भरोलमा लागू औषधसहित दुई जना पक्राउ

सुनसरी । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । गत माघ १० गते राति करिब १२ बजेको समयमा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ५ तिनकुनेस्थित नडाहाबाट धरानतर्फ जाँदै गरेको को २१ प १४९० नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा मोटरसाइकलको बीच भागमा कालो प्लास्टिकको झोलामा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा लागू औषध ट्रामाडोल ३७३० (तीन हजार सात सय तीस) क्याप्सुल र नाइट्राभेट १५० (एक सय पचास) ट्याब्लेट फेला परेको हो । प्रहरीले उक्त लागू औषधसहित मोटरसाइकल चालक जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १७ बस्ने वर्ष ३० का नबिन तामाङ र मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने वर्ष ३२ का प्रेम जोगीलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया