घण्टाघरबाट हेर्दा

छाडा घण्टाहरु
यतिबेला नेपालका घण्टाहरु बडो छाडा भा’छन् । शायद कुकुरलाई कार्तिक लाग्दा वल्लो गाउँबाट पल्लो गाउँमा दाना हल्लाएर भौतारिन्छ । नेपालका घण्टाहरुलाई पनि यतिबेला सिजन लाग्या छ । मन्दिरमा विहान बेलुका धार्मिक मन्त्रोच्चारण सहित बजाइने घण्टा यतिबेला ट्वाइलेट, मदिरा पसल, सडक, पान पसल जथाभावि हल्लाएर बजाइँदैछ । यो त नेपालका धर्म, संस्कार, सभ्यता, परम्परा, रितिरिवाज, रहनसहन विपरीत हो भन्ने जान्दाजान्दै तिनैका पछाडि रमिते भएर किन दौडिएको होलान् ? हुन त नेपाली जनताले इमान्दारलाई कहिल्यै साथ दिएको इतिहास छैन । हाम्रा धर्म संस्कारको खिल्ली उडाएर त्यसरी घण्टा बजाउनेहरुकै पछि पछि लाग्या छन् । पिरिरि ताली पिटेका छन् । घण्टाको ध्वनीसँगै अरुलार्ई आमा चकारी गाली गरेर रमाइका छन् । न्यउरी मारी पछुतो ।
शेरुहरुले ठिकै भने
लाउरेस कब्जा गरेर मैमत्त भएका बाख्रे साहेव र मुसे शर्मा लगायतकाहरुको यतिबेला ओठमुख मात्र सुकेको छैन तिनका सपना पनि विग्रदै गएका छन् । गार्जन विनाका उरेनठेउलाहरुलाई जनताले ओठ लेप्रयाएर नपत्याएको छनक दिन थालेपछि बुढानिलकण्ठे काजीलाई लौन भन्दै हारगुहार गर्न थाल्या रै’छन् । विचरालाई करङ फुस्कने गरी खेतला लगाएर हुमर्त लिएका थिए । अब अहिले हारगुहार गर्न थालेछन् । बुढानिलकण्ठे काजी पनि के कम भन्दिएछन् मेरो अनुहारै हेर्न नचाहनेले पार्टी हातमा लिए । अब म के आधारमा भोट माग्न हिड्ने ? मुसे शर्मा त बाठा थिए । चुनाव नलड्ने घोषणा गरेर पहिल्यै साइड लागिहाले । बाख्रे साहेबले मुंगरिलालका हसिन सपने भनेझै दिउँसै पर्धानमन्तरीको सपना देखेर हिड्दैछन् । चुनावमा धोती खुस्नके देखिएपछि विचराको रोइलो शुरु भएको छ ।
नेपाल जलाउने…………

