घण्टाघरबाट हेर्दा

किन खप्पर दुखाएको होला
आÏनो ह्याउ नभएसी’ अर्काको कुरा काटेर गदगद हुने त कोदेहरुको स्वभावै हो । अब हेरम न अस्तिका दिन नेपालको सबैभन्दा ठूलो पार्टी घण्टेहरुले पाँचतारे होटलमा बसेर छलफल गरेछन् । घण्टेहरुले पाँचतारे होटलमा बसेर छलफल गरेपछि अरु झोले झ्याम्टेहरुलाई त्यसै त्यसै भाउन्न भएर आएछ । सुशासनको पाठ सिकाउनेले पाँचतारे होटलमा बसेर सादगीको गीत सुनाएछन् भन्दै उत्पादत मच्चाएका छन् । घण्टे पार्टी अब लत्तरो रहेन । सरकार बनाएर देश हाँक्ने पार्टी हो । त्यस्तो पार्टीले झुपडी, सडकमा, रुखमुनि, खुल्ला चौरमा बस्न मिल्छ त ? जनताले धक फुकाएर मत दिएका छन् । बस्दा ठूलौ ठाममा बस्नु प¥यो । फेरि पाँचतारे होटलमा बसेर छलफल गर्ने मरुचाहिँ कहाँबाट ल्याए रे । जहाँसुकैबाट ल्याउन ? के के सखस ? होटलको बिल यिनीहरुले तिर्नुप¥या छैन क्यारे । अरुको खेदो खन्नेहरु आज भित्तामा पुगेको अझै चेत छैन ।
बाख्रे साहेवको अस्वीकृत भयो रे

