इटहरी । नेपालीहरुको राष्ट्रिय पर्व विजया दशमीको यतिबेला चहलपहल शुरु भइसकेको छ । दशैका लागि आवश्यक समाग्री जोहो गर्न उपभोक्ताहरु किनमेलमा लागिसकेका छन् । विगतका बर्षहरुमाझै यस बर्ष पनि उपभोक्ताको माग बमोजिम गोरखा डिपार्टमेन्ट स्टोरले दशै लक्षित सामाग्रीहरु आयात गरेसँगै उपभोक्ताहरुको यतिबेला बाक्लो चहलपहल बढेको छ । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ यतिबेला स्टोरमा ६ लाख ५० हजार भन्दा बढी प्रकारका सामानहरु मौजुद छन् । दशैका लागि थप सामाग्रीको जोहो गरिसकेका छौं । दशैमा खास गरेर खाद्यान्न, लत्ता कपडा, इलेक्ट्रोनिक्स सामान लगायतको उच्च माग रहँदै आएको छ । यसलाई मध्यनजर गगरेर दैनिक उपभोग्य खाद्यान्न, चिनी, स्वदेश तथा विदेशमा उत्पादन भएका गुणस्तरीय विस्कुट लगायत हजारौ प्रकारका उपभोग्य समान खरिदमा ग्राहकहरु विहान ९ बजेदेखि बेलुका ७ बजेसम्म भीड हुने गरेको छ । यसैगरि इलेक्ट्रिक सामान, लत्ता कपडा, स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक सुविधायुक्त जुत्ता चप्पलमा समेत ग्राहकहरुको चहलपहल बाक्लो देखिन थालेको छ ।



वडादशमीको पूर्व सन्ध्यामै उपभोक्ताहरुको भीडभाड र चहलपहललाई तपाईले कसरी लिनु भएको छ छ भन्ने जिज्ञासामा प्रबन्ध निर्देशक आचार्य भन्नुहुन्छ अधिकांश नेपालीहरु आज मात्र हैन विगतमा पनि दशैका किनमेल अगाडिदेखि नै गर्ने परम्परा रहँदै आएको छ । शायद यस पटक पनि त्यसैको निरन्तता हुनुपर्छ । अर्को कुरा गोरखा डिपार्टमेन्ट स्टोरका स्थापनाकालदेखि नै हजारौ नियमित ग्राहक हुनुहुन्छ । किनमेलका लागि उहाँहरुको पहिलो रोजाई नै गोरखा डिपार्टमेन्ट स्टोर रहँदै आएको छ । यसमा धेरै कारणहरु हुन सक्छ । बजार मूल्य भन्दा हरेक सामानमा कम मूल्य, एउटै छानामुनी सम्पूर्ण सामानहरुको उपलब्धता, कुनै पनि सामानमा फिक्स प्राइस भएकोले मोलमोलाइको कुनै झन्झट नहुनु त छँदैछ । अझ चाडवाडका अवसरहरु वडा दशै, तिहार जस्ता राष्ट्रिय पर्वहरुमा थप ५ देखि १० प्रतिशत विशेष छुटको व्यवस्था गोरखा डिपार्टमेन्ट स्टोरले गर्दै आएको छ । उहाँले भन्नुभयो गोरखा डिपार्टमेन्ट स्टोरमा आएका कुनै पनि उपभोक्ताहरुले आफूले खोजेको सामान पाइएन भनेर फर्किएर जानु परेको छैन । सामानको गुणस्तर र मूल्यमा आजसम्म कुनै गुनासो नआएको डिपार्टमेन्ट स्टोरका मेनेजर श्रीप्रसाद गौतमले जानकारी दिनुभयो । दशैका लागि अग्रिम किनमेल गर्न गोरखा डिपार्टमेन्ट स्टोर पूग्नु भएका धरान १५ का सुयोग खतिवडासँग स्टोरका ग्राउण्ड फ्लोरमा भेट भयो । नेपाल सरकारका कर्मचारी समेत ्ररहेका खिितवडा ग्रोसरी आइटम खरिदमा परिवारसँगै व्यस्त हुनुहुन्थ्यो । गोरखा डिपार्टमेन्ट स्टोरमै किन त भन्ने जिज्ञासामा हल्का हाँस्दै अरुतिर जानै मन नलाग्ने बताउनुहुन्छ । विगत १० बर्षदखि कुनैपनि घरायसी समान चाहिँदा म गोरखा डिपार्टमेन्ट स्टोरमै आउछु, उहाँको प्रतिक्रिया थियो । फेरि आज शनिवार पनि प¥यो, विदाको समय भएकोले केही सामान खरिद गर्ने सोच बनाएर परिवारका साथ आएँ । धरानमा पनि डिपार्टमेन्ट स्टोरहरु छन् नि त भन्ने सवालमा उहाँले भन्नुभयो एउटै सामानको मूल्यमा इटहरी र धरानमा धेरै फरक प¥यो । त्यसैले पनि इटहरी नै आएँ । खतिवडाजस्र्तै प्रतिक्रिया थियो बराहक्षेत्र २ बाट आउनु भएकी मीरा रसाइलीको । श्रीमान प्रहरी सेवामा रहेको र कार्य व्यस्थताले नभ्याउने भएपछि साथीहरुसँग