पूर्वाञ्चलको पहिलो गोरखा डिपार्टमेन्ट स्टोर दमक शाखाको किचन ग्राहकको पहिलो रोजाईमा

इटहरी । आजभन्दा २७ बर्ष अगाडि पूर्वाञ्चलमै पहिलो पटक डिपार्टमेन्ट स्टोरको अवधारणा स्थापित गरेको गोरखा डिपार्टमेन्ट स्टोरको दमकस्थित शाखाको किचन ग्राहकको पहिलो रोजाइमा देखिएको छ । गोरखा डिपार्टमेन्ट स्टोरको चौथो शाखाको रुपमा रहेको दमक शाखाको किचन ग्राउण्ड Ïलोरमा सञ्चालनमा आएसँगै ग्राहकहरुको अत्याधिक चहलपहल बढेको हो । ग्राहकहरुको रुची र माग बमोजिम तारे होटटलहरुमा उपलब्ध हुने देखि लिएर सामान्य रेष्टुराँमा पाइने सम्पूर्ण परिकार उपलब्ध भएपछि स्टोरमा आउने ग्राहकहरुको पहिलो रोजाई किचन बन्न पुगेको स्टोरका प्रबन्ध निदेशक बलराम आचार्यको बुझाई छ ।
तारे होटलझै सुविधायुक्त बसाई, आकर्षक साजसज्जा, सुमधुर संगीतको ध्वनी, एयर कन्डिसन, सफा, बाहिरी कोलाहलपूर्ण वातावरणको प्रतिकूल, शिष्ट र सभ्य होटल परिचारिका, खानाका फरक आइटमको मौलिक स्वाद दमक किचनको विशेषता भएको आगन्तुक ग्राहकहरु बताउँछन् । स्थानीयसँगै इलाम, मोरङ, झापा, पाँचथरबाट आउने ग्राहकको दमक आउँदा ठोक्किने ठाउ नै दमक गोरखा किचन भएको छ । इलामको सन्दकपुर १ बाट गत विहीबार विराटनगर आउँदै गरेका पूर्णबहादुर राई किचनको सोफामा बसेर खानाको स्वाद लिइरहनु भएको थियो । उहाँका साथमा श्रीमति र ६ बर्षीया छोरी समेत आफ्नो इच्छा अनुसारका परिकारमा रमाइरहनु भएको थियो । गोरखा किचनमै किन त भन्ने छोटो जिज्ञासामा उहाँले भन्नुभयो हामी आफन्त भेटन विराटनगर हिडेका हौ । यदाकदा आउँदा हाम्रो पहिलो रोजाइ नै गोरखा डिपार्टमेन्ट स्टोरको किचन हुने गर्दछ । यहाँको बसाई र खुवाइको आनन्द नै बेग्लै हुन्छ । हामी चिसो ठाउँका मानिस बाहिर उखरमाउलो गर्मी छ, फेरि खाना पनि भनेजस्तो पाइदैन । यहाँ एसीमा बसेर अर्डर बमोजिम ताजा खाना पाइन्छ, उहाँको कथन थियो । पूर्णबहादुरमात्र हैन इलाम जैवारीबाट सोही समयमा आउनु भएका विवेक गौतमको कथन पनि उस्तै थियो । पेशाले औषधि व्यवसायी भएको बताउने गौतमले भन्नु्भयो काम विशेषले तराई झर्दा पहिलो उद्दे्रश्य नै गोरखा डिपार्टमेन्ट स्टोरको किचनमा पुग्ने जस्तै भएको छ । उता झापाकै बैगुनधुराबाट दमक आइ पुग्नु भएका मोहन धिमालले भने गोरखा डिपार्टमेन्ट स्टोरको किचनको कुरौ नगरौ । यहाँ के कुरा पाइदैन ? पहिला पहिला त स्टोरमा छिर्न अलि संकोच लाग्थ्यो । यस्तो स्टेण्डर, सुविधायुक्त ठाउँमा सबै कुरा महंगो होला भन्ने लागेको थियो । तर होइन रहेछ । बजारको भन्दा पनि सस्तो, ताजा, अर्डर गरेपछि मात्र तयार गर्ने गरिदो रहेछ । गाउँमा मध्यम स्तरको किराना पसल सञ्चालन गरेर बस्नु भएका राजवंशी व्यवसायीक प्रयोजनका लागि दमक आउजाउ गरिरहने गर्नुहुन्छ । विहान ८ बजेदेखि शुरु हुने गोरखा किचनमा बेलुका ९ बजेसम्म ग्राहकको अत्याधिक भीड हुने गरेको छ ।

