धरान । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित शैक्षिक सत्र २०८१ को माध्यामिक शिक्षा परीक्षाको गत शुक्रबार प्रकाशित नतिजा अनुसार संस्थागत विद्यालयतर्फ सुनसरीमा धरानको विष्णु मेमोरियल मावि उत्कृष्ट भएको छ । शिक्षा विकास तथा समन्वय इकाई सुनसरीले दिएको जानकारी अनुसार संस्थागत विद्यालयमा विष्णु मेमोरियल मावि र सामुदायिक तर्फ तहरास्थित जनसहयोग मावि उत्कृष्ट भएका हुन् । इकाका अनुसार विष्णु मेमोरयल माविका रुपराज बराल, पूर्वाञ्चल बोर्डिङ्ग स्कुल हाँसपोसका सौरव दहाल, नवयुग एकाडेमी इनरुवाका प्रज्ञान पोख्रेल, सुदिश सुवेदी, ग्रिनपिस एकाडेमी इटहरीका विशेष पौड्याल, मकालु इंगलिस बोर्डिङ्ग कूल इटहरीका मिसु प्रधान र धरानस्थित सैनिक आवासीय महाविद्यालयका प्रज्वल बस्नेतले ४ जिपिए ल्याएका थिए । इकाइका अनुसार विद्यार्र्थी संख्यालाई आधार मान्दा पनि विष्णु मेमोरियल मावि उत्कृष्ट देखिएको छ । उक्त विद्यालयबाट परीक्षा दिएका १३१ विद्यार्थीहरुमध्ये ३.६१–४ जिपिए रेन्जमा ९९ जना, ३.२१–३.६ रेन्जमा २८ जना र २.८१–३.२ रेन्जमा तीन जना उत्तीण भएका थिए ।


उता सुनसरी जिल्लाबाट २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सामुदायिक विद्यालयबाट सहभागइी विद्यार्थीमध्ये सार्वोत्कृष्ट (जिपिए) ल्याउने विद्यालयमा जनसहयोग मावि हाँसपोसाका दिनेश बानियाले ३.९६ र सजना तामाङ्गले समेत ३.९६ जिपिए ल्ल्याएका थिए । नतिजा र विद्यार्थी सख्यालाई आधार मान्दा धरान १२ स्थित पब्लिक माध्यामिक विद्यालयले उत्कृष्ट नतिजा २३१ जना उत्ती भएका थिए । कुल ८४.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको पब्लिक माध्यमिक विद्यालयबाट इलेक्ट्रिकलमा उत्र्तीण भएकोे प्रद्यानाध्यापक डा. इन्द्रमोहन झाले जानकारी दिनुभयो । त्यसो त यस पटकको एसइइ परीक्षामा सुनसरीका झण्डै एक दर्जन सामुदायिक विद्यालयहरु निल भएका छन् धरान १४ विजयपुरस्थित रहेको दन्तकाली मावि निल बन्न पुगेको छ । १५ जना शिक्षक रहेको उक्त विद्यालयबाट २०८१ को एसइइमा १६ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । सुनसरी जिल्लाका ११७ सामुदायिक विद्यालय, २०४ संस्थागत विद्यालय, ७ धार्मिक विद्यालय, २ विशेष विद्यालय गरी कुल १३ हजार ६ सय ६३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा छात्रको सख्या ७ हजार १४ र छात्राको संख्या ६ हजार ४९ रहेको थियो । कुल विद्यार्थी संख्यामध्ये नियमिततर्फ १२ हजार ९ सय ७५, पुरानो ग्रेबृद्धि तर्फ १ सय १५ र नयाँ ग्रेड बृद्धितर्फ ६ सय ८८ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइका शिक्षा शाखाकी मिना राईले जानकारी दिनुभयो ।
