घण्टाघरबाट हेर्दा

दुवै आधिकारिक होइन रे
लाउरेसमा यतिबेला भयंकर लफडा चल्या छ । बुढा पुस्ता र तन्नेरी पुस्ताको पाँेठे जोरीले देशैभरि जलजला आएको छ । एकथरिले स्यालबहादुरलाई
आधिकारिक भनेर गर्दन बजाइरहेको छ भने अर्काेथरिले बाख्रे साहेवलाई देवत्करण गरिरहेको छ । बाख्रे समूहका नन्दीभृंगीहरुले निर्वाचन आयोगलाई थर्काए, निर्वाचन आयोगलाई लुसिफरका मतियारले दबाब दिए । अन्तत ः निर्वाचन आयोगले अपाच्य निर्णय सुनायो र भन्यो बाख्रे साहेब आधिकारिक । तर
घण्टाघरको नजरमा दुवै आधिकारिक हुँदै होइनन् । आधिकारिक काँग्रेसले बीपीको आदर्श मान्छ । बीपी राजा मान्थे राजा नमान्ने त नेपाली काँग्रेस हुँदै होइन त्यो विदेशी काँग्रेस हो । विदेशीले चारो हाल्देको छ । जाँड पानीको व्यवस्था भाकै छ । काउरेस टुटोस, फुटोस, भाँडमै जाओस् बाल मतलब ।
झलुले नि गफ हान्देछन्
कमनिष्ठा जातका पूवर्् प्रधानमन्तरी झल्लाझलुले अस्तिका दिन बडो गज्जबको गफ हान्देछन् । गफ जोत्न खप्पिस नभाका भए त्यसै सर्पनाथको उपाधिले विभोशित र सोभायमान हुन्थे ? हैन हो गफै जोत्दा पनि अरुले पनि कलिकति पत्याइ दिऊन न । अब त उमेरले नेटो काटिसकेको छ । यसो उपरवालाका त ख्याल गर्नुपथ्र्यौ । अस्तिका दिन झल्लाझलुले भनेछन् नेपालकै सबैभन्दा शुद्ध नेता मै हुँ रे । यी दुला परेका कानले पनि कहिलेकाहीँ त असुभ समाचार सुन्नुपर्छ । नसुनम नसुनम भन्या त झलुले थुतुनोबाट फुत्काइहाले । झलु कम्ता सुद्ध छैनन् । हल्का राजकानी सुन्निदा समेत राज्येको ढुकुटीबाट करोडौ रकम लिएर विदेश उपचार गर्न गाकै हुन् । सिराहातिर सर्प पालन भनेर सत्तरी करोड चिप्पा पारकै हुन् । अझ जेन्सी आन्दोलनमा घाइते भाकी श्रीमतिको उपचारका लागि माग्यामाग्यै गर्दा नि पाएनन् र पो त, नत्र ।
लुसिफर झापाबाट उठ्ने रे