नेप्लिज लाउरेसका मुखिया बाख्रे साहेवले दिएको राजीनामा अस्वीकृत भयो रे । कुन ठूलो कुरा भयो र ? निर्वाचनमा सर्लाहीबाट अम्रेस कुमार सिंहले पाहा पछारे झैँ पछारेर लखेटेका थिए । चौतर्फी बाख्रे साहेवको किन्नरहरुले थपडी बजाएझै आलोचना भएसी’ उपसभासपति मुसेसमोसँग सल्लाहै गरेर अस्वीकृत गर्ने शर्तमा राजीनामा द्या थे । आखिरी त्यही भयो । अबचाहिँ बाख्रे साहेव साँच्चै नै चिप्लेलान् जस्तो छ । ताइ न तुइको विशेष महाधिवेशनबाट पार्टी कब्जा त ग¥या थे तर अब सडकमा पुग्लान् जस्तो छ । चौवन्न प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन रहेको भन्दै कम्ता खोक्या थिएनन् । हाल आएर ८८५ जना महाधिवेशन प्रतिनिधिले आफूहरुको समर्थन नरहेको भन्दै निर्वाचन आयोगमा पत्र बुझाएका छन् रे । अबचाहिँ बाख्रे साहेव के गर्दा हुन् ?
क्या गजब छ
जेनजी आन्दोलनको यस पटक मुलुकको राजनीतिमा उलट फेयरै आयो । बर्षौदेखिका पुराना किनारा लागे जलाउने, फोड्ने्, भगाउन, भाग्नेहरु सिँढी उक्लिए । अब हेरम न सक्कली जेनजीहरु सडकमै उफ्रिरहेका छन् नक्कली जेन्जीहरु सिंहदरबार छिर्न दौरा सुरुवाल सिलाएर चिरिच्याँट परेर तयार भएर बसेका छन् । क्या गज्जब छ । हुन जस्को खप्पराँ जे लख्या छ त्यही त हुने हो । सिंहदरबार छिनेर््हरु इमान्दार हुनै सक्दैनन् । इमान्दारहरु सिंहदरबार छिर्नै सक्दैनन् । सक्कली जेन्जीहरुले खै कुरो बुझ्या ?
हारबाट विचलित हुदैन रे
छेपारे प्रवृत्तिका नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डाउ यस पटकको निर्वाचन पश्चात विक्षिप्त जस्तै देखिएका छन् । विगतमा एउटासँग मिल्दा सत्ताको स्वाद चाख्न पाएका थिए । यसपटकचाहिँ पाँचबर्ष ओथारो बस्नु पर्ने अवस्था आएपछि विक्षिप्त नहुने कुरै भएन । अस्तिका दिन तिनले दुई चार प्याग हान्या थिए कि क्या हो ६० जनाले शुरु गरेको जनयुद्ध सफल बनाउने मान्छे हुँ । चुनावी हारले विचलित हुँदिन भन्दै बर्बराइरहेका थिए । मने यसपटक जनताले पत्याएनन भनेर चित्त बुझाउनु पर्दैन ? निर्वाचन र जनयुद्धमा प्रचण्डाउले अझसम्म फरकै बुझ्या रै’नछन् । जे होस विचारालाई यसपटकचाहिँ पर्नु पीर प¥या छ । विगतमा कहिले काँग्रेससँग विहे गरेर एमालेसँग हनीमुन मनाउने, कहिले एमालेसँग विहे गरेर काँग्रेससँग हनिमुन मनाउने् च्याप्टरचाहिँ क्लोज भएको छ ।
१५ रुपैयाँ बढ्दा नि चुपचाप
पेट्रोलियम पदार्थमा विगतमा दुई चार रुपैयाँ बढ्दा देशै ठप्प पार्ने, टायर बाल्ने, उद्योगधन्दा बन्द गर्ने, व्यापारीका पसल तोडफोड गर्नहरु पूरै सफाया भएछन् कि क्या हो ? एकै पटक १५ रुपैया मूल्य बढ्दा पनि ती चुपचाप बस्या छन् । चुपचाप घण्टीमा छाप भनेझैँ तिनले यसपटक अचाक्ली मूल्य बृद्धिमा पनि त्यही फर्मूला अपनाए जस्तो छ । न मूल्य बद्धिका विरुद्धमा कोही सडकमा देखिए, न कुनै भाते संगठनले यसो एउटा विज्ञप्ती फाले । पक्कै पनि घण्टाबाट बालेन पर्धानमन्तरी बन्ने बेलामा के को विरोध गर्नु भनेर बस्या होलान । हुन त चुनावमा घण्टी काँग्रेस, घण्टी एमाले, घण्टी राप्रपा, घण्टी जसपा, घण्टी लोसपा, घण्टी जनमत कार्यकर्ता, मतदाना देखिएकै हुन् ।
नेविसंघ भातृ संगठन नहुने
नविसंघ अब सुध्रिएछ क्यारे । अस्तिका दिन त्यसले बडो राम्रो निर्णय गरेछ । कलेज स्कूलबाटै लाउरेस उत्पादन गर्ने उद्देश्यले खोलिएको नेविसंघ अब लाउरेसको भातृ संगठनको रुपमा नरहने भएछ । भातृ संगठनको आवरणमा लाउरेसका नेताहरुको चाकडी गर्ने, नेताहरुबाट माल झार्ने, विद्यार्थीका समस्या भन्दा नि कलेजलाई कुस्तीको अखडा बनाउने, कलेज बन्द गर्ने, प्राध्यापकहरुको मानमर्दन गर्ने, चन्दा उठाउने कर्म–कुकर्म गर्र्दै आएका थिए । अब त्यसो नगर्ने रे । विद्यार्थीको हितमा मात्र काम गने रे । यो त बडो गज्जब भयो । तर घण्टाघरलाईचाहिँ अझै विश्वास छैन । गधालाई धोएर गाई बनाउन सकिन्न क्यारे । पक्कैपनि भावि पर्धानमन्तरी बालेन साहले संघ संगठन खारेज गर्ने एजेण्डा ल्याएसी’ तत्कालका लागि त्यस्तो निर्णय ग¥या होलान् ।
संसदमा तह लगाउने रे
निर्वाचनमा जनताले अपानवायु बन्द हुने गरी लखेट्दा पनि झालेमालेकी पद्मा अर्यालको अझै होस नखुलेको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । तिनका बा चिप्लिए, तिनका उपाध्यक्ष, महामन्त्री गुल्टिए, मै हुँ भन्ने पोखरेली गुरुङ सिद्धिए संसदमा हात्ती जस्तो साइजबाट डुउरे मुसाको साइजमा खुम्चिदा पनि तिनको घमण्ड कम नहुनुचाहिँ मान्नैपर्छ । संसदमा रास्वपालाई कसरी तह लगाउनुपर्छ भन्ँने कुरा हामीलाई थाहा छ भनेर पो् बम्किन थालेकी रै’छिन् । खप्रओको कृपाले भूमि सुधार मन्तरी हुँदा गुठीको जग चप्काउन तिनले न्वारान देखिको बल लगाएकी थिइन् । धन्न काठमाण्डौका मकुलहरुले तिनको बाजा बजाएपछि लत्रक्क परेकी थिइन् । अब फेरि फुइँ लगाउन थालिछन् । हैन हौ अब त घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने सद्बुद्धि किन नआएको होला ? भीरबाट लडेको गाइलाई राम राम भन्न सकिन्छ, काँधै त हाल्न सकिदैन है । अब भि वक्त है सुधार जा वरना…..।
जुन जोगी आए पनि कानै चिरेको
जेनजी आन्दोलनपछि परिचालित पर्धानमन्तरी सुस्ला कार्कीले गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरिन् । तर तिनको कप्ट्याई त्यसबेला देखियो निर्वाचन भन्दा अगाडि तिनले प्रतिवेदन नै बुझिनन् । निर्वाचन सिद्धिएपछि बल्ल बल्ल प्रतिवेदन बुझिन् तर यतिका दिन बितिसक्दा पनि आयोगको प्रतिवेदन विरालाले आँची लुकाएझै लुकाएर रारा तालतिर मस्ती गर्न थाल्याछिन् । विचरा असली जेन्जीहरु सडकमा चिच्याएका चिच्यायै छन् । हैन हौ प्रतिवेदन सार्वजनिक गर्नु नै थिएन भने फुइøयाँ खान आयोग गठन ग¥या ? हुन त सुस्ला आमै भन्या अरौटे, भरौटे र निर्देशनमा चल्ने न हुन् । सार्वजनिक नगर्न निर्देशन आयो गरिनन् । वात खलास ।

तपाईको प्रतिक्रिया