राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक ग¥यो, नतिजा हेर्न सूची सार्वजनिक

धरान । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसईई २०८२ को नतिजा सोमबार सार्वजनिक गरेसँगै सहज ढंगले नतिजा हेर्नका लागि विभिन्न वेबसाइटहरूको सूची सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले वैशाख २६ गते एक सूचना प्रकाशित गरी माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को नतिजा एसएमएस, आइभिआर, वेबसाइटबाट हेर्न सकिने जनाएको छ । उसले छुट्टाछुट्टै सर्टकोड र वेबसाइट प्रयोग गर्न विभिन्न संस्थाहरूलाई स्वीकृति दिएको जनाएको छ । त्यसरी स्वीकृति पाउने संस्थाहरूमा नेपाल टेलिकमको एसएमएस, युएसएसडी र आइभिआरमा १६०० प्रयोग हुने सर्टकोड, जानकारी टेक्नोलोजी प्रा.लि.को एमएमएस, ३५००१ सर्टकोड, एम्बिसन गुरु प्रा.लि.को एसएमएस ३१०६१ सर्टकोड रहेका छन् । त्यसैगरी वेबसाइटमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका www.see.gov.np, नेपाल टेलिकमको see.ntc.net.np, कान्तिपुर पब्लिकेशन प्रा.लि.को ekantipur.com, इडियु सञ्जाल प्रा.लि.को see.edusanjal.com, आइएमई खल्ती लि.को khalti.com/app, कलेज इन्फो नेपाल प्रा.लि.को clloegeinfonepal.com, द कनेक्ट्स प्लस प्रा.लि.को theconnet plus.com, एनसेल आजियाटा लिमिटेडको nclleapp.nclle.com.np/result, निमा एजुकेशन फाउन्डेशनको reselt.neemaacademy.com,फोनिक्स एजुकेशन फाउन्डेशन प्रा.लि.को resultayo.com, एम्बिसन गुरु प्रा.लि.को see.ambition.guru, एन.इ.भी रिजल्ट एण्ड न्युज प्रा.लि.को see.morostudy.net, र इन्द्रेणी नेटवर्क प्रा.लि.को Nebeducation.com/see रहेका छन् ।


विगतका वर्षहरूमा परीक्षा सम्पन्न भएको महिनौँसम्म नतिजा प्रकाशन हुन नसक्ने अवस्था रहेको थियो । तर यसपटक भने परीक्षा सम्पन्न भएको एक महिनामै नतिजा सार्वजनिक हुन लागेको हो । यस वर्षका एसईई परीक्षामा देशभरिका गरी ५ लाख १२ हजार ४२१ जना परीक्षार्थी सहभागी भएका थिए । कुल १ हजार ९६६ परीक्षा केन्द्र रहेको एसईई चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको छ । बोर्डले इन्ट्रीको सम्पूर्ण काम समाप्त गरेसँगै कुनै प्रकारको त्रुटि हुन नदिन रुजुको काम गरेर सोमबार सार्वजनिक गरेको हो परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, “यसपटक हामी कुनै पनि त्रुटि हुन नदिने तर्फ सतर्क रहेका छौँ ।” उहाँले भन्नुभयो, “विगतका वर्षहरूमा जिल्ला–जिल्लामा उत्तरपुस्तिका जाँच गर्ने कार्य हुने गरेको थियो । यसपटकको अवस्था भिन्न छ । यसपटक केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । विगतमा जिल्ला–जिल्लाबाट उत्तरपुस्तिका केन्द्रमा आइपुग्न समेत समय लाग्थ्यो । यसपटकको अवस्था त्यस्तो थिएन । आइटीको सम्पूर्ण काम सम्पन्न भइसकेपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरेका र्हौैँ ।”

तपाईको प्रतिक्रिया