बंगलादेशमा एक बष अगाडि बंगलादेश जलाउनेहरुलाई बंगलादेशी नागरिकले चुनावमा अनुहारमा कालो मासो मात्र दल्देका छैनन् सोत्तर पार्देछन् । नेपाल जलाउने लुसिफरहरुको पनि अन्तत ः त्यही हालत होला जस्तो पो छ । सडकमा बंगलादेशी लुसिफरहरुको गडगडाहटले ताली देखिन्थ्यो तर मतपत्रचाहिँ खाली । बुरा कामका बुरा नतिजा त्यसै भन्या हैन रै’छ । नेपालको संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, सिंहदरबार, व्यापारिक प्रतिष्ठान, नीजि घरहरु जलाएर गौरवका साथ हाम्रो मिशन सफल भयो भनेर उफ्रेका थिए । अझ जेल फोडेर आफू पनि भाग्ने अनि हजारौ अपराधीहरुलाई भगाउन कम्ता महान काम गर्या थिएनन् । नेपाली जनता हेर्दा जति उल्लु देखिन्छन् त्यति उल्लुचाहिँ छैनन् है । बंगलादेशको निर्वाचनको परिणामप्रति मनन गर्न थाल्या छन् । आखिरी दुवै देशमा चुनाव गराउने एउटै शक्ति हो क्यारे ।
क्या वात
घण्टा पार्टीबाट पर्धानमन्तरीको उमेद्वार बनेका बालेन्द्र साह तेलीले अस्तिकादिन बडो गज्जबको स्टाटस लेखेछन् । तर स्टाटस तिन्ले होसहवासमै लेख्या हुन् कि सुल्फा तन्काएर लेख्या हुन् छुट्याउनै गाह«ो भयो । जेहोस् सामाजिक सञ्जालमा तिनले लेखेको स्टाटसचाहिँ गज्जबकै छ । क्या वात भन्नै पर्छ । ढिलोचाँडो जस्ले पनि आफ्नो पहिचान दिएर छोड्छ । पर्धानमन्तरीका उमेद्वारले लेख्या छन् हामीले दश बनाउँछु भनेर देश बन्दैन । अनि वास्तविकता यही हो । हामीसँग स्रोत साधन पूजी छैन । त्यसैले यो देश अमेरिकालाई केही समयको लागि लिजमा दियौँ भने सम्पन्न र शक्तिशाली देश बन्छ नेपाल । हामीले फेरि अमेरिका गैराख्नु भिषा लाइराख्नु पर्दैन । त्यसैल अमरिकालाई देश चलाउन दिनुपर्छ । ढुंगा बोकेर देश बनाउँछु भन्नु गधाको बच्चा बुचाडी मात्र हो । फेरि पनि क्या वात भन्नैपर्छ । क्या गजबको भिजन । आखरी अमेरिकी प्रतिनिधि बिल हुरजेन्गाले बंगलादेश र नेपालमा हुने चुनाव अमेरिकी उस्थितिका लागि नयाँ अवसर हुने त्यसै भन्या हुन त ?
हैन हुँदै हुँदैन
छोरी जन्मनु कहिले कहिले कोक्रो बुन्नु अहिले भनेझैँ निर्वाचन अगावै पर्धानमन्तरीको पदमा उमेद्वार घाषणा गरेर दुनियाँका नजरमा मजाकको पात्र त बनेका थिए अब फेरि अर्को मजाकका पात्र बन्ने भए । लाउरेसले अब चुनावी घोाणापत्रको सट्टामा प्रतिज्ञापत्र सार्वजनिक गर्ने रे । त्यो पनि प्रत्येक महिना धानमन्त्रीले जनतालाई हिसाब बुझाउनुपर्ने प्रतिज्ञापत्र रे । हैन हौ घण्टाघरले नबुझ्या कुरा मटनकाजीले आफूलाई पर्धानमन्तरीको उमेद्वार घोषणा गर्या थिए । तर मुन्सीको कुरा पो गर्न थाले छ । हिसाब किताब गर्ने, बुझाउने अर्थमन्तरी आच्या मुन्सी हो । पर्धानमन्तरी भैटोपले भने मुन्सीको जिम्मेवारी पनि आफैल लिने मनसुवा बनाका रै’छन् क्या होे । बानी परेकाहरु माल जता छ त्यसलाई छोड्ने कुरा पनि भएन ।
बाबुको काजक्रिया नै गरेनन्
हैन हौ अर्काको कुरा पनि कति काट्न सक्या होला ? उधारो राष्ट्रपतिको उमेद्वार भा’का बाउराम बाजेले आफ्नै बाबुको किरिया गरेनन्, आर्यघाटमा सुटबुट लगाएर गए कुलंघारै रै’छ भनेर कुरा कति ग¥या होला ? बाउरामले पनि बाउ मर्दा क्रिया गर्ने हो त ? त्यत्रो पिएचडी पढेका मान्छे । त्यसमाथि १० बर्ष सम्म दुनियाँलाई सफाया गरेर मुलुक हल्लाएको मान्छे । धन्न पशुपति सम्मचाहिँ पुगेछन् । त्यहाँ पनि नपुग्नु पर्ने मान्छे । त्यस्ता बडे मान्छेले आफ्ना बाबुको काजक्रिया त गरेनन् । तिनका बारेमा २२–२७ गफ किन गर्नु ?
त्यसो गर्नु त भएन नि
अबचचाहिँ मुलुकमा घण्टहरुले निर्वाचन जित्ने सम्भावना बढेर गएको छ । घण्टी हल्लाएर दुगुर्ने मात्र जान्या घण्टेका घण्टी छाप झण्डाहरुको मतदाताहरुले साह«ै सदुपयोग गर्न थालेछन् । घण्टी छाप अंंकित झण्डा गल्लीका भुस्या कुकुहरुको काँधमा बाँधर छोड्न थालेछन् । शायद यो पनि घण्टीप्रेमीहरुको प्रचार प्रसारको नयाँ शैली हुनुपर्छ । आखिरी निर्वाचनमा मतदाता रिझाउन, प्रचारप्रसार गर्न निक्कै गाह«ो हुन्छ । कुकुरको काँधमा बान्देसी’ कमसेकम २–४ वटा घर त चहारेर प्रचार गरिदिन्छ । मतदाताले त्यसोचाहिँ नगर्नुपर्ने थियो । गरिहालेछन् । जेहोस् नयाँ शैलीको प्रचारलाईचाहिँ मान्नैपछ ।
अन्तेमा
जता गए पनि शिव चाम्लिङ्ग हुने खतरा देखेपछि नेपाली कम्युनिस्ट पार्टीका अध्येक्षे रोल्पातिर हान्निएका थिए । अस्तिका दिन बडो निराश भएर तिनी काभक केरा खाँदै थिए । त्यसरी भकाभक केरा खानुचाहिँ शुभसंकेत होइन । निर्वाचनमा स्थायी क्षेत्र बनाउन नसकेका प्रचण्डाउ कहिले सिराहा पुग्छन्, कहिले गोरखा पुग्छन्, कहिले चितवन पुग्छन् । यस पटक सोझा रोल्पालीलाई उल्ल्लु बनाउन सकिन्छ कि भनेर त्यता गा’छन् । रोल्पालीहरुले प्रचण्डाउलाई बाल मतलब दिएका छैनन् । पहिला पो कहिले लाउरेसको बुई चढ्थे, कहिले झालेमालेको बुँइ चढ्थे । यस पटक कसैले बोक्नै मानेनन् । विचाराले पूर्व संकेत पाएर हाला भकाभक केरा बजाइदेका ।

तपाईको प्रतिक्रिया