिँडुला फुटाएर कहाँलिदै भागेका छन् । कोहीका मलद्वार फुटेका छन्, केहीका पिँडुला सुन्निएका छन्, कोहीका पिठ्यूमा निलडाम बस्या छ । हरे विजोग !
टाउकोमा लाग्या भए बर्बाद

सबैका बीचमा मजाकको पात्र बन्या, तीनसिटे राजा, क्युआर कोर्डका मालिक हर्कु अस्तिका दिन उदयपुरबाट सुनसरी आउँदा सडकमा जोतिन पुगेछन् । शरीरमा हल्का फुल्का लछार तुछुर भएछ । हैन हौ मान्ये जस्तो भएर मोटरसाइकल दौडाउँदा भ्लग बनाउदै हिड्ने हो त ? धन्न टाउकातिर चोटपटक लागेन छ । टाउकामा चोट पटक लाग्या भए बर्बादै हुन्थ्यो । टाउकोमा चोट लाग्या भए गाली गलौज गर्नेै, अन्टेसन्टे बक्ने, जथाभावि सामाजिक सञ्जालमा लेख्ने कनेक्सन भएका सबै तारहरु डिसकनेक्सन हुन्थे । माने सप्रन्थे होला , अर्थोक क्यै भैदिएको भा’चाहिँ यमराजलाई पनि साह«ै अप्ठेरो पथ्र्यो । यमलोकतिर लैजाउँ भने आफ्नै राजीनामा मागेर उत्पात मच्चाउने डर धन्न टाउकामोमा चाहिँ केही भएन ।
प्रचण्डाउ पुत्री लापत्ता
प्रचण्डाउपुत्री गंगा दाहाल अस्तिका दिन देखि लापत्ता भा’छिन् रे । तीन अर्ब भन्दा बढी तिन्को सम्पत्ति स्रोत नुलेपछि सम्पत्ति छानविन आयोगले धुइपतल लगाएर खोजी कार्य जारी राखेको छ । सम्पत्ति छानविन आयोगले उनलाई पक्राउ गरी असुल उपर गर्न र जेलतिर पठाउने व्यवस्था गर्न लागेको सुइँको पाएसी’ दाहाल चम्पट कसिछन् । बाबु पर्धानमन्तरी छँदा स्वकीय सचिव भएर अरबौ जोडजाम ग¥या थिइन् । कहाँबाट त्यो सम्पत्ति सुद्धिकरणको आँखा पुगेछ । पक्कै पनि आÏनै भित्रका सत्रुको काम हो । प्रचण्डाउको छोरी पो हुन त गाँठे । कहाँ गइन् होली ? आरजु राणा, हिसिला यमी, सुजाता जोष्ठ जस्ता महिलाले पनि आफ्नै पति बाबुको आडमा लखनौ लुटेकै हुन् । गंगा दाहाले पनि आफ्नै बाबुको आडमा लखनौ जोडजाम त गरेकी हुन नि । बालेन्द्र सरकारले गंगा दाहालजस्ती जोडजाम गर्ने महिलालाई भाग्ने, लुक्ने, लापत्तै हुने गरी काम गर्नैै हुन्थेन । ती साना तिनाकी छोरी हुन् र ? सत्र हजार निमिट्यान्न बनाउने, १०४ वटा बंैकका पैसा र सुन कुम्ल्याउने, क्यानेमेन्टका ११ अर्ब एक्लै भ्याइदिने, अर्बको घर जग्गा कब्जा गर्ने, रकम रकम नदिए अपहरण गरेर सिध्याइदिने बाबुकी छोरी पो हुन त गाँठे । यसो खान्दानी र औकात हेरेर व्यवहार गर्नुपर्दैन ? गंगा दहालमाथि बालेन्द्र सरकारले अन्यायचाहिँ गरेकौ हो । लौ ज्या ।
खर्लप्पै घटेछन्
लाउरेसको सभापतिमा मटनकाजी आएपछि लाउरेस दुबो झै मौलाउँछ भन्या त फुइøयाँ हुनु ? स्यालबहादुर पार्टी सभापति छँदा ८–१० लाख सक्रिय सदस्य रहेमामा यतिबेला खर्लप्पै घटेर आधा भन्दा कम भा’छन् । मटनकाजीले सोच्या थिए १२–१५ लाख पुग्ला भनेर । पार्टीप्रति आस्था राख्दैमा ती सबै मेरा दाश हुन् । हनुमान हुन्, अरौटे, भरौटे, खटौरे हुन् भन्ने सोच मटनकाजीमा देखिएपछि किन सक्रिय सदस्यता नलिए आउट भन्नेको पछि पनि कोही लाग्छ ? मटनकाजीकै कारण लउरेसले इतिहासमा नव्यहोरेको हार व्यहोर्नुप¥यो र यस्तै रवैया हो भने अर्को चुनाव सम्ममा लाउरेसको संसद उपस्थिति नै नहोला जस्तो पो छ ।
खप्रओको रुन्चे ध्वाँस
