घण्टाघरबाट हेर्दा

झोलेको प्रमाणपत्र लिँदै मख्ख
म लाउरेसको झोले हुँ भन्ने प्रमाणपत्र लिएर नक्कली झोलेहरु मख्ख पर्दै सामाजिक सञ्जालमा धमाधम फोटो पोस्ट्याएर मख्ख पर्न थाल्या छन् । माने लाउरेसको क्रियाशील सदस्यता नविकरण । लाउरेसको नाममा ठेक्का पट्टा लिने, पार्टीको नाममा चन्दा असुलेर ऐøयासी गर्ने, लाउरेस सामा छँदा नेताहरुबाट विभिन्न बहानामा माल झार्ने, अनुहारहरु नै झोले प्रमाणपत्र लिन मरिहे गरेर दोड्या छन् । निर्वाचनका बेला चुपचाप अन्तै छाप ठोक्ने त्यस्ता अनुहार अन्त कतै विक्री नहुने भएसी’ झोलेका प्रमाणपत्र लिन मरिहत्ते ग¥या रे पल्ला घरका जेठा बा भन्दै थिए कसले नपत्याउने, झेलझाल गरेर आर्जन गर्नेहरुले झोले पमाणपत्र लिएर लाउरेसलाई केही लाभ होला जस्तो छैन । लाउरेसलाई दह«ो बनाउने हो भने नयाँ अनुहार भित्र ल्याउनुपर्छ । तर झोलेको प्रमाणपत्र लिने त सबै तिनै छन् नेतासँग बसेर सामाजिक सञ्जालमा फोटो पोस्ट्याउँछन्, कार्यक्रममा डाकु न बोलाउ लिँडे पुच्छर डोलाउ भनेझै आफै गएर सरासर मञ्चमा बसेर खुट्टा हल्लाउँछन् । जे होस् म झोले हुँ भन्ने प्रमाणपत्र लिएकोमा बेइमानै भएपनि बधाई छ ।
धरानलाई बजेट चाहिँदैन

अस्तिका दिन भएको बजेट भाषनमा धरानलाई अरथ मन्तरी वाग्लेले बजेट नै दिएनन् भनेर एकथरिले रोइलो गरेको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । धरानलाई बजेट चाहिँदै चाहिँदैन । अन्ततिर वाग्लले छेलोखलो बजेट दिएछन् । अरथ मन्तरी लाई राम्ररी थाहा छ हर्कु जस्ता सांसद भएको ठाममा बजेट दिनैपर्दैन । हाम्रा हर्कुले क्युआरबाट देशभित्रकाबाट मात्र नभएर देश बाहिरबाट पनि ह्वारहवार्ती पसा झार्दिन्छन् । अरुलाई न देश भित्रकाले पत्याउँछन् न देश बाहिरकाले पत्याउँछन् । अरथ मन्तरी वाग्ले पनि कम्ता बाठा छन् क्युआरबाट पैसा मगाउन नसक्ने, लाछी, हुती नभएका सांसदको क्षेत्रमा मात्र बजेट दिए । अरु सांसदले अरथ मन्तरीलाई आफ्नो क्षेत्रको विकासका लागि हार गुहार गरे, अनुनय विन्ति गरे । हाम्रा सांसद हर्कुले उल्टै त्यस्ता नाथे अरथमन्तरी भन्दिए, त्यस्ता नाथे पर्धानमन्तरी भन्दिए । राज्यले बजेट नदिएर केही लछारपाटो लाग्दैन । क्युआर छँदैछ नि । कि कसो हौ हर्कु जी ।
प्रचण्डाउको नौटंकी
रंग परिवर्तन गर्न मात्र खै त्यो के जाति पार्टीका अध्येक्षे प्रचण्डाउ अभिनय गर्न समेत खप्पिस रै’छन् । अस्तिकादिन तिनले गतिलै नाटक मञ्चन गरेछन् । एक्कसी विरामी भैदिएछन् । तत्कालै उनका लुटेरा ग्याङले हस्पिटल दौडाएछन् । त्यसपछि तिनले प्रचण्डाउ अचानक विरामी भनेर फोटो पोस्ट्याएछन् । फोटो देख्नेले स्वास्थ्यलाभको कामना गर्लान् भन्ने सोच्या थे होलान् । तर उल्टो भैदियो कोही हार्दिक श्रद्धाञ्जली लेख्ने,। कोही रिप ठोक्ने, कोही आर्यघाटमा लगेर जला भन्ने, कोही