घण्टाघरबाट हेर्दा

कार्जेकर्ता पठाएर विस्ट्याइ दिने
हाम्रो देशका कृषि मन्त्री बडो गज्जबका छन् । किन नहुन त नामै रामनाथ अधिकारी । असार भन्या माने खाएर मुरी उब्जाउने समय हो । कृषकहरुले मल किन्न देउन सरकार भनेर चिच्याएका चिच्याउै छन् । तर गाँठे सरकारका कृषि मन्त्री बाल मतबल गर्दैनन् । सबैतिरबाट ख्याउँ ख्याउँ गरेसी’ अस्तिका दिन संसदमा गएर मल प्रसस्त छ भनेछन् । किसान खुशी भए । फेरि तीन दिनपछि मल छैन, मलको हाहाकार छ भनेछन् । किसान यतिबेला ट्वाँ प¥याछन् । कृषि पर्धान देशका किसानले मल पाउँदैनन् । करोडौ कमिशन आउने एलसी खोलेर ठेकेदारबाट मल आयातमा कुरा नमिलेको विचरा किसानलाई के थाहा ? किसानले अति नै ख्याउँ ख्याउँ गर्न थालेसी’ अस्तिका दिन त कृषि मन्त्रीको पनि कन्पारो तातेछ । तात्ने भयो नि । छैन भनेसी’ छैन । मुरख किसानले कुरा बुझ्नु पर्दैन ? अति ख्याउँ ख्याउँ गरेसी’ तिनले जंगिदै भनेछन् मेरा दुई चार लाख कार्जेकर्ता छन् । जसलाई मल चाहिएको छ तिनका बारीमा विस्ट्याउन पठाइदिउँला । मन्त्रीले यति भनेसी’ बातै खलास ।
गज्जब छ गाँठे

पदमा छँदा माकुनेले आच्या बिना ढेउवा, विना पासपोटवालाले अकुत भ्रष्टाचार गरेको ठहर भएसी’ अख्तियारले अदालतमा मुद्धा दायर ग¥यो । अरुका मुद्धाको छिनोफानो हुन बर्षै लाग्छ अभियुक्तलाई हत्कडी लगाइन्छ । तर माकुनेलाई क्या मज्जा । एकै दिन थुनछेक, बहस, धरौटी, अदालतमा हाजिरी । वाह † सेटिङ पनि क्या गज्जबको । भ्रष्टाचार नगर्ने टिकटकेलाई ३० हजार जरिवाना, प्रचण्डाउ, बर्षमान पुनहरुका लागि सुन ओसार्ने त्यो पनि ६१ केजीलाई २ लाख धरौटीमा छोडिन्छ । तर माकुनेमा यो नियम लागू भएन पतञ्जली जग्गा घोटालामा करोडौ चप्काउने माकुनेलाई केही लाख धरौटीमा छाड्द्या यो छ । हुन त माकुने भन्या माकुने नै हुन् । यति सरल ढंगले सेटिङ्गमा छाड्दा नि आफूमाथि प्रतिशोध भयो भन्दै बरुक बुरुक बुकुने खुट्टा उचालेर उफ्रन्दै छन् । हैन हौ भ्रष्टाचार गर्नेलाई कारबाही गर्दा किन भ्रष्टहरु प्रतिशोध भयो भन्छन् हँ ? बरु भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नपाइने भनेर कानुन बनाउने हो कि ? त्यसपछि त लण्ठै साफ ।
कहिलेकाहीँ छ गज्जब भन्छन्
