धरान । धरान उपमहानगरपालिका भित्र रहेका ठूला अस्पतालको क्यान्टिन अनुगमन गर्दा क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ । सर्वसाधारणको स्वास्थ्यमाथि खेलबार्ड गर्दै सञ्चालन भएका यस्ता क्यान्टिन सञ्चालकहरुले अनुगमनका क्रममा पटक पटक लापारबाही गरेको पाउँदा समेत उनीहरुलाई कारबाहीको दायरमा ल्याउन सकेको पाइदैन । धरान उपमहानगरपालिकाको अनुगमन महाशाखाले गरेको अनुगमनका क्रममा दक्षिण एसियाकै उत्कृष्ट मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालन भएको अधिकांश क्यान्टिनमा सरसफाईको कमी देखिएको छ भने विक्रीका लागि राखिएका सामाग्री समेत म्याद गुज्रिएको अवस्थामा रहेको पाइएको छ । विरामी तथा विरामीहरुका कुरुवाले खाना लगायत खाजा प्रयोग गरिने यस्ता क्यान्टिनमा खाद्य स्वच्छन्दताको विरुद्धमा सरसफाइमा कमी भेटिएको धरान उपमहानगरपालिकाका उपमेयर तथा अनुगमन संयोजक अइन्द्रविक्रम बेघाले जानकारी दिनुभयो । क्यान्टिनमा राखिएका सामाग्री समेत म्याद गुजिएका सामान भेटिएकाले तत्काल डिस्पोज गर्न क्यान्टिन सञ्चालकलाई निर्देशन दिइएको बताउनुभयो ।
्रतिष्ठानमात्र हैन धरान १० मा नीजि क्षेत्रबाट सञ्चालित विजयपुर अस्पतालमा समेत अनुगमनका क्रममा बीपी प्रतिष्ठानकै जस्तो अवस्था रहेको पाइएको थियो । अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र सञ्चालित क्यान्टिन भित्र नै सरसफाइको कमीसँगै म्याद गुज्रिएको सामाग्री विक्री भएको पाइएकोमात्र हैन दुई तीन दिन अगाडि नै परिकार तयार गरेर बासी खानेकुरा विक्री गरेको पाइएपछि तत्काल अर्डर आएपछिमात्र विक्री गर्न सञ्चालकलाई सुझाइएको थियो ।


अस्पताल क्यान्टिनमा खाना खाएर विरामी परेको गुनासो बारम्बार आएपछि अनुगमनकर्ताहरुले अस्पतालको क्यान्टिन अनुगमन गरेका थिए । अनुगमनमा क्यान्टिन सञ्चालकहरुले लापारबाही गरेको पाइएको खाद्य पविधिका कर्मचारीहरु बताउँछन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगु, इलाका प्रशासन कार्यालय धरानका प्रतिनिधि, धरान उपमहानगरपालिकाका अनुगमन महाशाखाका अधिकृत वेदप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो । अनुगमनकर्ताहरुले क्यान्टिन सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिँदै पुन ः त्यस्तो भेटिएमा कारबाहीको चेतावनी समेत दिएका थिए । अस्पतालजस्तो संवैदनशील क्षेत्रमा सञ्चालित क्यान्टिनको अवस्था यस्तो हुदा समेत निमायक निकायले चासो नदिने तर बेला बेलामा अनगुगमन गरेर आँखामा झारा टार्ने काम बाहेक केही गरेको पाइदैन । विरामीको स्वास्थ्यलाई ध्यान दिएर खाद्य सामाग्री उपलब्ध गराउन न त क्यान्टिन सञ्चालक गम्भीर छन् न त अनुगमनकर्ताहरुले यस्ता व्यवसायीलाई कारबाही नै गर्ने गरेका छन् । यसतर्फ अस्पताल प्रशासन, अनुगमनकर्ताले गम्भीर रुपमा चासो देखाउन जरुरी छ ।