झालेमालेका अध्येक्षे र कुकुरको पुच्छर उस्तै उस्तै हो कि क्या हो ? जहिल्यै बांगाको बाँगै । अब हेरम न जेनजीले वालुवाटरबाट लखेटे । विचराले ज्यान जोगाउन चारवटा मृगौला बोकेर दगर्नुप¥यो । जेनजीले घरमा आगो लगाइदिए गुण्डुतिर आएर लुक्नुपर्यो । आÏनै नेता कार्यकर्ताले पार्टीको नेतृत्व छोड्न बारम्बार सल्लाह दिँदा पनि अँठ्याएर बस्या बस्यै गर्ने । अस्तिका दिन सरकारले खप्रओसँग सम्पत्ति विवरण मागेछ र तर खप्रओले घर जलाईदिए त्यसको खरानी उठाएर लैजाउ भनेछन् । दशा भनेको बाजा बजाएर आउदैन । बाबु बाजेले घ्यु खाका थिए नपत्याए हात सुँघ सुँघ भनेझै दुई तीन पटक पर्धानमन्तरी भए भन्दैमा नियम काुनन सबैलाई लाग्छ भन्ने कुरा खप्रओले किन बिर्सेका होलान् ? कम्बोडियादेखि कैयौ ठाउँमा थुपारेको सम्पत्तिको विवरण खुरक्क बुझाउनु नि । सरकारको हात लामा हुन्छन् भन्ने कुरा त बुझकै होलान् ? सिधा औँलाबाट घ्यु नआए बाँगो बनाएर भएपनि सरकारले उधिन्छ । त्यसबेला यसो बचेखुचको त्यो खैकेजाति कहाँ जान्छ ? न साथमा आइलभयु केपी बा भन्ने हुन्छन् न कोही हुन्छन् । गुण्डुको भोगटेले पनि मुन्टो बटार्छ । अनि परेन वित्यास ?
फेरि धराने भाइरस बोलेछ
धरानको लाउरेसका निम्ति डरलाग्दो भाइरस शिखण्डी मिन विके फेरि बर्षाको भ्यागुतोले झै ट्वार्र–ट्र्वार गर्न थालेछन् । अस्तिका दिन तिनले भन्या बालेन साहले नजानेर बोलेको भए
राजीनमा दिनुपर्छ र जानी जानी बोलेको भए बर्खास्त गर्नुपर्छ भनेछन् । कन्दनीको जुम्रा टाउकोमा पुग्यो भने बढी नै रगरगाउँछ भन्थे हो रै’छ । जीवनभरि कहिल्यै निर्वाचन नलडी सांसद र मन्त्री पड्काउँदै आएका चाकडीवाजका मुर्धन्य व्यक्ति विकको के हसियत बालेनको राजीनामा माग्ने ? न ती सांसद छन् तिनको कुनै पार्टी नै छ । अझ बर्खास्त नै गर्नुपर्छ रे । तिनका बाबुको तागत छ बर्खास्त गर्ने ? भए अजमाएर देखाए भैगयो । हुन त विचरा विकलाई पनि टेन्सिन नै छ । आफ्नै मालिक स्यालबहादुरको टुंगो छैन । मटनकाजीको प्यानलमा आउँ भने चप्रासीको पद समेत प्राप्त नहुने । भाउजु र दाजुको निकट भएर मस्ती गरेको विचरालाई झल्झल्ती याद आउँछ होला । अब विकहरु हराउने बाटोमा छन् । बरु सम्पत्ति सुद्धीकरणले विकका अध्ययन गर्न हो भने तिनको अपानवायु न बन्द हुने थियो ।
अन्तेमा
कमाइ खाने भाँडो बन्द भएपछि बाह«भाई पत्रकारहरुमा चरम छट्टपट्टी शुरु भा’छ । उनीहरु यतिबेला लाउरेस, झालेमाले, खाउवादीको निर्दैशनमा सरकारको पछाडि हात धोएर लागेका छन् । पहिलेको सकारमा मोजमस्ती गरेर सजिलै आम्दानी गर्देै आएका, सरकारी सुविधा, विज्ञापन, प्रोजेक्ट र सेटिङबाट लोभलाग्दो आम्दानी गर्नेहरु यतिबेला डल्लो परेका छन् ।
विचराहरु विगतका दिनहरु झल्झल्ती सम्झदै हिरिक्क भा’छन् । उनीहरुको कमाई खाने भाँडो वर्तमान सरकारले बन्द गर्दिएको छ । कमाइ खाने भाँडो नै बन्दा भएपछि बहुलाउनु त स्वभाविक हो । कहिले सरकारका विरुद्धमा सुकुम्बासी उचलोका छन्, कहिले विगतका सरकारका झोलेहरुलाई उचालेका छन् । ताइ न तुइँको समाचार लेख्या छन् । अस्तिका दिन बाह« भाई मध्येका एकजनाका विरुद्धमा अरथ मन्तरील प्रेस काउन्सिलमा उजुरी नै हान्देछन् । गज्जब गरे ।

तपाईको प्रतिक्रिया