थुक्ने, कोही धिक्कार्ने मात्र देखिए । प्रचण्डाउ जस्ता नेतालाई त्यति साह«ो त नगर्नु पर्ने थियो । उनको यो देशमा सानो योगदान छैन । त्यत्राविधि मान्छे सिध्याइदिए, १०४ वटा त बैंकमात्र लुटे, त्यत्रा मठ मन्दिर भत्काइदिए, शिक्षक र स्कुल त देख्नै नहुने उडाइहालने, कयौको उठिबास लगाए । यसको फेहरिस्त लामै छ । त्यस्ता महान व्यक्ति विरामी पर्दा दूरदूर र छिछी त गर्नु भएन नि गाँठे ।
कुकुलाई घ्यु पच्दैन
हाम्रा बाबु बाजे भन्थे कुकुरलाई घ्यु पच्दैन । केटाकेटीमा के भन्या होला भनेर खुब गम खाइन्थ्यो । तर सत्य रै’छ कुकुरलाई घ्यु पच्दैन । घ्यु खायो कि कुकुर खुइलिएर नाँगै हुँदो रै’छ । अहिले रास्वपाका सासद अमेस कुमार सिंहलाई त्यस्तै भा’छ । आफ्नै सरकारले अस्तिका दिन ल्याएको बजेटप्रति सिंहले असन्तुष्ट जाहेर गरे छन् । असन्तुष्ट जाहेर मात्र गरेनछन् अब ससद पदबाटै राजीनामा दिन्छु भन्दै हिडेका छन् । हैन हौ राजीनामा चाहिँ कहिले दिने हो ? थुतुनो मात्र चलाएर त भए नि † निर्वाचन जितेपछि गतिलै मन्त्रालय पड्काउने सोचमा सिंह थिए । तर कौन पुछे खेसरीको दाल भनेझैँ त्यस्ता अमेर अनगिन्ती थिए । मन्त्रीका लागि दौडधूप पनि गरे तर तिनका केही लागेन । मन्त्री नपाएसी’ घरि घरि आफ्नै पार्टीका विरुद्धमा विषवमन गर्छन् । आखिरी अमरेशलाई सांसद पद नपचेकै हो कि क्या हो ?
सर्वत्र करै कर
घण्टेका अरथमन्तरीले राम्रै गर्लान्, गरिबका लागि गतिलै पोको ल्याउलान्, साँढे तीन दशकपछि सबैका अनुहारमा फिस्स हाँसो देखिएला, विदेशिएका आफन्त उफ्रदै आउलान् भन्या त कागलाई बेल पाक्यो हर्ष न विस्मात पो भयो । अस्तिका दिन तिन्ले ल्याएको बजेटममा अब विजुलीमा पनि कर, शिक्षामा पनि कर, स्वास्थ्यमा पनि कर । यति भएसी’ नेपाली जनतालाई मर्न के को डर । हुन त वाग्ले अन्तर्राष्ट्रिय अर्थविद् न परे । उनले ल्याउने बजेट पनि अन्तर्राष्ट्रिय स्तरकै हुने हो । फेरि नेपाली जनता पनि कम्ता घाँडा छैनन् । अन्तर्राष्ट्रिय स्तरकै कुरा गर्छन् अम्रिका, जापान, क्यानाडा, जर्मन, फ्रान्स, अस्ट्रेलिया भन्दा तत्लो स्तरका गफ गर्नै जान्दैनन् अरथ मन्तरीले नि त्यही स्टेन्डर्ड मेन्टेन्स ग¥या होलान् । तै पनि भुइँ मान्छेका अनुहार हेरेर बजेट ल्याउनुपथ्र्यौ त्यसमाचाहिँ उनको दिमागै पुगेन । पुग्ने पनि भएन । सुकुम्बासी त यहाँ ८ तलाको घर छ, गाडी घोडा र निजी कार छ्, सुनको त कुरै नगरौ अलेख छ, बैकमा करोडौ थन्क्याएका छन्, तिनको सिधै ठूला वडासँग पहुँच छ, छोराछोरीलाई महंगा स्कुलमा हुलेका छन् । अरथमन्तरीलाई यो कुराको जानकारी नहुने कुरै भएन । अनि बजेटमा ड्रयाकड्याङ्ती कर ठोकिदिए ।
बन्द उद्योग खोल्नु हुन्न