लाउरेसले टिकट विक्रीमा अचाक्ली मूल्य निर्धारण ग।रेपछि सर्लाहीबाट स्वतन्त्र उठेर अत्याधिक मतले विजयी भाङ्घका डा. अमरेश कुमार सिंहले यतिबेला संसदमा एक्लै लाउरेस, झोले पार्टी र खाउवादीहरुको मुरली बजाइदिएका छन् । विचाराहरु सिंहका अगाडि स्याल भा’छन् । अस्तिका दिन उनले गाँडतन्त्र आएसी’ यिनले पहिला देशबाट श्रमिकलाई भगाए रे । त्यपछि विद्यार्थीहरुलाई भगाए रे । अब अहिले व्यापारीलाई भगउाद्यैदैछन् रे । अब र्मचराी, नेता, केही थान विचालिया, झोले बसर देश लु्ट्दैछन् रे । सिंहको कुरालाई घण्टाघर पनि सलुट गर्छ । कया गज्ब कुरा रे । तर गाँडेहरुलाई यो कुरा अपच भएर डिसेन्ट÷ी चल्या छ । हिजो आज गाँडेहरु सिंहको छायाँ देख्दा नि १२ हात परैबाट तर्सेस साइड लाग्न थाल्या छ ।
ओलिज टावरमा समुन्द्र
पानी नै नभए नि ,। पर्धानमन्तरी खप्रओले पानी जहाज चलाउने कुरा अब यथार्थमा परिणत होला कि जस्तो भा’छ ,। बडो मेहनतका साथ झण्डै दुइ अर्ब मालपानी खरिद गरेर भपामा बनेको ओलि टावर यतिबेला पानीमा डुब छ । टावर बनाउँदा खप्रओले देखेको सपना पूरा हुने भएसी’ गदगद नहुने कुरा नै भएन । टावर बनाउँदा कैयौले खिसिटेउरी गरे । तर बर्षैसम्म सैयौ मजदुरहरुल्े काम पाए, जगदम्बाका कैयौ टन छड खपत भयो, लाखौ बोरा सिमेन्ट खपत भयो, क्रसर उद्योगीहरुले करोडौको गिट्टी बालुवा बेचे, वरतिर परतिरका प्यांखर जग्गाको मूल्य ह्वात्तै बढ्यो । यति हुनु विकासले चरम फड्को मारेको हो । अबुझहरु बुझ्दैनन् । टावर देख्यो कि तथानाम फलोर बस्या छ । अब त टावरसम्मै सलल पानी जहाज समेत दौडने भा’छ । टागरको वरिपरिपूरै जगमग्न भएसी’ पानी जहाज चलाउने तारतम्य मिलाउन किन ढिलाई ? पानी जहाज चल्न थालेसी फेरि पातकीहरुको थुतुनो बर्बराउन थाल्ने पो हो कि ? जेहोस् झापाको ओलिज टावरले सुनाम कमाएको कमाई छ ।
जता नि प्रतिशोध
हिजो आज नपालमा भ्रष्ट, माmिपया, तस्कर, घुस्या, बलात्कारी, विचौलियाहरुले एएटा शब्द खुब रट्ने गरे्का छन् त्यो हो प्रतिशोध । अब हेरम न भिजिट भिषामा मान्छे बेचबिखन गने घरेलु मन्तरी, भुटााशी शरणार्टी काण्डमा मुद्धिएका, टेरामक्स काण्डमा मुद्धिएका, एनसेल काण्डमा मुछिएका, ललिता निवास जग्गा काण्डमा, पतञ्जली जग्गा काण्डमा, गिरिबन्धु जथ्गथा काण्डमा, हिल्टन होटल खरिद प्रकरण, सेक्युरिटिी प्र्ेस खरिद प्रकरण, सहकारी ठगी प्रकरण,लगायत प्रकरणै प्रकरण काण्डमा मुछिएकाहरुलाई कारबाही गर भन्या भने म माथि प्रतिशोध ग¥यो भनेर आशै छेडौला झै्र गरेर उफ्रन्छन् । अप्रत्यक्ष सलग्नतहरुसमेत फलानोमाथि प्रतिशोध साँध्न पाइदैन भन्छन् । अख्तियारले ठामका ठाम अँठ्याएर कारबाही ग¥यो प्रतिशोध, प्रहरीले अँठ्यायो प्रतिशोध, अदातले अनुकलताको फैसला नगरे प्रतिशोध । जे होस् यतिबेला चलन चल्ीमा प्रतिशोध छ ।
पार्टीलाई एक बनाएर छाड्ने रे
