धनकुटा र भोजपुरमा प्रहरीद्वारा हजारौँ अवैध गाँजा बोट फडानी गरी नष्ट

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ । कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–२ स्थित विभिन्न क्षेत्रका करिब पाँच रोपनी जग्गामा उम्रिएका ९ हजार ५ सय गाँजाका बोटहरू फडानी गरी जलाई नष्ट गरेको प्रहरी कार्यालयले जनाएको छ ।


त्यस्तै, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले हतुवागढी गाउँपालिकाका विभिन्न स्थानका करिब नौ रोपनी क्षेत्रफलमा लगाइएका र आफैं उम्रिएका एक हजार एक सयभन्दा बढी गाँजाका बोटहरू पनि फडानी गरी जलाई नष्ट गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया