निरौलालाई मातृ शोक

धरान/धरानका प्रतिष्ठित समाजसेवी राजकुमार निरौलालाई मातृ शोक परेको छ । उहााकी ममतामयी आमा श्रीमति पद्मकुमारी निरौलाको भदौ ८ गते मंगलबारका दिन ८९ बर्षको उमेरमा निधन भएको छ ।
स्वर्गीय श्रीमति निरौला केही समय यता अस्वस्थ रहादै आउनु भएको थियो । उहााका दुई छोरा र ५ छोरी हुनुहुन्छ । कान्छा छोरा राजकुमार निरौला धरानका एक दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध रहनु भएको मात्र छैन यहााका धार्मिक स्थलहरुको संरक्षण र सम्बद्र्धनमा समेत सक्रिय रहादै आउनु भएको छ ।
विष्णुपादुका मन्दिर विकास तथा व्यवस्थापन समितिको अध्यक्ष, बराहक्षेत्र संरक्षण मञ्चका आजीवन सदस्य, विजयपुर आध्यात्मिक मञ्चको आजीवन सदस्य, सरस्वती बाल अनाथ आश्रमको आजीवन सदस्य, बराह क्षेत्र प्रश्नालयको सह सचिव, बराह क्षेत्र सेवा आश्रमको कोषाध्यक्ष, निरौला बन्धु सेवा समाजको आजीवन सदस्य तथा सल्लाकार, राधा–माधव समिति धरान शाखाको संयोजक, इस्कोन मन्दिर
धरानको आजीवन सदस्य समेत रहनु भएका निरौला अन्य धेरै संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया