धरान/पूर्वी पहाडी जिल्लामा केही दिन यता परेको अविरल बर्षाका कारण सप्तकोशीमा पानीको वहाव यस बर्षकै उच्च भएको छ ।
पानीको वहाव बढेसागै पहाडी तथा कोशी आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । पानीको वहाव उच्च भएपछि खतराको संकेतका रुपमा रातो बत्ती बालिएको छ ।
कोशी व्यारेज प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक नरबहादुर खड्काका अनुसार पानीको वहाव बढ्ने र घट्ने क्रम जारी रहेको छ । सोमबार सााझ २ लाख ८५ हजार ७ सय ७५ क्युसेक पानीको वहाव
रहेको थियो । मंगलबार विहान ८ बजे पानीको वहाव एक लाख ८३ हजार ९ सय ६० क्युसेक रहेको थियो भने दिउासो १ ्बजे १ लाख ८६ हजार ५ सय ६० क्युसेक पुगेको थियो । सहायक प्रहरी निरीक्षक खड्काका अनुसार पूर्वी पहाडमा बर्षा भइरहेको कारण पानीको वहाव बढ्ने संकेत देखिएको छ । उहााका अनुसार प्राविधिकहरुले २ लाख ५० हजार क्युसेकसम्म पानीको वहाव हुादा कुनै प्रकारको डर हुादैन तर ३ लाख क्युसेक कटेपछि भने डर मान्नुपर्ने हुन्छ भनेका कारण हाल त्यस्तो डराइहाल्नु पर्ने अवस्था छैन ।
यहाा स्मरणीय कुरा के छ भने सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानीको वहाव हुनासाथ पुलको पूर्व पट्टी रातो बत्ती बालिन्छ । दूई लाख क्युसुेक पानीको वहाव हुादा पश्चिमपट्टि रातो बत्ति बालिन्छ भने ३ लाख क्युसेक कट्नासाथ पुलको मध्यमागमा रातो बत्ती बालिन्छ । सप्तकोशी सम्झौता अनुसार पुलको रेखदेख मर्मत सम्भार भारत सरकारले गर्नुपर्ने भएकोले समय समयमा भारतीय इन्जिनियरहरुले आएर यसको निरीक्षण गर्ने गर्छन् भने बर्षाको समयमा जुनियर इन्जिनियरहरु २४ सै घण्टा व्यारेजमै बस्ने गरेका छन् ।