पहाड र स्थानीय नेपाली ग्राहकमात्र होइन भारतीय ग्राहकहरुको समेत उत्तिकै चाप हुने गरेको गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतमको कथन छ । खास गरेर भारतको सिलगुढी, खर्साङ्ग, दार्जिलिङ्ग, कालेङपोङ्ग, सिक्किम, आसामको डिम्मापुर, मणिपुर र विहारका ग्राहकहरु गोरखा किचनमा निरन्तर आइरहन्छन् । आफ्नै सवारी साधन लिएर भारतबाट नेपाल आउने कतिपय ग्राहकहरुले अग्रिम टेलिफोन या अन्य माध्यामबाट रुची बमोजिमको खानाको अर्डर गर्ने गरेको समेत म्यानेजर गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो किचनप्रति ग्राहक सबैभन्दा बढी रुची राख्छन् । त्यसरी आउने ग्राहकहरुले डिपार्टमेन्ट स्टोरमा भएका विदेशी ब्राण्डका भौतिक सामाग्रीहरु समेत खरिद गरेर लैजाने गरेका छन् । खास गरेर इलेक्ट्रिक सामान, लत्ताकपडा, जुत्ता चप्पल, गिÏट आइटमहरु लिएर जाने गरेको गौतमले जानकारी दिनुभयो ।
ग्राहकको रुचीलाई ध्यानमा राखी गोरखाद्वारा सोर्मा, बिर्यानी एण्ड चाट हाउस सञ्चालन

इटहरी । स्वास्थ्यकर अर्थात हाइजेनिक सोर्मा, बिर्यानीका पारखीहरुले अब यसैका लागि अन्यत्र भौतारिनु नपर्ने भएको छ । गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टिलाई ध्यानमा राखी गोरखा गल्लीमा सोर्मा, बिर्यानी एण्ड चाट हाउस सञ्चालनमा ल्याएको छ । पूर्वाञ्चलमै पहिलो पटक नयाँ र स्वादिष्ट प्याकेज आफना ग्राहकहरुका लागि ल्याएको गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले बताउनुभयो । आफ्ना ग्राहकहरुको रुची र चाहनालाई ध्यानमा राखेरै यस प्रकारको प्याकेज ल्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो दुई महिना अगाडि हामीले यो प्याकेज सञ्चालनमा ल्याएका हौं, अत्यन्तै हाइजेनिक आफ्नै आँखा अगाडि तुरुन्तै तयार पारेर दिइने भएकैले पनि यसका पारखीहरु दैनिक तीन या चार सयको संख्यामा आउने गरेको प्रबन्ध निर्देशक आचार्यको कथन छ । सोर्मा अक्सर गरेर खाडी मुलुकको अत्याधिक लोकप्रिय खाना हो । कुखुराको मासुलाई स्लाइस आकारमा काटेर मेसिनमा राखिन्छ । मेसिन घुम्दै जान्छ अर्कोतर्फ मासु पाक्दै जान्छ । जसलाई जति मात्रामा चाहिएको हो उसलाई सोही मात्रामा काटेर दिइन्छ । बोनलेस अर्थात हड्डी रहित मासुलाई छुरीले काटेर रोटी, पाउरोटीमा सलाद सहित दिइन्छ । बेलुका ९ बजेसम्म सञ्चालन हुने सोर्मा, बिर्यानी एण्ड चाट हाउसमा स्थानीय मात्र नभएर वाह्य ग्राहकहरुको समेत उल्लेख्य मात्रामा सवारी साधन लिएर आउने गरेको आचार्यले बताउनुभयो । आजसम्म पूर्वाञ्चलमा कहीँकतै सोर्माको व्यवसाय छैन । आफूहरुले यसलाई पहिलो पटक सञ्चालनमा ल्याएको पनि उहाँले सुनाउनुभयो । बाहिरी मुलुकमा मात्र पाइने सोर्मा गोरखा डिपार्टमेन्ट स्टोरले गोरखा गल्लीमा सञ्चालनमा ल्याएपछि यसका पारखीहरुले अचम्म मानेका छन् । यसैगरि बिर्यानी र चाटमा पनि ग्राहकहरुको भीड साँझ परेपछि अत्याधिक देखिन्छ । रु १५० मा बिर्यानी पाउँदा अत्यन्तै खुशी देखिएको डिपार्टमेन्ट स्टोरका म्यानजेर श्रीप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार यी आइटमहरु अक्सर गरेर साँझबाट ज्यादा चल्ने गरेका छन् । अरुबेला नचल्ने भन्ने होइन तर साँझपछि ग्राहकहरुको अत्याधिक भीड हुने गरेको छ । धेरै ग्राहकहरुले परिवारकालागि बिर्यानीको प्याकेज लैजाने गरेको म्यानेजर गौतमको कथन छ । उहाँले भन्नुभयो स्थानीय र वरपरका ग्राहकहरुको भीड त त्यसै पनि छँदैछ बाह्य ग्राहकहरु पनि अत्याधिक मात्रामा आउनु हुन्छ । धरान, विराटनगर, इनरुवा, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानबाट बिर्यानी र चाटको स्वादका लागि पारखीहरु आउने गरेको उहाँले सुनाउनुभयो । गोरखा गल्लीमा स्वास्थ्यकर नयाँ स्वादका सस्तो र सुलभ मूल्यका सोर्मा, बिर्यानी एण्ड चाट हाउस सञ्चालनमा आएपछि इटहरीमा समेत चहलपहल बढेको म्यानेजर गौतमले बताउनुभयो ।
प्रांगरिक मलको माग उच्च, दूधजन्य सम्पूर्ण उत्पादन आफ्नै

गोरखा डिपार्टमेन्ट स्टोरले विगत केही बर्षदेखि दूधजन्य सम्पूर्ण उत्पादन आफै गर्दै आएको छ । सुद्ध दूधजन्य परिकारका लागि ग्राहकहरु टाढाटाढाबाट आउने गरेको स्टोरका म्यानेजर श्रीपसाद गौतमले बताउनुभयो । म्यानेजर गौतमले भन्नुभयो स्टोरको आफ्नै कृषि फर्म इटहरी १७ स्थित एकम्बामा रहेको छ । घ्यू, पनिर , चिज, दही सबै गाईको दूधबाट उत्पादन हुँदै आएको छ । गोरखा डिपार्टमेन्ट स्टोरको कृषि फर्ममा यतिबेला उन्नत जातका एक सय गाईहरु रहेका छन् । केही समय अगाडि स्थानीय र बाहिरकालाई गरी १५० वटा गाईहरु विक्री गरेको थियो । आफ्नै दूधजन्य पदार्थबाट स्टोरले स्वादिष्ट मिठाई, बेकरीका आइटम उत्पादन गर्दै आएको छ । स्टोरको कृषि फर्ममा झण्डै २ सय ५० वटा बाख्रा, खसी, बोका, रहेका छन । बोयर जातको बोकाबाट क्रस गराएर उत्पादन भएका पाठापाठीहरु यतिबेला झण्डै २ सय ५० भन्दा बढी भइसकेका छन् । उहाँले भन्नुभयो भारतको जमुना पारिका बाख्राबाट बोयरबाट क्रस गरेर उत्पादन भएका पाठापाठी हालसम्म विक्री गरिएको छैन । जबसम्म पाठापाठीको संख्या एक हजार भन्दा बढी हुँदैन तबसम्म विक्री वितरण गर्ने योजना नरहेको म्यानेजर गौतमले बताउनुभयो ।
स्थानीय र पहाडी जिल्लामा प्रांगरिक मलको उच्च माग
आफ्नै कृषि फार्मबाट संकलन गरिएको काँचो गोबरबाट उत्पादन गरिएको प्रांगरिक मलको हाल स्थानीयदेखि पहाडी जिल्लाहरुमा यतिबेला उच्च माग रहेको छ । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ ल्याव टेष्ट गरेर गोवर पेलेर मल उत्पादन हुन्छ । त्यसमा अन्य आवश्यक केमिकल पनि हालिन्छ । यो मल हेर्दा चियापत्ति जस्तै हुन्छ जसले माटोको उर्वराशक्ति बढाउने काम गर्दछ । हाल यो मल पहाडका इलाम, भोजपुर, खोटाङ धनकुटासँगै स्थानीय कृषकले लगिरहेका छन् । उहाँहरुको माग धान्नै नसकिने भएको छ । यसका अलावा काँचो गोबर पेलेर निस्केको झोल मललाई फर्मलटेसन गरेर बनाइएका झोल मल ग्यालेनमा प्याक गरिएको छ । यो झोल मल १० लिटर पानीमा एक लिटर झोल हाल्दा पुग्छ । यो बाक्लो दही जस्तै हुन्छ ।

तपाईको प्रतिक्रिया