सर्वसाधारणका लागि व्यायामशाला प्रभावकारी बन्दै

धरान । सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाका अधिकांश वडामा व्यायामशाला निर्माण गरिएको छ । शारीरिक व्यायामको अभावमा दीर्घ रोगीको संख्यामा बृद्धि हुदै गएको महसुस गरी वडाले व्यायामशाला निर्माण गरेको हो । व्यायामशालामा शारिरिक व्यायाम गर्ने सर्वसाधारणको विहान तथा बेलुकाको समय घुइचो नै हुने गरेको छ । शारीरिक व्यायामको अभाव तथा खानपानका कारण दीर्घ रोगीहरुको संख्या बृद्धि हुने क्रम बढिरहेको अवस्थामा सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी उपमहानगरपालिकाका अधिकांश वडामा व्यायामशाला निर्माण गरिएको छ । यस्ता व्यायामशालामा कसरत गर्न विहान र बेलुका सर्वसाधारणको भीड नै लाग्ने गरेको छ ।

धरान ७ की ५० बर्षिया कमला गौतम विहान एक पटक धरान ७ मा रहेको व्यायामशालामा कसरतकै लागि जाने गर्नुहुन्छ । वडाले धरान ७ का पूर्व वडाधयक्ष वडाध्यक्ष स्व.भुपेन्द्रराज मोक्तानको स्मृतिमा शालिकसँगै व्यायामशाला निर्माण गरिएको स्थानमा विहान मर्निङवाकपछि शारिरिक व्यायाम गर्न आउने दिनचर्या नै बनेको छ । यहाँ हातखुट्टा, कम्मर लगायतका स्थानको व्यायाम हुने गर्छ । मर्निङवाकको हिडाइपछि यहाँ आएर व्यायाम गर्दा आफूलाई स्वस्थ भएको महसुस हुने गौतम बताउनुहुन्छ । गौतममात्र हैन ६५ बर्षीय रामकुमार लिम्बुको दिनचर्या समेत गौतमकै जस्तो रहेको छ । विहान मर्निङवाकपछि आएर व्यायामशालामा करसत गरेपछि दिनभरि तनावमुक्त हुने, शरीरि स्फूर्ति रहने बताउनुहुन्छ । वडाले हरे वडामा राखेको व्यायामशाला वडाबासीका लागि प्रभावकारी भएको लिम्बुको भनाई छ । धरान ७ मा मात्र हैन अहिले धरान धरान २० बाहेक १९ वटै वडामा व्यायामशाला सञ्चालनमा छन् । वडाद्वारा सञ्चालित यस्ता व्यायाशालाले रोग लागेका तथा नलागेका सबै नै कसरतका लागि जाने गर्छन् । विहान र बेलुका असाध्यै भीड हुने गरेको छ । वस्तवमा भन्ने हो भने यी व्यायामशाला सर्वसाधारणको स्वास्थ्यमा प्रभावकारी बन्ने गरेको छ । वडाले ‘स्वास्थ्य नै धन हो’ भन्ने मूलमन्त्र बोकेर यस्ता व्यायामशाला निर्माण गरिदिएका हुन् । व्यायामशालामा कसरत गरेकै कारण सर्वसाधारणले स्वस्थ महसुस गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया