विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा घमासिंह बराइली

धरान । विश्वकर्मा कल्याण सेवा समिति प्रधान कार्यालय धरान, सुनसरीको अध्यक्षमा घमासिंह बराइली निर्वाचित भएका छन् । धरान–१० स्थित सैनिक भवनमा सम्पन्न समाजको १२ औँ अधिवेशनमा उनले निवर्तमान सचिव सन्दीप शंकरलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन मण्डलका अधिकृत डिबी शंकरका अनुसार बराइलीले ६५ मत प्राप्त गर्दा शंकरले ५५ मत प्राप्त गर्नुभयो । समितिका अन्य पदाधिकारी सहमतिमा चयन भएका छन् । उपाध्यक्षमा मिरा बराइली, महासचिवमा वलिन्द्र बराइली, कोषाध्यक्षमा ललन जनकर्मी र सचिवमा कला शंकर चयन हुनु भएको छ ।

तपाईको प्रतिक्रिया