२६ औै अन्तर्राििष्ट्रय बुढासुब्बा गोल्डकप : प्लानिङ व्वाइजको ऐतिहासिक जीत

धरानमा सम्पन्न २६ औं संस्करणको अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडले जितेको छ । शनिबार धरान रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा एपीएफ चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक बुढासुब्बा गोल्डपमा सहभागी भएको प्लानिङ ब्वाइजले ऐतिहासिक उपाधि चुमेको हो ।
खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेलले नयाँ मोड लियो । खेलको ५८ औं मिनेट (दोस्रो हाफको १८ औं मिनेट) मा प्लानिङ ब्वाइजका खेलाडी प्रताप सिंह राईले गरेको उत्कृष्ट गोल नै निर्णायक बन्यो । उनले डिबक्स एरिया भित्रबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो, जसलाई चर्च ब्वाइजका गोलरक्षकले रोक्ने कुनै मौका पाएनन् । अन्तिम समयसम्म चर्च ब्वाइजले गोल फर्काउने अथक प्रयास गरे पनि प्लानिङ ब्वाइजको बलियो रक्षापंक्ति र गोलरक्षक योगेश धिमालको उत्कृष्ट बचाउका कारण सफल हुन सकेन ।


उपाधि विजेता प्लानिङ ब्वाइज युनाइटेडले नगद १० लाख १ हजार रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। उपविजेता बनेको एपीएफ चर्च ब्वाइज युनाइटेडले नगद ५ लाख १ हजार रुपैयाँ, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्लानिङ ब्वाइजका पुजन थापा फाइनल खेलको ’म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार १ रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, उत्कृष्ट गोलकिपर प्लानिङ ब्वाइजका योगेश धिमाल, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की, उत्कृष्ट स्ट्राइकर चर्च ब्वाइजका अबयोमी फुकन्ले, उत्कृष्ट प्रशिक्षक प्लानिङ ब्वाइजका सञ्जित सिंह र उत्कृष्ट डिफेन्डर प्लानिङ ब्वाइजका निङ्मा घिसिङ घोषित हुदै जनही नगद २५ हजार हात पारे । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुदै प्लानिङ व्वाइजका प्रतापसिंह राईले होण्डाको डियो स्कुटर हात पारेका छन् । यसैगरि प्रतियोगिता अवधिभर २÷२ गोल गरेका झापाका एरोन थापा, राजेश दाहाल र प्लानिङ ब्वाइजका प्रताप सिंह राईले जनही १२ हजारको दरले नगद पुरस्कार बाँडे भने एघार हजार राशीको पत्रकारिता पुरस्कार रश्मी प्रधानले पाइन् । विजेता, उपविजेता टिमका खेलाडीहरुलाई आयोजक धरान फुटबल संघका अध्यक्ष प्रताप तामाङ, प्रमुख अतिथि एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, एन्फा महासचिव किरण राई, कोशी प्रदेश सांसदद्धय रमेश बस्नेत, विजयकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए । प्लानिङ ब्वाइजका मुख्य प्रशिक्षक सन्जित सिंहले टिमको सामूहिक प्रयास र खेलाडीहरूको अनुशासित खेलका कारण उपाधि जित्न सफल भएको बताए । उनले भने, ‘हाम्रा खेलाडीहरूले मैदानमा देखाएको धैर्यता र रणनीतिक खेल नै आजको जितको मुख्य आधार हो । धरानको दर्शकहरूको माया र समर्थनले हामीलाई थप ऊर्जा प्रदान ग¥यो ।’

तपाईको प्रतिक्रिया