नेपालको राजनीति पनि विचित्रको छ । अब काठमाण्डौ नगरका मेयर लुसिफर साह झापाबाट चुनाव लड्ने रे । विचराको युग पाठकको हालत हुने भयो । अरुकै दानापानी खाएर उचालएको लुसिफर साह चुनावमा झापातिरै डेराडण्डा लिएर बस्ने रे । आजसम्म कही संगठन नभाका, नगरेको, स्थानीयहरुले नचिनेको फेस बुके हिरो अलि ज्यादै उम्लिएजस्तो छ । देउतीकट लागेर एकपटक काठमाण्डौको प्रमुख के जित्या थिए अब त उम्लनै थालेछन् । निर्वाचन पश्चात स्यालको जस्तो थुतुनो लिएर फर्कनुपर्ला है । घण्टेहरुले नै तिनलाई हराउने तानावाना बुन्या छ्न् । खै कुरो बुझ्या ?
शुरु भएछ डाङ्गडाङ्ग र डुङ्गडुङ्ग
अस्तिका दिन देखि घण्टाघरलाई अबचाहिँ चुनाउ आउन लागेको आभाष भएको छ । सिंह गर्जेझै निर्वाचनमा भाते, रक्सिया कार्याकर्ताहरु एक अर्कामा जाइलाग्ने भएकोले घण्टाघरलाई त्यस्तो लाग्या हो । निर्वाचनमा मनोनयनै नगराई घण्टा हल्लाउँदै बडो शानसँग हिडेका घण्टे वाणका दुई जना नेताले माने प्रकाशचन्द्र परियार र धनेज थापाले गतिलै चाबुक भेटेछन् । बडो् घण्टा हल्लाउदै हिड्या थिए । हिन्दु धर्म नमान्ने तर घण्टा हल्लाउन लाज सरम नमान्ने ती वाणहरु चढेको गाडी पनि कुच्याइदिएछन् । समयमै चुनावचिन्ह घण्टाको सट्टा क्रस, चर्च, पास्टर अंकित चुनाव चिन्ह लिएकै जाति । नत्र यसटक जहाँ घण्टा देख्यो त्यही लफडा होला जस्तो छ ।
विशेष सभापतिको आयस्रोत के ?
लगौटीमा गुम्सिएर बसेका जुम्रा टाउकोमा पुग्यो भने त्यो साह«ै रगरगाउँछ । लाउरेका विशेष सभापति बाख्रे साहेवलाई अहिले त्यस्तै भएको छ । अब नविन लाउरेस जन्मेको छ रे, नविन नेपाल बनाउने रे । हैन हौ घण्टाघरले नबुझेको राजनीति गर्ने सबैले झुठो बोल्ने तालिम लिएका हुन्छन् कि क्या हो । पहिला जंगलबाट निस्केका ड्यालबाउ नि त्यस्तै भन्थे । सिंगापुर बनाइदिन्छम् । आखिरी झिँगापुर बनाएर छाडे । अब विशेषका सभापति पनि त्यस्तै गुड्डी हाँक्दैछन् । हैन हौ ती राजनीति बाहेक अरु क काम गर्छन् हँ ? तिनको आयस्रोत के हो ? लुगा फेरि फेरि लगाउँछन् । करोडैका गाडी फेरिफेरि चढ्छन् । सोलुमा सिस्नो र ढिँडोले नपुगे पनि काठमाण्डौमा आलिसान भवन बनाएका छन् । विशेषबाट विशेष सभापति हुनलाई ५ करोड खर्च गर रे । अबचाहिँ बाख्रे साहेवको आयस्रोत नखोजी भोट हालिहाल्नु हुँदैन है ।
भाउजुको टिकट पसल बन्द
आफूलई देशकै ठूलो नेताकी श्रीमति भनाउँदै हिड्ने र पहिचान बनाएकी राष्ट्रिय भाउजुको यसपटक टिकट पसमा ताला झुण्डिएको छ रे । निर्वाचनका लागि उमेद्वारको टिकट खरिद गर्र्न गएकाहरु भाउजुको पसलमा ताला झुण्डिएको देखेपछि हिस्स पर्दै फर्किन थाल्या छन् रे । पहिला त डाक बढाबढ गरेर टिकट लिएर प्रचारप्रसारमा दौडन्थे । यसपटक पसलै बन्द भा’छ । पसलबाट राष्ट्रिय भाउजुले अरबौ आर्जन गर्दै आएकी थिइन् । स्थानीय उमेद्वारको टिकटदेखि प्रदेश र संसदको टिकट भाउजुको पसलबाट मात्र विक्री हुन्थ्यो । टिकट पसलको खोजीमा लाउरेसका कार्यकर्ताहरु काठमाण्डौको गल्ली गल्ली दौडिरहेका छ् । शायद अब टिकट पसल विशेष सभापतिको श्रीमतिले सञ्चालन गर्ने होला । आखिरी नेतृत्व सरेपछि पसलको स्वामित्व पनि स्वभाविक रुपमा सरिहाल्छ नि, कि कसो हौ ?
केही गर्छन् कि हर्कुले
माटो चुनावचिन्ह लिएर पार्टी दर्ता गरेका हर्कुुले केही न केही त गर्छन् जस्तो छ । अरु कि भुक्छन् कि लेख्छन् र चर्चामा आउँछन् । हर्कुचाहिँ लेख्ने र भुक्ने दुवै गरेर चर्चामा आएका छन् । अस्तिका दिन तिनले झालेमालेका मुखिया खप्रओ र श्याललाई दशा लागेपछि सहर पस्छ भनेझै झापामा गएर चुनाउ लड्ने ध्वाँस पिटिरहेका बालेन साहको लगौटी नै फुस्काइदिएछन् । हामी केपी र बालेन दुवैलाई झापा ५ मा पाहा पछारेझै पछार्छौ रे । जति नै भ्रमको अँध्यारो छरे पनि म आएर झापामा बोलेपछि एकै सेकेन्ट पनि तिमीहरुको भ्रम टिक्नेवाला छैन भन्देछन् । आखिरी हर्कु पो हुन त गाँठे ।
अन्तेमा
गिर्जाउ पुत्री सुजाता जोष्ठले समयमै बुद्धि पु¥याइछिन् । बाबु छँदा तिन्लाई कस्ले छुन सक्ने ? ती दिन गए यी दिन आए के गर्ने ठाउँमा के पलाए झनेझै । अस्तिका दिनसम्म स्यालबहादुरको अघिपछि हिडेकी आज आएर के चाँडो रंग बद्लेको हो । छेपारोले रंग बदले भन्दा पनि बेजोडले रंग बदलिछन् । अस्तिका दिन तिनले भन्या लाउरेस फुटेको हैन नेतृत्वमात्र परिवर्तन भा’को रे । अबचाहिँ सुजोले बाख्रे साहेवबाट दह«ै झार्लिन जस्तो छ । हुन त के पो गरुन बिचरीले ? आफन्तले पत्याउँदैनन् । कही न कही समाउने हाँगो त हुनुप¥यो नि , कि कसो हौ ?

तपाईको प्रतिक्रिया