मुलुकको युवा शक्ति बेच्ने निर्लज्तापूर्वक पदमै आसिन

नेपालमा यतबेला भिजिट भिषा अर्थात फर्जी कागजातका आधारमा लाखौ रकम असुल गरेर विदेश युवाशmि पठाउने काण्ड थामथुम हुने लक्षण देखिएको छैन । राज्य संयन्त्रसँगै जोडिएका व्यक्तिहरु यस काण्डमा संलग्न भएपछि यसले देशमा मात्र नभएर विदेशमा समेत चर्चा मात्र नभएर हदैसम्मको बद्नामी कमाएको छ । गृहमन्त्री, गृहमन्त्रालयका उपल्लो कर्मचारी संयन्त्र धन्दावाल सत्तासीन राजनैतिक पार्टीका कार्यकर्ताहरु, त्रिभुवन विमान स्थलस्थित प्रहरीहरु, राजनैतिक संरक्षणमा खोलिएका मेनपावर कम्पनीहरु सबै यो धन्दामा संलग्न भएको स्पष्ट भएको छ । सत्ता र शक्तिको आडमा अनुसन्धानको नाममा प्रहरीले निवलहरुलाई केही थान पक्राउ गरेपनि मुख्य जडसम्मको पहुँच बनाउनै सकेको छैन । सडकदेखि सदनसम्म गृहमन्त्रीको राजीनामा, कारबाही, उच्च स्तरीय छानविन समितिको आवाज उठे पनि सत्यसलाई दबाउने कुचेष्टाको पराकाष्ठ भएको छ । न्यायालयले गृहमन्त्री संलग्न छन् या छैनन भन्ने कुरा दशी प्रमाणको आधारमा फैसला गर्नुपर्नेमा बुढानिलकण्ठबाट उनी संलग्न नरहेको निर्णय हुन्छ । यही विषयलाई लिएर संसदमा निरन्तर प्रतिपक्षी सांसदहरुले आवाज उठाइरहेका छन्। अवरुद्ध गरिरहेका छन्, बहिष्कार गरिरहेका कछन् । तर सापक्ष मतियार जोगाउने नियतले उनीहरुको आाज सुनिरहेका छैन । निर्लज्जताको यो हदसम्म यसभन्दा अगाडि नपालको संसदीय इतिहासमा कहिल्यै देखिएको थिएन । अपराध नगरी कसैले वेÏवाँकमा आवाज उठाउँदैन, पिक्षको मागलाई सत्ता पक्षले सम्मान गर्नुपर्छ । संसद सत्तापक्षको नभएर विपक्षीको हो । संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा र अनुसन्धानलाई लिएर निरन्तर आवाज उठाइरहको छ । प्रारम्भमा माओवावादीले समेत गृहमन्त्रीको राजीनामालाई लिएर आफ्नो बटमलाइन बनाएको थियो । तर माओवावादीको त्यो बटम लाइन धेरै दिन टिक्न सकेन । सत्ता पक्षसँगको बार्गेनिङ्गमा लाभ पाएपछि उसले गृहमन्त्रीको राजीनामालाई बीचैमा छाडेर हिड्यो । भिजिट भिषाका कारण आज अमेरिका लगायतका देशले नेपालका बारेमा तथानाम बालिरहेका छन् । अमेरिबाट केही दिन अगाडि हातमा हत्कडी लगाएर जुन नेपालीहरुलाई डिपोर्ट गरियो त्यो भिजट भिषा नै प्रमुख कारण थिए । यो शुरुवात मात्र हो । अबका अगाडिका दिनहरुमा कति नेपालीहरु मुख छोपेर, बोरा बोकेर, हातमा हत्कडी लगाएर फकाइने हो । अमेकिराले नेपाललाई फ्रडसम्म भन्न भ्याएको मात्र छैन भिजिट भिसामा काण्डमा मुछिएका गृहमन्त्रालयका उच्च पदस्थ अधिकारीहरुलई अ‍ेरिका भ्रमणमा रोक समेत लगाइसकेको छ । मुलुकका लागि यो भन्दा दुर्भाग्यको क्षण अरु हुन सक्छ ? आज खाँडी लगायतका मुलुकमा ७५ हजार नेपालीहरुको फर्जी कागजातमा गएको हुँदा उनीहरु त्यहाँका विभिन्न जेलहरुमा राखिएका समाचारहरु आइरहेका छन् । उनीहरुको उद्वारमा राज्यले हालसम्म कुनै कदम चलेको छैन । मुलुकको अस्मिता भन्दा ठूलो सत्ता घटक नेपाली काँग्रेसका लागि गृहमन्त्री बनेका छ् । वास्तवमै निर्दोष थिए भने संसदीय छानविन समिति या उच्च स्तरीय छानविन समति बनाएर छानविन गर्ने शाहस किन गर्दैनन् ? यसका लासग उनलाई राजीनामा दिन किन निर्देशन दिँदैन । आजसम्म कुनै पनि आरोपित व्यक्तिमाथि छानविन पदमा बसेर भएको छैन । पछिल्लो पटक चँैतर्फी गृहमन्त्रीको राजीनामा माग गरिएपछि सत्ता घटकले दुनियाँको नजरमा छारो हाल्न गृहमन्त्री निकटकै मानिस राखेर छानविन समिति बनाएको छ । सबैलाई थाहा छ त्यस समितिले दिने प्रतिवेदन भिजिट भिषामा गृहमन्त्रीको संलग्नता छैन, थिएन भन्ने नै आउने छ । अर्को कुरा कुनै पनि दोषी व्यक्तिका बारेमा छानविन हुँदा ऊ पदबाट अलग हुनुपर्ने संसदीय मान्यता रहिआएको छ । गृहमन्त्रीले तुरुन्तै राजीनामा दिएर अर्को छानविन समिति बनाउन मार्ग प्रसस्त गर्नैपर्छ । अन्यथा वर्तमान छानविन समितिले सुनपानी छर्किएर निजलाई निर्दोष सावित गर्नुको कुनै औचित्य रहँदैन ।

तपाईको प्रतिक्रिया