इटहरी आएँ । अरु बेला पनि गोरखा डिपार्टमेन्ट स्टोरमै आएर घरायसी लगायतका समान खरिद गर्ने गरेको उहाँले सुनाउनुभयो । उता धरान १७ बाट शनिवारै गोरखा डिपार्टमेन्ट स्टोरमा आवश्यक घरायसी सामान खरिद गर्न पुग्नु भएकी सोभा थुलुङ्गसँग दशैको किनमेल हो कि क्या हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो दशै हामी सबै नेपालीको साझा चाडपर्व हो । अगाडिदेखि नै किनमेल गरेर राख्दा पछि परपाहुना आउँदा धपेडी हुँदैन । फेरि यहाँ सबै प्रकारका सामानको मूल्यमा कुनै शंकै छैन । न मोलमोलाई गर्नुप¥यो न फलानो समान नपाइएदला कि भन्ने चिन्ता ।
त्यसो त गोरखा डिपार्टमेन्ट स्टोरमा स्थानीयदेखि दूर दराजका नेपाली ग्राहकहरुमात्र नभएर भारतको विहार, सिलगुडी, दार्जिलिङ्ग, मिरिक, सिक्किम, आसामसम्मका ग्राहकहरु आउने गरेको मेनेजर गौतमले बताउनुभयो । बाहिरबाट आउनु भएका अधिकांश ग्राहकहरुले विदेशी ब्राण्डेड इलेक्ट्रोनिक्स समान, जुत्ता, चप्पल, कपडा लगायतका समाान बढी खरिद गर्ने गरेका छन् । भारतमा विदेशी ब्राण्डका समानहरु नपाइने र पाइएमा पनि अत्यन्तै महंगो भएका कारण बाहिरबाट आउनु भएका ग्राहकहरुले यस्ता समान बढी खरिद गर्ने गरेको गौतमको बुझाई छ ।
दूधजन्य सम्पूर्ण उत्पादन आफ्नै
गोरखा डिपार्टमेन्ट स्टोरले विगत केही बर्षदेखि दूधजन्य सम्पूर्ण उत्पादन आफै गर्दै आएको छ । सुद्ध दूधजन्य परिकारका लागि ग्राहकहरु टाढाटाढाबाट आउने गरेको स्टोरका म्यानेजर श्रीपसाद गौतमले बताउनुभयो ।म्यानेजर गौतमले भन्नुभयो स्टोरको आफ्नै कृषि फर्म इटहरी १७ स्थित एकम्बामा रहेको छ । घ्यू, पनिर , चिज, दही सबै गाईको दूधबाट उत्पादन हुँदै आएको छ । गोरखा डिपार्टमेन्ट स्टोरको कृषि फर्ममा यतिबेला उन्नत जातका एक सय गाईहरु रहेका छन् । केही समय अगाडि स्थानीय र बाहिरकालाई गरी १५० वटा गाईहरु विक्री गरेको थियो । आफ्नै दूधजन्य पदार्थबाट स्टोरले स्वादिष्ट मिठाई, बेकरीका आइटम उत्पादन गर्दै आएको छ । स्टोरको कृषि फर्ममा झण्डै २ सय ५० वटा बाख्रा, खसी, बोका, रहेका छन । बोयर जातको बोकाबाट क्रस गराएर उत्पादन भएका पाठापाठीहरु यतिबेला झण्डै २ सय ५० भन्दा बढी भइसकेका छन् । उहाँले भन्नुभयो भारतको जमुना पारिका बाख्राबाट बोयरबाट क्रस गरेर उत्पादन भएका पाठापाठी हालसम्म विक्री गरिएको छैन । जबसम्म पाठापाठीको संख्या एक हजार भन्दा बढी हुँदैन तबसम्म विक्री वितरण गर्ने योजना नरहेको म्यानेजर गौतमले बताउनुभयो ।
स्थानीय र पहाडी जिल्लामा प्रांगरिक मलको उच्च माग
आफ्नै कृषि फार्मबाट संकलन गरिएको काँचो गोबरबाट उत्पादन गरिएको प्रांगरिक मलको हाल स्थानीयदेखि पहाडी जिल्लाहरुमा यतिबेला उच्च माग रहेको छ । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ ल्याव टेष्ट गरेर गोवर पेलेर मल उत्पादन हुन्छ । त्यसमा अन्य आवश्यक केमिकल पनि हालिन्छ । यो मल हेर्दा चियापत्ति जस्तै हुन्छ जसले माटोको उर्वराशक्ति बढाउने काम गर्दछ । हाल यो मल पहाडका इलाम, भोजपुर, खोटाङ धनकुटासँगै स्थानीय कृषकले लगिरहेका छन् । उहाँहरुको माग धान्नै नसकिने भएको छ । यसका अलावा काँचो गोबर पेलेर निस्केको झोल मललाई फर्मलटेसन गरेर बनाइएका झोल मल ग्यालेनमा प्याक गरिएको छ । यो झोल मल १० लिटर पानीमा एक लिटर झोल हाल्दा पुग्छ । यो बाक्लो दही जस्तै हुन्छ ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