लाउरेसका मुखिया ल्यापल्यापे काजीले फेरि एक पटक जग हँसाएका छन् । अस्तिका दिन काजीले भन्या अब म रिटायर्ड हुन लागे, पार्टीलाई एक बनाएर जान्छु रे । हैन काजीले भन्या कुरा अरुले नि पत्याइदिनु प¥यो नि , कहिले पार्टी फोडेर हिडेको छ, फेरि आएर टाँसिएपछि गुट चलाएर बस्या छ, किसानको कोटाबाट आफ्नै श्रीमतिलाई जस्केलाबाट सांसदमा हुल्या छ, गगठजो्डको फाइदा उठाएर मन्तरी बनाको छ । यति राम्रो काम गनले् रिटायड त हुँनै हुँदैन । अब म रिटायर्ड हुन्छु भनेर बोल्नै पाइदैन । अहिले रिटायर्ड भएर आफ्ना पछि लागेका किचेन क्याविनेटका मेम्बरहरुलाई अनाथ बनाउनै पाइदैन । लठ्ठी टेकेर हुन्छ कि, अरुको् काँध अँठ्याएर हुन्छ कि, घस्रेर हुन्छ कि रिटायर्ड हुनै पाइदैन । अझ एक पटकपर्धानमन्तनरी बनेर रेकर्ड तोड्नु छ । आसपासेहरुको व्यवस्था गर्नेै बाँकी छ । त्यसै रिटायर्ड हुन पाइन्छ ? फेरि लाउरेसलाई एक बनाउनुँछ भन्या छ ,।त्यसका लागि कसैलाई उत्तर फर्काउनु प¥या, कसैलाई दक्षिण फकाउनुप¥यो, कसैलाई पूर्व फर्कानउनु प¥यो, कसैलाई पश्चिम फर्काउनु प¥यो । यतिविधि काम बाँकी नै छ । अहिले रिटायर्ड हुन पाइन्छ ? वात करता है ?
आम्दानीको स्रोत के हो ?
लाउरेसले सोपामा पार्टी कार्यालय विस्तारका लागि १३ करोडको जग्गा ड्याम्मै खरिद गरेछ । त्यत्रो पैसो कहाँबाट आयो ? जग्गा खरिद गर्ने स्रोत के हो ? अरुले एक लाख जम्मा गर्नुपरुयो भने स्रोत खोजिन्छ, कहाँबाट लएको हाभेनेर र्याक र्याक पारिन्छ । १३ करोड चानुचुने पैसा त होइन । लाउरेसलेचाहिँ स्रोत देखाउनु पर्दैन ? हुन त के देखाउनु ? सबैलाईथाहा भएकै कुरा हो । भिजिट भिषाका दैनिक ५० ाखको दरले् २६ दिनको आम्दानी त हो । लाउरेसको स्रोत यतिमात्र पनि त हाइन । यस्ता स्रोत कति छन् कति । खोज्नेले नि स्रोत जानेरै्र नखोज्या त हो्ला नि । थाहा भैसोध्ने कुरा पनि भएन । थाहा नहुँदा पो सोध्ने हो त । जे होस लाउरेसले जसरी भए नि सम्पत्ति जोड्या छ । सम्पत्ति त्यसै जोडिने कुरा पनि भएन । मेहनत त विहानन बेलुका खाने र बस्न सम्म हम्ममे हम्मे गरेर पुग्छ । सम्पत्ति जोड्न त बेइमानी र तिकडम त हुनै प¥यो । कि कसो हौ ?
अन्तेमा
मुलुकमा यतिबेला बजेटको सिजन चल्या छ । जताततै जस्का मुमा पनि बजेट नै छ । फलानो पालिकाले यति बजेटद ल्याएछ, फलानोले यति ल्याएछ भन्या छ । यतिवटा पालिकाले बजेट नै ल्याएनछ, पललानो याो पालिकामा लफडा भएछ आदि आदि । जसले जे भनोस् बजेटको मामालामा धरान र काठठमाण्डौको चर्चा भने व्यापक भा’छ । काठमाण्डौमा राज्यका सबै दलका झोलेहरुको बेट नआउँदा ओठमुख सुक्या छ भने धरानमा मेयरलाई श्रमदानबाट फुर्सद नहुँदा, केही झ्याम्टाहरुको दन्तबझान, चाबी काण्डले रोकिएको छ ।

तपाईको प्रतिक्रिया