झालेमाले, लाउरेसल कौडीको भाउमा बेचेका, माउवादीले बम हानेर उडाएका उद्योग कलकारखना बालेन्द्र सरकारले पुन ः खोल्न खोज्दा विरोध शुरु भा’छ । अस्तिका दिन लाउरेसका टीके भँुइफुट्टा प्रकाशशरण महतले थुतुनो खोलेछन् कुनै पनि हालतमा बन्द भएका उद्योगहरु खोल्नै हुँदैन रे । हुन त तिनले ठीकै भने । खोल्न दिनै हुँदैन । खुल्दा युवाहरुले यही रोजगारी पाउँछन्, विदेश गएर रेमिट्यान्स पठाउँदैनन्, उद्योग बेच्दा कस्ले कति महिशन डकारेको छ भन्ने कुरा अरुले थाहा पाउँछन्, कमिशन डकार्नेहरु पक्राउ पर्छन्, विगो जरिवाना तिुर्नपर्छ । बरु उद्योग खाल्नै दिनुहुँदैन । त्यसका लागि भाडाका मुंग्रेहरुलाई सडकमा उतार्नु नै किन नपरोस, सडकमा टायर बाल्नै किन नपरोस, सार्वजनिक यातायातका साधनहरु जलाउनै किन नपरोस्, तोडफोड नै गर्न किन नपरोस । बन्द उद्योग ताला खोल्न दिनै हुन्न । काँक्राको चीरालाई नुन खोर्सानीसँग खाएझै उद्योगहरु कौडीको भाउमा बोचेर खाएको ती दिन क्या स्वर्णीम थिए ।
बजेट विज्ञापन भयो रे
झालेमालेका अध्यक्षे खप्रओ बा को भरिया झोले पद्मा अर्यालले भनेकी सरकारले ल्याएको बजेट विज्ञापन भयो रे । विज्ञापन त हुने नै भयो नि । छुट्याएको बजेटको भाषन मात्र सुन्नुपर्दा । बा’को राज हुँदा भितरिया झोलेहरुको कम्ता फाइँफुँइ थिएन । आफ्नो क्षेत्रमा ट्वाइलेट बनाउन सम्म बजेटमा व्यवस्था गरेको तिनलाई झल्झल्ती याद आयो होला । आफ्नै हात जगन्नथ भनेझै मनपरि बजेट खर्च गरेको सम्झनाले विचरी हिरिक्क भा’ जस्तो छ । औषधोपचारका नाममा गिलो आँची आउँदा समेत बजेट चलाएको, १० लाखको निर्माण कार्यमा ५० खाख खर्च गरेर उद्घाटन गर्न गएको, गाउँतिर जाँदा सरकारी सवारी साधनको ताँती लगाएको कसरी बिर्सनु ? जति बिर्सन खोज्दा पनि याद आइरहन्छ अनि फलाक्नु परेन त वर्तमान सरकारले ल्याएको बजेट विज्ञापन हो भनेर । यस्तै हो कहिले सासुको पालो कहिले बुहारीको पालो ।
अन्तेमा
दल बदलु माकुनेको छट्पटाहट हिजोआज निक्कै बढेको छ । कहिले बालेनलाई घिसारेर सडकमा ल्याउँछौ भन्छन्, कहिले २०८२ को चुनावको परिणाम शंकास्पद भन्दै उफ्रन्छन् । अस्तिका दिन दुई तिहाई निकटको सिटलाई आस्थाई सुनामीको संज्ञा समेत दिए । हुन त विचरालाई छटपट्टी त हुनै नै भयो । कुन दिन ललिता निवास काण्डमा सरकारले दशी प्रमाणसहित जाक्ने सपना देखिरहेका छन् । बोलेरै भए नि मनको वह त पोख्नु प¥यो । आफ्नै क्षेत्रमा मतदाताहरुले पिँधमा पुल्ठो बालेर किन लखेटे त्योचाहिँ माकुने कोट्याउन सम्म चाहँदैनन् । जहिल्यै पद मात्र माग्ने गरेसी’ खप्रओले जोर लात्ती हानेर सडकमा पु¥याएको तिनले बिर्सेछन् कि क्या हो ? यतिबेला ताइ न तुइँको नेपाली कम्युनिस्ट पार्टीमा थान्को लागेर बस्या छन् । तर भित्रभित्रै औडाहा भएर जलेका छन् । हैन हौ अब त पिण्ड खाने बेला भैसक्यो । घरमै नातिनातिनाको आची पुछपाछ पारेर बस्दा भैगयो । वित्थाको राँडे रुवाई गरेर किन थुतुनो चलाउनु ?

तपाईको प्रतिक्रिया